प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १०/८ पृ. २७
  • लडाकूदेखि शान्ति स्थापकसम्म

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लडाकूदेखि शान्ति स्थापकसम्म
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • खतरनाक कार्य छोडेर शान्तिको खोज
    ब्यूँझनुहोस्‌!—२००३
  • युद्ध
    ब्यूँझनुहोस्‌!—२०१७
  • छिमेकीलाई प्रेम गर्ने चलन, खै कता गयो?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १०/८ पृ. २७

लडाकूदेखि शान्ति स्थापकसम्म

जनवरी ८, २००३ अंकको ब्यूँझनुहोस्‌!-मा दोस्रो विश्‍वयुद्धको दौडान कामिकाजे मिसनको लागि प्रशिक्षण दिइएको तोशिआकी निवा नाउँका एक जना भूतपूर्व जापानी पाइलटको अनुभव प्रकाशित गरिएको थियो। सन्‌ १९४५ अगस्तमा आफू अमेरिकी नौसेना जहाजमा आत्मघाती आक्रमण गर्ने आदेशको पर्खाइमा क्योटो नजिकैको हवाईअड्डामा भएको कुरा निवाले बताए। त्यो आदेश कहिल्यै आएन किनभने केही दिनपछि नै युद्ध टुङ्‌गियो। वर्षौंपछि निवाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। परमेश्‍वरलाई खुसी बनाउनेहरूले युद्धमा भाग लिनेछैनन्‌ भनेर उनले सिके। उनीहरू जहाँ बसे तापनि अनि उनीहरूको राष्ट्रियता जुनसुकै भए तापनि उनीहरूले सँगी मानवहरूको साँचो आदर गर्छन्‌। (१ पत्रुस २:१७) पहिलेका एक जना लडाकू निवा अहिले शान्ति-स्थापक बनेका छन्‌ जो अरूलाई एकतामा गाँस्ने परमेश्‍वरको वचनको सन्देश सुनाउँछन्‌।

निवाको कथाले संयुक्‍त राज्य अमेरिकाका रसल वट्‌र्सको मन छोयो किनकि तिनले पनि त्यही युद्ध लडेका थिए तर विपक्षबाट। वट्‌र्सले निवालाई लेखेको पत्रमा यसो भने, “सन्‌ १९४५ मा भावी आक्रमणको पर्खाइमा तपाईं क्योटोमा हुनुहुन्थ्यो भनी तपाईंले बताउनुभयो। त्यति नै खेर म उक्‍त आक्रमणको लागि अन्तिम चरणको प्रशिक्षण लिइरहेको थिएँ। त्यसबेला यदि त्यस युद्धको अन्त्य नभइदिएको भए हामी दुवै उक्‍त लडाइँमा आ-आफ्ना शत्रुहरूको हातबाट सायद मर्थ्यौं होला। तपाईं र तपाईंको परिवारजस्तै म र मेरी पत्नी पनि पछि यहोवाको साक्षी बन्यौं। कुनै समय हामी एक-अर्कालाई मार्न कस्सिएका शत्रुहरू आज मित्र मात्र नभई भाइहरू हौं भनी थाह पाउनु कस्तो आनन्दको कुरा!”

तोशिआकी निवा र रसल वट्‌र्स जस्तै कुनै दिन एक-अर्काका कट्टर शत्रुहरू अहिले शान्ति र एकतामा बाँचिरहेका थुप्रै छन्‌ किनकि तिनीहरूले परमेश्‍वरको वचन बाइबल अध्ययन गरेका छन्‌ अनि त्यसलाई आफ्नो जीवनमा लागू गरेका छन्‌। यहोवाका साक्षीहरूमाझ यहूदी र अरबीहरू, आर्मेनियाली र तुर्कहरू, जर्मन र रुसीहरू, हुटु र टुट्‌सीहरू छन्‌ जसले आफूलाई साँचो मसीहीहरू साबित गरेका छन्‌। वास्तवमा येशूले यसो भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३५. (g04 9/8)

[पृष्ठ २७-मा भएको चित्र]

दोस्रो विश्‍वयुद्धको दौडान तोशिआकी निवा र रसल वट्‌र्स

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने