प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ३/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • युथ डान्स क्लबहरूमा जाने कि नजाने?
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ३/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

खराब बानीहरू “बाइबलको दृष्टिकोण: के खराब बानीहरूलाई जित्न सकिन्छ?” (मे ८, २००४) विषयक लेखको लागि कृतज्ञता व्यक्‍त नगरी म बस्नै सकिनँ। केही समयदेखि मैले मोटोपनको समस्या झेल्दै आएको छु। म वजन घटाउँथे तर फेरि जस्ताको तस्तै भइहाल्थ्यो। हुन त उक्‍त लेख यसै समस्यासित सम्बन्धित नभए तापनि यसमा दिइएको जानकारी भने उपयोगी सिद्ध भयो। यसले मलाई मेरा खराब बानीहरू केलाउन र मेरो वजन बढ्‌नुमा यसले कस्तो योगदान पुऱ्‍याएको छ, सो बुझ्न मदत गऱ्‍यो। हामीले सामना गर्ने व्यक्‍तिगत कुराहरूबारे यहोवा सजग हुनुका साथै उहाँ हाम्रो चासो पनि राख्नुहुन्छ भनी हामीलाई सम्झाउनुभएकोमा तपाईंहरूलाई मुरी-मुरी धन्यवाद।

एम. एस., संयुक्‍त राज्य अमेरिका (g05 1/22)

आशा “आशा—तपाईं कहाँ पाउन सक्नुहुन्छ?” (मे ८, २००४) भन्‍ने शृङ्‌खलाबद्ध लेखको लागि हाम्रो हार्दिक कृतज्ञता प्रकट गर्न यो सानो नोट लेख्दैछौं। हामीले यो लेख पारिवारिक रूपमा पढ्यौं र लेखको अन्त-अन्ततिर पुग्दा आँखाभरि उर्लिएर आएको आँसुलाई रोक्नै गाह्रो भएको थियो। फूलको अर्थपूर्ण चित्रले हाम्रो मनमा अमेट छाप पाऱ्‍यो।

एच. एच. र एल. एच., संयुक्‍त राज्य अमेरिका

यो लेख पाउनुभन्दा केही हप्ताअघि मेरी आमाको मृत्यु भयो र “नाबालक बच्चा आमाको गर्भभित्र सुरक्षित रहेजस्तै मृतकहरू अत्यन्तै सुरक्षित अवस्थामा रहेका छन्‌” भन्‍ने शब्दहरूबाट मैले ठूलो सान्त्वना पाएँ। मेरी आमा बित्नुभएकोमा म अझै शोकाकुल भए तापनि उहाँ यहोवाको सम्झनामा सुरक्षित हुनुभएकोमा म खुसी छु।

भी. एल., संयुक्‍त राज्य अमेरिका

मैले ब्यूँझनुहोस्‌! पढेको करिब ५० वर्ष भइसक्यो र तपाईंहरूले पहिला-पहिला आइसकेको विषयलाई फेरि फरक किसिमले प्रस्तुत गरेको देख्दा मलाई सधैं बडो गजब लाग्छ। निराशावादबारे गरिएको अनुसन्धान साँच्चै विचारणीय थियो।

टी. एच., संयुक्‍त राज्य अमेरिका

मलाई निको नहुने रोग लागेको छ। म सकारात्मक हुने कोसिस गर्छु तर आज उठेदेखि नै मलाई निराशाले छोपिरहेको थियो। त्यसैकारण मैले यी लेखहरू दोहऱ्‍याइ-तेहऱ्‍याइ पढें। लेखभरि नै गहिरा कुराहरू छलफल गरिएको पाएँ र मैले त्यसबाट धेरै सान्त्वना प्राप्त गरें।

बी. जे., बेलाइत

मेरो पतिलाई क्यान्सर भएको छ। छोराछोरीको हेरविचार गर्न मलाई ज्यादै भार परिरहेको थियो। साथै, मैले जागिर पनि गुमाएकी थिएँ। तर “आशा राख्न सक्ने कारणहरू” भन्‍ने भागबाट मैले ठूलो बल प्राप्त गरें। यो लेख म धेरैभन्दा धेरै मानिसहरूलाई बाँड्‌न चाहन्छु।

वाइ. एन., जापान

केही नराम्रो कुरा भयो कि आत्तिने मेरो बानी छ। यी लेखहरू मेरो प्रार्थनाका जवाफ हुन्‌! यसमा निराशावादी दृष्टिकोणमाथि विजयी हुने कदमहरू एकदमै स्पष्टसँग बताइएको कारण निराशावादी विचार आउन साथै म एक-एक गरेर ती लागू गर्न सक्छु। म यी लेख आफ्नो सुत्ने पलङ नजिकै राख्ने गर्छु र दिनहुँ यसलाई हेर्छु।

एस. टी., जापान (g05 2/8)

डान्स क्लबहरू “युवा जनहरू सोध्छन्‌ . . . युथ डान्स क्लबहरूमा जाने कि नजाने?” (मे ८, २००४) विषयक लेखको लागि तपाईंहरूलाई धन्यवाद छ। यस्ता क्लबहरू मसीहीहरूका लागि उपयुक्‍त छैनन्‌ भन्‍ने कुरामा म सहमत छु। यस्ता क्लबहरूमा जाने गरेको बेलै यहोवालाई नचिनेकोमा मलाई पछुतो छ।

एल., इन्डोनेसिया

नढाँटी भन्‍ने हो भने, जान नहुने ठाउँहरूमा म गएको छु। मलाई डान्स गर्न मनपर्छ र म सधैं केही न केही बहाना बनाउँथें। दोस्रो दिन मलाई दोषी महसुस हुन्थ्यो। नराम्रो काम गरेकोले होइन तर मेरो वरपरका मानिसहरूको खराब आचरणले गर्दा मलाई त्यस्तो लाग्थ्यो! यस लेखले कतिपय डान्स क्लबहरू खतरनाक र अनैतिक कुराले लिप्त हुन्छन्‌ भन्‍ने सत्यता पर्दाफास गरिदिएको छ।

डी. के., अस्ट्रेलिया (g05 2/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने