प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ४/८ पृ. ३१
  • ‘कमिलाको चालढंग हेर’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘कमिलाको चालढंग हेर’
  • ब्यूँझनुहोस्‌!—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • अघि लम्किरहेको सेना!
    ब्यूँझनुहोस्‌!—२००३
  • कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ?
    सृष्टि या संयोग
  • कमिलाको जस्तै भेष बदल्ने माकुरो
    ब्यूँझनुहोस्‌!—२००२
  • कीराजगत्‌का फोहोरमैला व्यवस्थापन विशेषज्ञहरू
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ४/८ पृ. ३१

‘कमिलाको चालढंग हेर’

“असामान्य कमिलाहरू”—यहोवाका साक्षीहरूद्वारा शीघ्रनिर्मित राज्य भवनबारे केही वर्षअघि समाचारपत्रमा उक्‍त अनौठो मुख्य शीर्षक छापिएको थियो। कुन कुराले गर्दा मुख्य शीर्षकमा त्यस्तो समाचार छापियो? त्यस्तो निर्माण क्षेत्रलाई माथि उचाइबाट हेर्नुभयो भने यो कुराको जवाफ पाउन तपाईंलाई गाह्रो पर्नेछैन। सोही समाचारपत्रको उपशीर्षकमा यस्तो विवरण छापिएको थियो: “निर्माण क्षेत्रमा यहोवाका पाँच सय साक्षीहरू—स्वप्निल कमिलाहरूको ढिस्को।”

यो तुलना कति सुहाउँदो थियो भनेर शायद उपरोक्‍त समाचारका संवाददाताले पनि महसुस गरेका थिएनन्‌ होला। हो, निर्माण क्षेत्रमा दौडधूप गरिरहेका दुइ/तीन सय मानिसहरूलाई माथि आकाशबाट हेर्दा कमिलाको ढिस्कोजस्तो देखिएला। तर यहाँ गरिएको तुलना सतही तुलना मात्र होइन। किन? बाइबलले हितोपदेश ६:६ मा दिएको सल्लाहलाई यहोवाका साक्षीहरू गम्भीरतापूर्वक लिन्छन्‌। त्यहाँ यस्तो लेखिएको छ: “कमिलाकहाँ गएर त्यसको चाल-ढंग हेर्‌, र ज्ञान सिक्‌।” कमिलाको चालढंग हेरेर कसरी कसैले ज्ञान सिक्नसक्छ?

एउटा कुरा, कमिलाहरूले असाध्यै काम गर्छन्‌। बाइबल विश्‍वकोश इन्साइट अन द स्क्रिप्चर्स-ले (शास्त्रमाथि अन्तर्दृष्टि) यो कुरा उल्लेख गर्छ: “भविष्यको लागि तयारी गर्ने तिनीहरूको सहज स्वभाव मात्र नभई तिनीहरूको लगनशीलता, संकल्प, सकी नसकी आफूभन्दा दोबर भारी बोझ तान्‍ने वा बोक्ने, आफ्नो काम पूरा गर्न यथासम्भव सबै काम गर्ने, चाहे खसोस्‌, चिप्लोस्‌ वा भीरबाट गुल्टिएर किन नजाओस्‌ तर पछि हट्‌न नमान्‍ने तिनीहरूको स्वभावसमेत उल्लेखनीय छ।”a

यहोवाका साक्षीहरूले आफूभन्दा दोबर भारी निर्माण सामग्री बोकेर हिंड्‌ने गर्दैनन्‌ तर तुलनात्मक रूपमा कम समयभित्र थुप्रै निर्माण-कार्य पूरा गरेर तिनीहरूले आफ्ना छिमेकीहरूलाई प्रायः छक्क पार्छन्‌। दुइ-तीन दिन भित्रमै तिनीहरूका राज्य भवनहरू जगदेखि छतसम्म सबै कुरा तयार भएको देख्नु कुनै असामान्य कुरा होइन!

तिनीहरूले कसरी यी सबै काम पूरा गर्न सके? कमिलाको अर्को पक्षको अनुकरण गरेर। कमिलाहरूबारे इन्साइट अन द स्क्रिप्चर्स-ले (शास्त्रमाथि अन्तर्दृष्टि) यसो भन्छ: “तिनीहरूको सहयोगी भावना उल्लेखनीय छ, तिनीहरू आफ्नो गुँड सफा राख्छन्‌ र आफ्ना सहकर्मीहरूको ख्याल राख्छन्‌, कहिलेकाहीं चोटपटक लागेका वा थकित भएका कमिलाहरूलाई गुँडमा लैजान्छन्‌।” माथि उल्लिखित संवाददाता पनि यहोवाका साक्षीहरूबीच त्यस्तै सहयोगी आत्मा देखेर प्रभावित भएको हुनसक्छ, तिनको भनाइअनुसार “भवन निर्माण-कार्यको प्रत्येक क्षेत्रका सबैगरि ८० जना पेशेवरहरू र तिनीहरूसँगै काम गर्ने ४०० स्वयंसेवकहरूले शान्तिपूर्ण वातावरणबीच आनन्दित मनोभावसाथ असाध्यै धेरै काम गरे।”

यद्यपि, आफ्ना राज्य भवनहरू निर्माण गर्न यहोवाका साक्षीहरूले गरेको मेहनत अनि सहयोग, आउँदा वर्षहरूमा तिनीहरूले ती भवनहरूमा गर्ने कामको पूर्वझलक मात्र हो। त्यहाँ तिनीहरूले मेहनत र एकसाथ मिलेर आपसमा सहयोग गर्छन्‌, शिक्षा र प्रचार-कार्यलाई तिनीहरू व्यवस्थित बनाउँछन्‌ र उत्थानदायी तथा शिक्षाप्रद सभाहरू प्रस्तुत गर्छन्‌। योभन्दा महत्त्वपूर्ण कुरा, पृथ्वीमा हुनुहुँदा येशूले आफ्ना अनुयायीहरूप्रति जस्तो मायालु चिन्ता देखाउनु भएको थियो, त्यस्तै चिन्ता एकआपसमा देखाउन तिनीहरू यत्न गर्छन्‌।—यूहन्‍ना १३:३४, ३५.

यदि तपाईंले यहोवाका साक्षीहरूको राज्य भवन देख्नु भएको छ र त्यहाँ के हुँदो हो भनेर मनमा खुलदुली भएको छ भने हामी तपाईंलाई त्यहाँ आएर हेर्न न्यानो निमन्त्रणा दिन्छौं। त्यहाँ तपाईंलाई न्यानो स्वागत गरिनेछ र तपाईंको यो भेट शिक्षाप्रद हुनेछ भनेर हामी निर्धक्क भई आश्‍वासन दिन्छौं। (g95 3/22)

[फुटनोटहरू]

a वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क इंकद्वारा प्रकाशित।

[पृष्ठ ३१-मा भएको चित्र]

अरिलाक, फ्रान्समा शीघ्रनिर्मित राज्य भवन

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Line drawings: Pharaoh’s ant. Lydekker

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने