प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ९/८ पृ. १४
  • धार्मिक समुदायको विवरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धार्मिक समुदायको विवरण
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • फिलिप—जोसिलो सुसमाचारक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “येसुको सुसमाचार” सुनाउँदै
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • अग्रगामी मनोभाव देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • स्वाभाविक तरिकामा कुरा गर्नुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ९/८ पृ. १४

धार्मिक समुदायको विवरण

पन्ध्र वर्षीय फिलिपलाई आफ्नो उच्च माध्यमिक विद्यालयको भूगोल विषयअन्तर्गत तिनको गृहनगर अस्ट्रेलियाको सिड्‌नीमा भएको खेलकुद, राजनैतिक, सांस्कृतिक वा धार्मिक समुदायहरूमध्ये एउटाको अनुसन्धान गरेर रिपोर्ट तयार गर्ने काम दिइएको थियो। फिलिपले आफू र आफ्नो परिवार सदस्य भएको यहोवाका साक्षीहरूको स्थानीय मण्डलीबारे रिपोर्ट बनाउन रोजे। विद्यार्थीहरूलाई अरू थुप्रै कुराहरूमध्ये “समुदायलाई चिनाउने पक्षहरूको” विवरणबारे आफूले छानेको समुदायका २० जना सदस्यसित कुरा गर्ने निर्देशन दिइएको थियो।

आफ्नो सर्वेक्षणको परिणाम संकलन गरेपछि फिलिपले यस्तो लेखे: “यहोवाका साक्षीहरूको [स्थानीय] मण्डली एउटा धार्मिक संगठन हो र मुख्यतया बाइबलबाट सिक्ने उद्देश्‍यले एक ठाउँमा भेला हुन्छन्‌। यी सभाहरूमा बाइबलबाट पद्यांशहरू पढिन्छ र पछि बुझाइन्छ। यी सभाहरूमा अरूलाई बाइबल सत्य सिकाउने राम्रो तरिकाबारे पनि निर्देशन दिइन्छ। यो, मानिसहरूलाई घरमा भेट्‌न ढोका-ढोकामा गएर गरिन्छ किनभने मानिसहरूलाई अक्सर आफ्नै घरमा सजिलो लाग्छ। यस समुदायका सबै सदस्यहरू यो काममा नियमित तवरमा भाग लिन्छन्‌, प्रत्येकले आफ्नो परिस्थितिअनुसार फरक-फरक मात्रामा गर्छन्‌। आफैले बाइबल सिक्नु अनि अरूलाई सिकाउनुका साथसाथै यो समुदायले जानकारीमूलक, नवीनतम प्रकाशनहरू प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! वितरण गर्छन्‌ र यसमा प्रकृति, इतिहास, विश्‍वव्यापी र स्थानीय विषयहरूमा थुप्रै रोचक लेखहरू हुन्छन्‌। हामी सेप्टेम्बर ११ मा जस्तो भयानक विश्‍व अत्याचारले गर्दा कष्टमा परेका मानिसहरूलाई सहयोग दिने प्रयास गर्छौं अनि विवाह, पारिवारिक जीवन र युवावस्थाजस्ता विषयहरूमा मदतकारी प्रकाशन दिने गर्छौं।”

तिनको अनुसन्धानको गुणस्तर र यो प्रस्तुत गरिएको ढंगले गर्दा फिलिपको रिपोर्टको लागि सबैभन्दा धेरै अंक दिइयो। यहोवाका साक्षीहरूले गरिरहेको कामबारे तपाईं अझ बढी जान्‍न चाहनुहुन्छ भने अर्को पटक तिनीहरू आउँदा कुरा गर्नुहोस्‌ वा पृष्ठ ५ मा दिइएकामध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्‌। (g03 8/22)

[पृष्ठ १४-मा भएको चित्र]

फिलिप

[पृष्ठ १४-मा भएको चित्र]

इटाली

[पृष्ठ १४-मा भएको चित्र]

अस्ट्रेलिया

[पृष्ठ १४-मा भएको चित्र]

ब्राजिल

[पृष्ठ १४-मा भएको चित्र]

नेदरल्याण्ड्‌स

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने