प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ११/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • मित्रताको भोक मेट्‌ने
    ब्यूँझनुहोस्‌!—२००५
  • असल साथी कसरी छान्‍न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • असल साथीहरू—खराब साथीहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ११/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

साथी झन्डै चार वर्षअघि आमा बित्नुभएपछि मैले केही घनिष्ठ साथीहरू बनाएकी थिएँ। “साँचो साथी कसरी बनाउने” (फेब्रुअरी ८, २००५) लेख पढ्‌दा यस्ता साथीहरूको महत्त्व बुझें।

ओ. बी., संयुक्‍त राज्य अमेरिका

म ११ वर्षकी भएँ र पहिले-पहिले साथी बनाउनै सक्दिनथें। यो लेख पढेपछि भने साथीहरू बनाउन सकें। सधैं अरूको कुरा काट्‌ने मेरो कक्षाकै एक जना साथीलाई मैले यो पत्रिका दिएँ। ती लेखहरू पढेदेखि उनले अरूको कुरा काट्‌न कम गरेकी छे।

वाई. के., पोल्याण्ड

यी लेखहरू पढेर मैले बुझें, साथी बनाउने हो भने आफू पनि अरूको साथी बन्‍न सक्नुपर्छ। प्रेरित २०:३५ मा पाइने प्रोत्साहनअनुसार अरूको लागि त्याग गर्न इच्छुक हुनुपर्छ। तपाईंहरूको सल्लाह अनमोल छ।

ए. के., पोल्याण्ड

मलाई साथी बनाउन असाध्यै गाह्रो लाग्थ्यो। यहाँसम्म कि मसीही मण्डलीमा समेत साथी बनाउन सक्दिनथें। साथी बनाउने हो भने फरासिली हुनुपर्छ, आफै अघि सर्नुपर्छ र अरूबाट गल्ती नै हुँदैन भनेर आशा गर्नु हुँदैन भनेर अब मैले बुझें। ठीक समयमा यहोवाले पक्कै जवाफ दिनुहुन्छ!

एल. जे., रूस

मलाई थुप्रो रोगहरू लागेको छ। त्यसैले अरूसित संगत गर्न गाह्रो छ। मैले यस लेखका जानकारी प्रयोगमा ल्याउने निर्णय गरें। इमानदार भई आफ्ना विचार र भावनाहरू अलि-अलि गर्दै पोख्ने सल्लाहले मलाई मदत गऱ्‍यो।

एन. एम., जापान

खाजा खाने छुट्टीमा स्कूलका साथीहरूसित मैले यस लेखबारे कुरा गरें। यस पत्रिकाले गर्दा तिनीहरूले बिस्तारै-बिस्तारै परमेश्‍वरको वचनबारे धेरै कुरा थाह पाउन थालेका छन्‌। बाइबलले सबै मानिसहरूका लागि कस्तो व्यावहारिक सल्लाह दिन्छ भनेर बुझाउने यस्ता लेखहरू प्रकाशित गर्न नछोड्‌नुहोस्‌।

एम. एन., जापान

“पुरुष र महिला के ‘साथीहरू मात्र’ बन्‍न सक्छन्‌?” भन्‍ने पेटी निकै उत्सुकतापूर्वक पढें। यति सरल र स्पष्ट जवाफ त मैले अरू कुनै पत्रिका वा किताबमा भेटेकै थिइनँ।

आर. के., जर्मनी

तपाईंहरूका लेखहरू सधैं नै उपयोगी हुन्छन्‌। ती लेखहरूले यहोवाको सेवामा अझ बढी गर्ने र उहाँलाई आफ्नो साथी बनाउने हाम्रो लक्ष्यमा थप बल पुऱ्‍याउँछ। प्रोत्साहनको लागि मुरी-मुरी धन्यवाद!

आर. भी. एच., जर्मनी

यस लेखमा, चाहिएकै कुरा पाएँ। म १५ वर्षकी भएँ र मलाई साथी बनाउन असाध्यै गाह्रो लाग्छ। तपाईंहरूको सल्लाह साथी बनाउन र मित्रता कायम राख्न मेरो लागि मदतकारी हुनेछ। आफ्नो भावना कसरी खुलस्त व्यक्‍त गर्ने होला भनेर मदतको लागि प्रार्थना गरिरहेकै बेला यो लेख हातमा पर्दा म कत्ति खुसी भएँ होला, सोच्नुहोस्‌!

बी. ई. फ्रान्स

दुःखको कुरा, केही समयअघि मेरा साथीहरूले मेरो मन दुखाए र मैले असाध्यै एक्लो महसुस गरें। यहोवाले हामीलाई त्याग्नुहुन्‍न भनेर बुझ्दा प्रोत्साहन पाएँ। साँचो साथी भेट्टाउने तरिकाबारे दिइएको व्यावहारिक सल्लाह पढ्‌न र लागू गर्न पाउनु अर्को रमाइलो पक्ष थियो।

सी. सी., इटाली

मेरी छोरीले आध्यात्मिक उन्‍नति गरेको म हेर्न चाहन्छु। हर उमेरका व्यक्‍तिहरूलाई साथी बनाउन सकिन्छ भनेर यस पत्रिकाले जोड दिन्छ। मलाई थाह छ, यस लेखले उनलाई मदत दिनेछ। किनकि यसले मलाई पनि मदत गरेको छ।

ए. एल., संयुक्‍त राज्य अमेरिका

साँचो साथी बन्‍ने हो भने म आफै अग्रसर हुनै पर्छ अनि आफ्नो व्यक्‍तित्वमा परिवर्तन ल्याउनै पर्छ भनेर अब मैले थाह पाएँ। यहोवाले मलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा म पक्का छु।

एम., वाई., क्यानाडा (g05 9/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने