प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ११/८ पृ. २६
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—२००३
g03 ११/८ पृ. २६

पाठकहरूका प्रतिक्रिया

बाल-वेश्‍यावृत्ति “बाल-वेश्‍यावृत्ति—दुःखद वास्तविकता” (मार्च ८, २००३) भन्‍ने शृङ्‌खलाको लागि धन्यवाद व्यक्‍त गर्न मसित पर्याप्त शब्दहरू छैनन्‌। यस शृङ्‌खलाले यस समस्याको घिनलाग्दो अवस्था स्पष्टसित उदांग पाऱ्‍यो। यस प्रकारको दासत्व अस्तित्वमा छ भनी अझ धेरै मानिसहरूलाई थाह दिन यो अन्य अखबारहरूमा पनि छाप्नुपर्छ जस्तो मलाई लाग्छ।

एम. के., चेक गणतन्त्र (g03 10/08)

स्वस्थ रहने “विश्‍वदर्शन”-मा वजन घटाउने र कसरतको सन्दर्भमा दिइएको सबै सुझावको लागि म धन्यवाद दिन चाहन्छु। मलाई विशेष गरी “स्वस्थ रहने” भन्‍ने लेख मन पऱ्‍यो। (मार्च ८, २००३) अलिकति कसरतले पनि तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्छ भनी देखाइएको थियो। यो मेरो लागि प्रोत्साहनजनक थियो किनभने मैले लिइरहेको औषधीले गर्दा तुरुन्तै थकित महसुस गर्छु र कसरत पनि एकछिन मात्र गर्न सक्छु। स्वास्थ्य र स्वस्थ रहने सुझावको लागि धन्यवाद।

जि. पी., संयुक्‍त राज्य अमेरिका (g03 10/08)

साथीहरूको दबाब म साथीहरूको दबाबको सामना गर्न गाह्रो लाग्ने १५ वर्षकी केटी हुँ। “युवा जनहरू सोध्छन्‌ . . . म कसरी साथीहरूको दबाबको सामना गर्न सक्छु?” भन्‍ने लेख पाउँदा मलाई धेरै खुसी लाग्यो। (जनवरी ८, २००३) अरू जवान व्यक्‍तिहरूले सामना गरेका समस्याहरूबारे पढ्‌दा मेरो मात्र समस्या होइन रहेछ भनेर ढुक्क लाग्छ। एक मात्र सर्वशक्‍तिमान परमेश्‍वरको मदत पाएर हामीले साथीहरूको दबाबको समस्यामाथि विजय हासिल गर्न सक्छौं। ठीक समयमा पाएको यस जानकारीको लागि धेरै धन्यवाद छ।

के. आर., अस्ट्रेलिया (g03 9/08)

म्युजिक भिडिओ मैले चिनेको एक जना यहोवाका साक्षीबाट म कहिलेकाहीं तपाईंहरूका पत्रिकाहरू प्राप्त गर्छु। मेरो विचारमा “युवा जनहरू सोध्छन्‌ . . . म्युजिक भिडिओ हेर्नु ठीक हो?” भन्‍ने लेख असाध्यै राम्ररी लेखिएको थियो। (मार्च ८, २००३) यो अत्यन्तै सुस्पष्ट थियो र आधुनिक संगीतमा लुकेका खतराहरू प्रकाश पारिएको थियो।

एम. एम., जापान (g03 10/22)

मैले पत्रिका पाउनेबित्तिकै तुरुन्तै पूरै पढें। मेरा थुप्रै साथीहरूले म्युजिक भिडिओ हेर्छन्‌ र तिनीहरू त्यसबारे कुरा गर्न मन पराउँछन्‌। यस लेखले मलाई ती हेर्ने प्रलोभनमा नपर्न मदत गरेको छ। म १२ वर्षकी भएँ र ठीक समयमा मैले यो प्राप्त गरें।

के. डब्ल्यु., संयुक्‍त राज्य अमेरिका (g03 10/22)

मलाई यो लेख असाध्यै मन पऱ्‍यो। म पूर्ण-समय प्रचारक हुँ र जवानहरूको लागि असल उदाहरण बसाल्नु महत्त्वपूर्ण छ भनी मलाई थाह छ। त्यसैले कुनै खास म्युजिक भिडिओ किन नहेरेको भनी युवाहरूले प्रश्‍न गर्दा अब म तिनीहरूलाई म यहोवासँगको आफ्नो सम्बन्ध बिगार्न चाहँन्‍न भनी भन्‍न सक्छु। कृपया जानकारीमूलक “युवा जनहरू सोध्छन्‌ . . . ” लेखहरू छापिरहनुहोस्‌।

आर. बि., संयुक्‍त राज्य अमेरिका (g03 10/22)

म झण्डै २१ वर्षकी भएँ र मलाई म्युजिक भिडिओहरू हेर्न रमाइलो लाग्छ। तथापि, ती भिडिओहरूले हेर्नेहरूको मनमा प्रभाव पार्छ भनी तपाईंहरूले भन्‍नुभएको कुरा सही हो। अक्सर जवानहरूलाई कुनै गीतको धुन वा ताल मन पर्छ तर तिनीहरूले शब्दमा त्यति ध्यानै दिंदैनन्‌। विशेष गरी अर्कै भाषाको गीत हो भने यस्तो अक्सर हुने गर्छ। भिडिओले अक्सर गीतको भावलाई झल्काउँछ। कहिलेकाहीं मलाई उपयुक्‍त लागेको गीतको भिडिओ हेर्दा म छक्कै पर्छु! पतित भिडिओ देखेपछि म अर्कै च्यानल हेर्छु र त्यो गीत सुन्‍न छोड्‌छु।

टि. जि., फ्रान्स (g03 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने