प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १२/८ पृ. १५
  • साबुन—“आफै लगाउन सकिने खोप”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साबुन—“आफै लगाउन सकिने खोप”
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • हात धोएपछि पुछ्‌न नबिर्सनुहोस्‌!
    ब्यूँझनुहोस्‌!—१९९८
  • तपाईंको स्वास्थ्यको रक्षा गर्ने ६ वटा तरिका
    ब्यूँझनुहोस्‌!—२००३
  • निरोगी हुने छवटा उपाय
    ब्यूँझनुहोस्‌!—१९९७
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १२/८ पृ. १५

साबुन—“आफै लगाउन सकिने खोप”

“संसारमा केटाकेटीहरूको दोस्रो सबैभन्दा ठूलो हत्यारा न त औलो हो, न टिबी, न एड्‌स नै हो। यो . . . झाडा-पखाला हो” भनी दी इकोनोमिस्ट पत्रिका रिपोर्ट गर्छ। यद्यपि, तिनीहरू तथा तिनीहरूका परिवारले नियमित रूपमा साबुनले हात धोएका भए, यी थुप्रै साना केटाकेटीहरू मृत्युको सिकार हुने थिएनन्‌।

“राम्रोसित हात धोएको खण्डमा झाडा-पखालासम्बन्धी ४३% रोगबिमार कम हुन सक्छ” भन्‍ने कुरा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपीकल मेडिसिनका अनुसन्धाताहरूले पत्ता लगाए भनेर दी इकोनोमिस्ट बताउँछ। “यसले सबैभन्दा प्रमुख बाल-हत्यारा, श्‍वासप्रश्‍वाससम्बन्धी संक्रमण पनि त्यति नै उल्लेखनीय ढंगमा घटाउन सक्छ। अमेरिकी सेनाको लागि गरिएको एउटा बृहत्‌ अनुसन्धानले देखाएअनुसार सिपाहीहरूले दिनको पाँच चोटि आफ्नो हात धुँदा, घरी-घरी नाक सिंक्क-सिंक्क हुने र खोकी ४५% ले कम भएको पाइयो।” विकासोन्मुख देशहरूमा अधिकांश परिवारहरूले साबुन किन्‍न सक्छन्‌। तसर्थ, यसलाई “आफै लगाउन सकिने एक किसिमको खोप” भनेर वर्णन गर्नु ठीकै हो। अनि यो खोप लगाउँदा दुख्दा पनि दुख्दैन!

बाइबलले सफासुग्घर बस्ने सन्दर्भमा पनि प्रोत्साहन दिन्छ। “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं” भनी २ कोरिन्थी ७:१ बताउँछ। परमेश्‍वरले मुख्यतया हाम्रो आध्यात्मिक शुद्धताबारे चासो राख्नुहुने भए तापनि, उहाँ शारीरिक सरसफाइलाई पनि महत्त्वपूर्ण ठान्‍नुहुन्छ। (लेवी, अध्याय १२-१५) निस्सन्देह, यस सन्दर्भमा उहाँ हामीबाट अचाक्ली आशा गर्नुहुन्‍न। तरैपनि, शौचालयबाट आएपछि, नानीलाई धोइदिएपछि वा थाङ्‌ना फेरिदिएपछि, खानापिना तयारी गर्नुअघि वा खाना खान बस्नुअघि र अरूलाई हानिकारक कीटाणु वा भाइरस सार्न सक्ने अन्य कुनै पनि सम्भावना हुँदा हामीले आफ्नो हात धुने बानी बसाल्नुपर्छ। नियमित रूपमा आफ्नो हात धोएर हामी आफ्नो परिवार तथा हाम्रो सम्पर्कमा आउने सबैप्रति मसीही प्रेम देखाउँछौं।—मर्कूस १२:३१. (g03 11/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने