प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ५/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • केटाकेटीलाई बजारी खाना जोडतोडका साथ बिक्री गर्दै
  • बिजुली चम्काइमा विश्‍वकै नेता
  • मोबाइल फोनबाट जासुसी
  • सङ्‌गीत शिक्षा तथा स्मरणशक्‍ति
  • तारा तथा बालुवाका दानाहरू
  • कम हावा
  • मौरीको घार तताउने
  • टायर—तपाईंको जीवन यसमा निर्भर हुन सक्छ!
    ब्यूँझनुहोस्‌!—२००४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००१
  • माहुरीपालन—“गुलियो” कथा
    ब्यूँझनुहोस्‌!—१९९७
  • अस्ट्रेलियाको नचिल्ने मौरीलाई चिन्‍नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ५/८ पृ. २८-२९

विश्‍वदर्शन

केटाकेटीलाई बजारी खाना जोडतोडका साथ बिक्री गर्दै

“केटाकेटीको भोजनसम्बन्धी बानी बिगारेर तिनीहरूलाई मोटो बनाउने बाटोतर्फ धकेल्ने विज्ञापनको बज्रपात भइरहेको छ” भनेर थुप्रै पोषणविद्‌हरूले फास्ट-फुड कम्पनीहरूलाई औंला ठड्याइरहेका छन्‌ भनी टोकियोको आइ एच टी आसाही शिम्बुन अखबारमा प्रकाशित एउटा लेखले बताउँछ। “केटाकेटीहरूलाई मालसामान बिक्री गर्न टेलिभिजन सबैभन्दा प्रभावकारी माध्यम हो” भनी उक्‍त रिपोर्ट बताउँछ तर यसको अलावा खाद्य कम्पनीहरूले “केटाकेटीहरूसामु आफ्ना सामानहरूको विज्ञापन गर्न हामीले कल्पनै नगरेका तरिकाहरू पत्ता लगाइरहेका छन्‌।” चलचित्र, गेम, इन्टरनेट साइट, अंकगणितका किताब र थरीथरीका पुतली तथा खेलौनाहरूमा विभिन्‍न किसिमका खाद्य कम्पनीहरूको विज्ञापन हुन्छ। केटाकेटीलाई किन विज्ञापन गर्ने? “यो सबैभन्दा ठूलो व्यापार हो” भनी टेक्सासको ए एण्ड एम बिक्रीसम्बन्धी प्राध्यापक जेम्स म्याकनिल बताउँछन्‌। तथापि, हार्डबर्ड स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक वल्टर विलेट यसो भन्छन्‌: “तिनीहरूले बिक्री गर्ने अधिकांश थोक बजारी खानेकुरा हो। तपाईंले फलफूल तथा तरकारीको विज्ञापन गरेको कति पटक देख्नुभएको छ?” (g04 4/22)

बिजुली चम्काइमा विश्‍वकै नेता

भूउपग्रहबाट प्राप्त तथ्याङ्‌क सर्वेक्षण गर्ने अनुसन्धाताहरूले “संसारमा सबैभन्दा धेरै बिजुली चम्कने भनी रेकर्ड गरिएको देश ब्राजिल” हो भनी पत्ता लगाएका छन्‌ भनी ओ ग्लोबो अखबार रिपोर्ट गर्छ। “[ब्राजिलमा] प्रति सेकेण्ड दुई तीनवटा चट्याङ पर्ने गर्छ र यो संख्या प्रति वर्ष सात करोडसम्म पुग्छ।” यसको कारण? प्रशस्त रेन फरेस्ट अनि तातो हावापानी। यसले पटक-पटक हुने विद्युतीय आँधीबेहरीको लागि एकदमै उपयुक्‍त वातावरण सृजना गर्छ। यसले वर्षेनी लगभग १०० जना ब्राजिलियनहरूको ज्यान लिनुको अलावा बिजुली चम्कँदा टेलिफोन र विद्युत्‌ प्रसारण लाइनको साथै उद्योग तथा अन्य सुविधाहरूमा लगभग २० करोड डलर बराबरको क्षति पुऱ्‍याउँछ। अनि लोकप्रिय धारणाको विपरीत “एउटै ठाउँमा तीन चोटि, पाँच चोटि र सात चोटिसम्म बिजुली चम्कन सक्छ” भनी नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चका वैज्ञानिक ओस्मार पिन्टो, जुनियर बताउँछन्‌। (g04 4/8)

मोबाइल फोनबाट जासुसी

क्यामरा जडित मोबाइल फोनहरूले गर्दा गोप्य व्यापारिक कुराकानीहरू खतरामा परेका छन्‌ भनी फ्रांकफर्टर आल्जेमाइन जाइटुङ भन्‍ने जर्मन अखबार रिपोर्ट गर्छ। सुरुमा यी क्यामराहरू बिक्री बढाउने एउटा तरिका मात्र ठानिए तापनि यी नयाँ किसिमका सेलुलर फोनहरूद्वारा खिचिने डिजिटल चित्रहरू एकदमै उच्चस्तरीय हुनुका साथै थुप्रै कम्पनीका सुरक्षा अफिसरहरूले यसलाई एउटा बढ्‌दो समस्या ठानेका छन्‌। यी फोन क्यामराहरू अरूले सजिलै देख्न नसकिने हुनुका साथै परम्परागत क्यामराहरूजस्तो नहुने हुँदा फोटो खिचेर तत्कालै प्रसारण गर्न सकिन्छ जसले गर्दा औद्योगिक जासुसीको लागि अति उपयुक्‍त साधन बन्‍न पुगेको छ। यस्तो विनाअनुमति फोटो खिच्ने व्यक्‍ति पक्रिए तापनि त्यसले हानि भने पुऱ्‍याइसकेको हुन्छ। यी कारणहरूले गर्दा थुप्रै कम्पनीहरूले उच्च सुरक्षा घोषित इलाकाहरू जस्तै डिजाइन डिपार्टमेन्ट र नयाँ उत्पादनहरू परीक्षण गरिने ठाउँहरूमा क्यामरा जडित मोबाइल फोनहरूको प्रयोग निषेध गर्न थालिसकेको छ। (g04 4/8)

सङ्‌गीत शिक्षा तथा स्मरणशक्‍ति

नयाँ अनुसन्धानले देखाएअनुसार “सङ्‌गीत प्रशिक्षण नपाएका केटाकेटीहरूको तुलनामा त्यस्तो प्रशिक्षण पाएकाहरूको स्मरणशक्‍ति र शब्दभण्डार निकै राम्रो हुन्छ” भनी क्यानाडाको ग्लोब एण्ड मेल भन्‍ने अखबार रिपोर्ट गर्छ। हङकङको चिनियाँ विश्‍वविद्यालयका डा. एग्नीस चानअनुसार सङ्‌गीत अध्ययन गर्दा मस्तिष्कको बायाँ भागको विकास हुन्छ र त्यसको फलस्वरूप मस्तिष्कको समष्टिगत कार्यक्षमता विकसित हुनुका साथै मौखिक शिक्षणजस्ता अन्य कार्यहरू गर्न मस्तिष्कलाई अझ सक्षम बनाउँछ। मौखिक तथा दृश्‍यसम्बन्धी स्मरण परीक्षाहरू ६ देखि १५ वर्षबीचका ९० जना विद्यार्थीमा गरिएको थियो। साङ्‌गीतिक प्रशिक्षण पाएकाहरूले त्यस्तो प्रशिक्षण नपाएका विद्यार्थीहरूको तुलनामा निकै बढी शब्दहरू सम्झन सके। तिनीहरूले जति लामो समयसम्म साङ्‌गीतिक प्रशिक्षण पाए, तिनीहरूको मौखिक शिक्षण क्षमता पनि त्यति नै बढी भएको पाइयो। चानले यसो भनिन्‌, “यो मस्तिष्कको लागि क्रस-ट्रेनिङ जस्तै हो” अर्थात्‌ विभिन्‍न गतिविधिको लागि प्रशिक्षण दिनु जस्तै हो। तिनको विचारमा सङ्‌गीत अध्ययन गर्नेहरूलाई “स्कूलको पढाइ पनि सजिलो हुनेछ।” (g04 4/22)

तारा तथा बालुवाका दानाहरू

लण्डनको द डेली टेलिग्राफ-ले रिपोर्ट गरेअनुसार टेलिस्कोपबाट हेरेर “खगोलविद्‌हरूले सात खरबको खरब अथवा सातको पछाडि २२ वटा शून्यजति ताराहरू पृथ्वीबाट देख्न सकिन्छ भनी हिसाब निकालेका छन्‌।” अमेरिका, अस्ट्रेलिया र स्कटल्याण्डका खगोलविद्‌हरूले “पृथ्वी नजिकै ब्रह्‍माण्डको सानो भागमा भएका सबै आकाशगङ्‌गा गने” अनि प्रत्येकमा ताराहरूको संख्या अनुमान लगाए। त्यस संख्याबाट तिनीहरूले आकाशको बाँकी भागमा कतिवटा तारा होलान्‌ भनेर अनुमान लगाए। “यो ब्रह्‍माण्डमा भएका ताराहरूको कुल संख्या होइन तर हाम्रो टेलिस्कोपले भ्याउन सक्ने जति संख्या हो” भनी उक्‍त टोलीका नेता, अस्ट्रेलियाका डा. साइमन ड्राइभरले बताए। “विशाल संख्याहरूको हिसाब गरिरहने पेसेवर खगोलविद्‌हरूको लागि पनि यो दिमागै खल्बल्याउने संख्या हो।” पृथ्वीका अत्यन्तै अँध्यारा ठाउँहरूबाट हेर्ने हो भने नाङ्‌गो आँखाबाट केही हजार ताराहरू मात्र देख्न सकिन्छ अनि ठूलो सहरबाट त १०० वटा मात्र देखिन्छ। (g04 4/22)

कम हावा

“राजमार्गमा हुने १७ वटा प्राणघातक दुर्घटनामध्ये एउटाको प्रत्यक्ष सम्बन्ध, चक्काको अवस्थासित छ” भनी फ्रान्सेली पत्रिका भालोर आक्वेल-मा प्रकाशित संक्षिप्त समाचार बताउँछ। मिश्‍ला टायर कम्पनीले गरेको अध्ययनअनुसार “सन्‌ २००२ मा ३ वटामध्ये २ वटा गाडीको एउटा टायरमा सधैंजसो एकदमै कम मात्र हावा थियो।” मिश्‍लाका प्राविधिक सञ्चारका निर्देशक, प्येर मेनेन्डीसअनुसार “टायरमा धेरै हावा हाल्दा टायर फुट्‌न सक्ने अनि यो हावा कम हुनुभन्दा बढी खतरनाक हुन्छ भन्‍ने गलत सोचाइ ड्राइभरहरूले राख्ने गर्छन्‌। वास्तवमा कुरा ठ्याक्क उल्टो हो।” टायरमा हुनुपर्ने हावा सामान्यभन्दा निकै कम हुँदा ब्रेक त्यति लाग्दैन, सडकमा र मोडमा चक्का सजिलै चिप्लने अनि “अकस्मात्‌ चक्का घुमाउँदा गाडी अनियन्त्रित हुन सक्छ” भनी उक्‍त रिपोर्ट बताउँछ। यसबाहेक, हावा कम हुँदा टायरको आकार बदलिन्छ। यसले गर्दा यसमा हुने तत्त्वहरू तातिन्छन्‌ र अकस्मात्‌ टायर बिग्रन सक्छ। (g04 4/22)

मौरीको घार तताउने

चिसो हिउँदबाट बच्न मौरीहरूले “आफ्ना उडान मांसपेशीहरू फट्‌फटाएर” ताप उत्पन्‍न गर्छन्‌ भनी फ्रांकफर्टर आल्जेमाइन जाइटुङ रिपोर्ट गर्छ। तर घारभित्रको तापक्रममा एकरूपता हुँदैन। मौरीको शरीरको औसत तापक्रम घारको बीचमा ३० डिग्री सेल्सियस हुन्छ तर बाहिरतिर भने माइनस ११ डिग्री वा त्योभन्दा कम पनि हुन सक्छ। अस्ट्रियाको ग्रास विश्‍वविद्यालयका वैज्ञानिकहरूले बाहिर भित्तातिरका मौरीहरूभन्दा बीचमा हुने मौरीहरू निकै फट्‌फटाउने पाएका छन्‌। यसरी मौरीहरूले बाहिर तापक्रम त्यतिखेर जान दिंदैनन्‌ अनि हिउँदमा भोजनको आवश्‍यकता पनि कम गर्छन्‌। तर प्रश्‍न बाँकी रहन्छ: बाहिरपट्टिका मौरीहरूभन्दा भित्रपट्टि न्यानो अनि आरामदायी ठाउँमा बस्ने मौरीहरूले बढी ताप उत्पादन गर्नुपर्छ भनेर तिनीहरूलाई कसरी थाह हुन्छ? (g04 4/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने