प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ५/८ p. ३१
  • अचम्मलाग्दो माया पात्रो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अचम्मलाग्दो माया पात्रो
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • सन्‌ २०११ को क्यालेन्डर-ले पारिवारिक उपासनालाई जोड दिन्छ
    हाम्रो राज्य सेवकाई—२०१०
  • “परमेश्‍वरको वचन त साँच्चै कत्ति शक्‍तिशाली रहेछ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
ब्यूँझनुहोस्‌!—२००५
g05 ५/८ p. ३१

अचम्मलाग्दो माया पात्रो

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

पुरातन मायाकाa मानिसहरू समयको हिसाबकिताब राख्नुलाई निकै महत्त्व दिन्थे। समयको चक्रमा कुनै-कुनै घटना दोहोरिन सक्छ भन्‍ने जन-विश्‍वास उनीहरूका पात्रोहरूमा देख्न सकिन्थ्यो।

केही अधिकारीहरूले जोलकिन (दिनहरूको गणना) नामाकरण गरेको पात्रोमा २६० दिनको वर्षलाई १३ वटा महिनामा विभाजित गरिएको थियो। हरेक महिना २० दिनको हुन्थ्यो भने दिनहरूको छुट्टाछुट्टै नाउँ हुन्थे। जोलकिन पात्रो मायाको धार्मिक रीतिथितिमा आधारित थियो र यसलाई जोखना हेर्न पनि प्रयोग गरिन्थ्यो।

त्यतिखेर धार्मिक रीतिथितिमा आधारित अर्को चल्ती पात्रोको नाउँ सिभील अर्थात्‌ हाब नामक पात्रो थियो। यो ३६५ दिन भएको सौर्यपात्रो थियो। त्यस पात्रोमा १९ वटा महिना थिए, जसमध्ये १८ महिना २० दिने हुन्थे भने एउटा महिनामा चाहिं पाँच दिन मात्र हुन्थ्यो। यस प्रकार जम्माजम्मी ३६५ दिन हुन्थ्यो। यसै सौर्यपात्रोअनुसार खेती किसानी गरिन्थ्यो र दैनिक जीवन बिताइन्थ्यो। मायाका उद्यमी मानिसहरूले यी दुवै पात्रोलाई गाभेर एउटा सग्लो पात्रो बनाए, जसलाई अनुसन्धाताहरू क्यालेन्डर राउन्ड भन्छन्‌। यसरी दुवै पात्रोमा भएका कुराहरू मिलाएर तिथिहरू तय गरिएका थिए। दिनहरूको यत्ति विशाल चक्र दोहोरिन ५२ वर्ष लाग्थ्यो।b

माया पात्रोको साँच्चै नालीबेली बताउने पुरातात्त्विक महत्त्वको त्यस्तो कुनै कुरा फेलापर्न सकेको छैन। मायाको केही बचेखुचेका पुस्तकहरूमा भएका अस्पष्ट कुराको अर्थ खुट्ट्याएर अनि मायासम्बन्धी शिलालेख तथा स्मारकहरूमा कुँदिएका अक्षरहरूबारे अध्ययन-अनुसन्धान गरेर शास्त्रविद्‌हरूले पात्रो प्रणालीबारे धेरै कुरा थाह लगाएका छन्‌।

आज, शताब्दीयौंको अनुसन्धानपछि पनि माया पात्रोबारे अध्ययन गर्न पाउँदा विज्ञहरू रमाउँछन्‌। यस पात्रोमा सौर्यवर्षको अवधिबारे सही समायोजन अनि चन्द्रमास तथा ग्रहहरूको चक्रसम्बन्धी एकदमै सही मानचित्रजस्ता जटिल कुराहरू समेटिएका छन्‌। हो, पुरातन मायाका मानिसहरूले बढो कौशलतापूर्वक यी सबै कुराको हिसाबकिताब राखेका थिए र उनीहरूले एकदमै सही ढङ्‌गमा समयको रेकर्ड राखेका थिए। (g05 4/8)

[फुटनोटहरू]

a सन्‌ २००१, सेप्टेम्बर ८ को अवेक!-मा भएको “माया—हिजो र आज” भन्‍ने लेख हेर्नुहोस्‌।

b यसबाहेक, मायाका मानिसहरूले लङ काउन्ट नामक पात्रो पनि चलाउँथे र त्यो पात्रो मुख्यतया पुरातन आधारभूत तिथि यताका दिनहरूको एकनासे रेकर्ड थियो।

[पृष्ठ ३१-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

जोलकिन हाब

६ काबन ५ पप

माथि सिक्कामा देखाइएको मिति ६ काबन, ५ पप हुन्‌ र यसले सा.यु. ७५२ फेब्रुअरी ६ लाई बुझाउँछ

[पृष्ठ ३१-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

० १ ५

मायाका मानिसहरूले माथिका तीनवटा चिह्नलाई सबै संख्या बुझाउन एकसाथ प्रयोग गर्थे।

० १ २ ३ ४

५ ६ ७ ८ ९

१० ११ १२ १३ १४

१५ १६ १७ १८ १९

जोलकिन पात्रोमा ७ दिन नभई नाउँसहितको २० दिन हुन्थ्यो। केही चिह्नहरू तल दिइएका छन्‌

हाब पात्रोका १९ वटा महिनाको लागि केही चिह्नहरू (कुँदिएका अक्षरहरू)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Top right and inset: HIP/Art Resource, NY; glyphs: An Introduction to the Study of the Maya Hieroglyphs/Sylvanus Griswold Morlay/Dover Publications

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने