प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ६/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • अचम्मलाग्दो माया पात्रो
    ब्यूँझनुहोस्‌!—२००५
  • अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ६/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

चिन्तित “युवा जनहरू सोध्छन्‌ . . . अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु?” भन्‍ने लेखको लागि धन्यवाद व्यक्‍त गर्न चाहन्छु। (अक्टोबर ८, २००१) म १७ वर्षकी भएँ र स्कूलको पढाइ सिद्धिएपछि मेरो जिन्दगीले कस्तो मोड लिने होला भनेर म दिनहुँ सोच्ने गर्छु। अरूलाई दुःख होला भनेर म आफ्नो मनका चिन्ताहरू मनमै गुम्साएर राख्ने गर्छु। यसले गर्दा म भित्रभित्रै पीडाले छट्‌पटाउँछु। उक्‍त लेखले मलाई, मेरी आमा मण्डलीका परिपक्व व्यक्‍तिहरूसित कुरा गर्नुको महत्त्व बुझ्न मदत गऱ्‍यो।

एल. आर., संयुक्‍त राज्य अमेरिका (g02 5/8)

म १७ वर्षकी भएँ। मलाई अक्सर आमाको स्वास्थ्य, आफ्नो स्कूलको पढाइ अनि घरधन्दाबारे चिन्ता लागिरहन्छ। मसीही सभाहरूमा चिन्तित हुने विषयमा सल्लाह दिंदा मेरी आमा मलाई सधैं कुहिनाले हिर्काइरहनुहुन्छ। त्यसैकारण कुन समयमा कुन काम गर्ने भनेर सही प्राथमिकता निर्धारण गर्न र मन नपर्ने कार्यलाई पछि गरौंला भनी नपन्छाउने विषयमा जुन व्यावहारिक सुझाउहरू उक्‍त लेखमा दिइएको थियो त्यसको लागि म साह्रै कृतज्ञ छु। उक्‍त लेखको लागि धेरै-धेरै धन्यवाद।

एच. एच., संयुक्‍त राज्य अमेरिका (g02 5/8)

एक जना पिता र मसीही प्राचीन भएकोले मलाई हाम्रा जवानहरू भविषयबारे चिन्तित छन्‌ भन्‍ने कुरा थाह छ। यस्ता विषयहरूमा आमाबाबुहरूसित कुरा गरेर सकेसम्म समस्याहरूको समाधान छिटो गर्नुपर्ने विषयमा तपाईंहरूले दिनुभएको सुझाउ एकदमै राम्रो छ। हाम्रा युवा जनहरूप्रति निरन्तर चासो राख्नुभएको लागि धेरै धन्यवाद।

आर. एच., क्यानाडा (g02 5/8)

निराश किशोरकिशोरीहरू मैले किशोरकिशोरीहरूलाई सुहाउने सामाजिक समस्याबारे आफूलाई मन परेको विषयमा निबन्ध लेख्ने असाइनमेन्ट पाएकी थिएँ। मैले सेप्टेम्बर ८, २००१ अंग्रेजी अंकको आवरण लेख, “निराश किशोरकिशोरीहरूको लागि मदत” भन्‍ने लेख प्रयोग गरें। म बस्ने ठाउँका किशोरकिशोरीहरूमाझ निराशा व्याप्त छ। अन्य असाइनमेन्टहरूका लागि पनि मैले ब्यूँझनुहोस्‌! चलाएकी छु र मैले धेरै राम्रो अंक प्राप्त गरेकी छु!

एस. एच., अस्ट्रेलिया (g02 5/8)

हाम्रो जवान छोराको हृदय र मस्तिष्कमा संक्रमण भएको थियो। रोगको उपचार त भयो तर त्यसले निम्त्याएको सबैभन्दा ठूलो खतरा अर्थात्‌ उसको निराशाबारे चाहिं हामीले थाहै पाएनौं। हाम्रो छोराले आत्महत्या गऱ्‍यो। अब हामीले छोराको लागि केही गर्न नसके तापनि यस लेखले हामीलाई तिनको रोगबारे बुझ्न मदत गऱ्‍यो। यस रोगबारे छलफल गर्नुभएकोमा र हाम्रा जवानहरूको लागि यस्तो मायालु ध्यान पुऱ्‍याउनुभएकोमा हामी कृतज्ञताले ओतप्रोत भयौं।

जि. र जी. आर., जर्मनी (g02 5/8)

कहिलेकाहीं म असाध्यै निरुत्साहित महसुस गर्छु र आफू बेकामको छु जस्तो लाग्न थाल्छ। आफ्नो मनका कुराहरू आफ्ना मसीही आमाबाबु वा मण्डलीका प्राचीनहरूलाई बताउन मलाई अप्ठ्यारो लाग्छ। तथापि, “आफ्नो अवस्थाको लागि तपाईं जिम्मेवार हुनुहुन्‍न” भनिएको वाक्य पढेपछि मलाई ढुक्क भयो! अनि यस्तो प्रकारको समस्या मैले मात्र झेलिरहनुपरेको होइन रहेछ भनेर बुझें।

एच. टि., जापान (g02 5/8)

विश्‍वदर्शन “विश्‍वदर्शन”-मा भएका साह्रै हाँसउठ्‌दा चित्रहरूको लागि बधाई दिन म यो पत्र लेख्दैछु। ती चित्रहरूले गर्दा मैले अहिलेसम्म पनि त्यहाँ दिइएका समाचारहरू सम्झिरहन सकेको छु। अनि खास गरी, ती चित्रहरूले मलाई मुस्कुराउन लाउँछन्‌। आफ्नो सराहनीय कामलाई कायमै राख्नुहोला!

ए.आई.पी.बी., स्पेन (g02 5/8)

बाइबल पढाइ “युवा जनहरू सोध्छन्‌ . . . म कसरी बाइबल पढाइलाई अझ रोचक बनाउन सक्छु?” भन्‍ने लेखको लागि धेरै धन्यवाद। (सेप्टेम्बर ८, २००१) मलाई बाइबल पढ्‌नु सधैं पट्टाइलाग्दो र यत्रो मोटो पुस्तक पढ्‌न सक्दिनँ होला जस्तो लाग्थ्यो। तर यो लेख पढिसकेपछि जब मैले बाइबल पढ्‌ने कोसिस गरें, मैले चाल पाएँ कि बाइबल पढाइ त साह्रै रमाइलो हुँदो रहेछ। अहिले म नियमित तवरमा बाइबल पढिरहेको छु।

एम. एस., जर्मनी (g02 5/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने