प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • ल्याक्टोज पचाउन नसक्नुको कारण बुझ्ने
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

दुःखकष्ट “युवा जनहरू सोध्छन्‌ . . . परमेश्‍वरले किन हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ?” (अप्रिल ८, २००४) भन्‍ने लेखको लागि धेरै धेरै धन्यवाद। म १४ वर्षकी भएँ र हालै मेरी हजुरआमा र फुपू बित्नुभयो अनि उहाँहरू दुवै जना मसित असाध्यै नजिक हुनुहुन्थ्यो। उहाँहरूको मृत्युको लागि परमेश्‍वरलाई दोष दिनु हुन्‍न भनेर मलाई थाह थियो। यसको दोष शैतानलाई जान्छ र अब त्यसको समय धेरै बाँकी छैन। यो लेखले मलाई साँच्चै सान्त्वना दियो। कृपया यस्ता लेखहरू लेख्न नछोड्‌नुहोस्‌। मेरो भित्री हृदयदेखि नै तपाईंहरूलाई फेरि पनि धन्यवाद।

बि. बि., संयुक्‍त राज्य अमेरिका

हालैको कुरा हो, मैले विवाह गर्न आँटेको केटीको कार दुर्घटनामा परेर मृत्यु भयो। मेरो लागि, मण्डलीको लागि र विशेष गरी उनको आमाबाबुको लागि यो असाध्यै दुःखद्‌ घटना थियो। मेरो शोकाकुल अवस्थामाथि विजयी हुन मदत दिनुभएकोमा म यहोवालाई धन्यवाद दिन्छु। अनि “परमेश्‍वरले किन हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ?” भन्‍ने लेखको लागि म तपाईंहरूलाई पनि धन्यवाद दिन्छु। यो एकदमै ठीक समयमा आयो।

ई. डि., जर्मनी

सुरुमा त मलाई यो लेख पढ्‌नै मन लागेको थिएन। यो लेख निराशावादी विचारहरूले भरिएको छ होला जस्तो मलाई लाग्यो। दुई वर्षअघि एउटा रोगको कारण मेरो दाजुको मृत्यु भयो र त्यसको भावनात्मक चोट ममा अझै पनि छ। तर त्यस लेखले मलाई यहोवाले हामीलाई असल कुराहरू दिनुहुन्छ भनेर सम्झायो। मेरो चोट छिटछिटो निको भएको मैले महसुस गरें र यस अस्थिर संसारमा बाँचिरहने साहस मैले पाएँ।

एस. एच., जापान

ल्याक्टोज पचाउन नसक्नु “ल्याक्टोज पचाउन नसक्नुको कारण बुझ्ने” (अप्रिल ८, २००४) भन्‍ने लेखमा दिइएजस्तै लक्षणहरूद्वारा केही वर्षदेखि म पीडित छु। यसको कारण मैले हाइड्रोजन ब्रिथ टेस्ट अर्थात्‌ सास फेर्दा बाहिर निस्केको हावामा हाइड्रोजनको मात्रा परीक्षण गराएँ र यसले ममा ल्याक्टोज पचाउन नसक्ने समस्या भएको कुरा सङ्‌केत गऱ्‍यो। यो लेख मैले आफ्नो डाक्टरलाई देखाउँदा उहाँलाई यो लेख धेरै अनुसन्धान गरेर तयार पारिएको जस्तो लाग्यो र यस्तो राम्रो लेख लेख्नुभएकोमा तपाईंहरूलाई धन्यवाद दिन उहाँले मलाई प्रोत्साहन दिनुभयो। उहाँलाई याद भएसम्म, यसअघि उहाँले कहिल्यै पनि ब्यूँझनुहोस्‌! पढ्‌नुभएको थिएन।

आ. एस., जर्मनी

बढ्‌ता पिउनु “बाइबलको दृष्टिकोण: बढ्‌ता पिउनु के साँच्चै खराब हो?” (अप्रिल ८, २००४) भन्‍ने लेखको लागि धन्यवाद। मैले रक्सी पिएको कारण म र मेरी पत्नीबीच झगडा उत्पन्‍न भएको हो भन्‍ने कुरा बल्ल अहिले आएर मैले बुझें र रक्सीमा मैले धेरै पैसा खेर फालें भन्‍ने कुरा पनि महसुस गरेको छु। अहिले म पहिलेभन्दा थोरै पिउँछु र पहिलेको जस्तो घरीघरी पिउने पनि गर्दिनँ।

जे. के., तान्जानिया

कोठेपद ब्यूँझनुहोस्‌!-मा प्रकाशित हुने कोठेपद भर्न मलाई रमाइलो लाग्छ। ती शिक्षामूलक छन्‌। सही शब्द भेट्टाउन सुरु-सुरुमा मेलै घरीघरी बाइबल पल्टाउनु पर्थ्यो। अचेल त्यत्ति पल्टाउनु पर्दैन। यसको श्रेय मेरो बाइबल अध्ययन कार्यक्रमलाई जान्छ। अनि मलाई यस्तो कार्यक्रम राख्न कोठेपदले नै प्रोत्साहन दियो!

डब्लु. के., पोल्याण्ड

ब्यूँझनुहोस्‌!-को जवाफ: कुनै-कुनै भाषाको ब्यूँझनुहोस्‌!-मा कोठेपदको सट्टा “के तपाईंलाई थाह छ?” भन्‍ने बाइबल हाजिरी जवाफ राखिएको हुन्छ। (g05 1/8)

खराब बानीहरू “बाइबलको दृष्टिकोण: के खराब बानीहरूलाई जित्न सकिन्छ?” (मे ८, २००४) भन्‍ने लेखको लागि कृतज्ञता जाहेर नगरी बस्नै सकिनँ। केही समयदेखि म मोटोपनसित सङ्‌घर्ष गर्दै छु। केही समयको लागि त मेरो वजन घट्‌छ तर म फेरि मोटाइहाल्छु। त्यस लेखले यो समस्यबारे तोकेरै नबताएको भए तापनि यसमा दिइएका जानकारीहरू भने उपयोगी साबित भए। यसले मलाई आफ्ना खराब बानीहरू केलाउन र मेरो वजन बढ्‌नुमा ती बानीहरूले कस्तो भूमिका खेलिरहेका छन्‌ भन्‍ने कुरा विश्‍लेषण गर्न मदत दियो। हामीले सङ्‌घर्ष गर्ने व्यक्‍तिगत मामिलाहरूबारे यहोवा सजग हुनुहुन्छ र उहाँले त्यसमा चासो राख्नुहुन्छ भन्‍ने कुरा सम्झाइदिनुभएकोमा धेरै धन्यवाद।

एम. एस., संयुक्‍त राज्य अमेरिका (g05 1/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने