प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ३/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ-नयाँ प्रविधिले कुराकानी घटाउँछ
  • माकुराहरूले कसरी गुरुत्वाकर्षणको प्रतिरोध गर्छन्‌
  • महँगो बानी
  • युद्धले भरिएको शताब्दी
  • गोहीले कसरी सिकार गर्छ
  • एड्‌सले किर्तिमान कायम गर्छ
  • निदाउरा बच्चाहरू
  • गुणस्तरीय कफी—रूखदेखि तपाईंको कपसम्म
    ब्यूँझनुहोस्‌!—१९९९
  • “मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी”
    ब्यूँझनुहोस्‌!—२००२
  • एड्‌सको उपचार—अत्यन्तै आवश्‍यक!
    ब्यूँझनुहोस्‌!—२००५
  • अफ्रिकामा एड्‌स फैलिन्छ
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००५
g05 ३/८ पृ. २८-२९

विश्‍वदर्शन

नयाँ-नयाँ प्रविधिले कुराकानी घटाउँछ

“आधुनिक प्रविधिप्रतिको निर्भरता बढ्‌दै गएकोले मुखामुख कुरा गर्नेबारे सोच्दा मात्र पनि धेरै बेलाइतीहरू तर्सन्छन्‌” भनी लन्डनको द टाइम्स रिपोर्ट गर्छ। ब्रिटिस ग्याँस कम्पनीले १,००० जना वयस्कमाझ गरेको सर्वेक्षणबाट पत्ता लागेअनुसार “मानिसहरूसित फुर्सतको समय धेरै होस्‌ भन्‍ने सोचाइ राखेर विकास गरिएका प्रविधिहरूमा” एक जना व्यक्‍तिले दिनहुँ आफू जागा रहेको अवस्थाको औसत चार घण्टाभन्दा कम समय बिताउँछ। उक्‍त रिपोर्टअनुसार “एक जना सामान्य बेलाइतीले साधारण फोनमा दिनको ८८ मिनेट, मोबाइल फोनमा थप ६२ मिनेट, इ-मेलमा ५३ मिनेट र एस एम एस पठाउन २२ मिनेट बिताउँछ।” मुखामुख कुरा गर्नेजस्ता कुराकानी गर्ने सीपमा क्षति पुगेको छ भन्‍ने निष्कर्षमा उक्‍त सर्वेक्षण पुग्यो। सर्वेक्षण गरिएकाहरूमध्ये थुप्रैले “भद्र भई कुराकानी गर्ने समय जोगाउन वा कुराकानी गर्नदेखि पन्छिन नै” एस एम एस प्रयोग गरेको कुरा स्वीकारे। (g05 2/8)

माकुराहरूले कसरी गुरुत्वाकर्षणको प्रतिरोध गर्छन्‌

“माकुराहरू भित्तामा र छतमा टाँसिन सक्नुको रहस्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌” भनी लन्डनको द टाइम्स बताउँछ। माकुराको आठवटा खुट्टा हुन्छन्‌। प्रत्येक खुट्टाको टुप्पोमा ससाना रौंका झुप्पा हुन्छन्‌ र यी रौंहरूलाई सेट्युल्स भनिने त्योभन्दा पनि अझ साना रौंहरूले ढाकेका हुन्छन्‌। माकुराको ६,२४,००० सेट्युल्सको टुप्पामा यति धेरै टाँसिन सक्ने शक्‍ति हुन्छ कि भित्तामा वा पर्खालमा टाँसिएको बेला माकुराले आफ्नो वजनभन्दा लगभग १७० गुणा बढी भार बोक्न सक्छ। जर्मनी र स्वीजरल्याण्डका अनुसन्धाताहरूले इलेक्ट्रोन माइक्रोस्कोपको प्रयोग गरेर जम्पिङ स्पाइडर भनिने एक प्रकारको माकुराको खुट्टा अध्ययन गरे। “यस्तै खालका प्रविधिहरूद्वारा अत्यन्तै बलियो र आद्रताले कुनै असर नगर्ने नयाँ किसिमका टाँसिने वस्तु तथा गमहरू बनाउन सम्भव हुनुपर्ने हो” भन्‍ने कुरा यसले देखाउँछ भनी द टाइम्स बताउँछ। यस अनुसन्धान टोलीका नेतृत्वकर्ता प्राध्यापक आन्टोन्या केसेलले अझ यसो भनिन्‌: “अन्तरिक्षयात्रीहरूले अन्तरिक्षयानको भित्तामा टाँसिन मदत गर्ने खालका स्पेससुटहरू लगाएको कुरा पनि तपाईं कल्पना गर्न सक्नुहुन्छ।” (g05 2/22)

महँगो बानी

फिनिश इन्स्टिच्युट अफ अकुपेसनल हेल्थका प्राध्यापक कारि रायुलाका अनुसार धूम्रपान गर्नु धूम्रपान गर्नेहरूलाई मात्र नभई तिनीहरूको रोजगारदाता र धूम्रपान नगर्नेहरूको लागि समेत महँगो पर्न जान्छ। धूम्रपान गर्न एकछिन काम रोक्दा “राष्ट्रिय अर्थतन्त्रमा प्रतिवर्ष झन्डै १ करोड ६६ लाख युरो [२ करोड १० लाख अमेरिकी डलर] भार पर्न जान्छ” भनी फिनिश ब्रोडकास्टिङ कम्पनीको वेब साइट बताउँछ। अनुमान गरिएअनुसार “दिनको एक बट्टा चुरोट पिउने कामदारहरू वर्षको १७ दिन बराबर काममा अनुपस्थित हुन्छन्‌।” बिरामी बिदाको कारण चुकाउनुपर्ने मोल त छँदैछ। रायुला अझ यसो भन्छन्‌: “धूम्रपान गर्ने कामदारहरूमा दुर्घटनाको दर पनि उच्च हुन्छ भनी अध्ययनहरूले देखाउँछ।” साथै, उक्‍त रिपोर्टअनुसार धूम्रपानले सरसफाइमा लाग्ने खर्चका साथै विद्युत्‌को खपत पनि बढाउँछ किनभने “कोठामा स्वच्छ हावा ल्याउने उपकरण नचलाई” हुँदैन। अझ गम्भीर तथ्य त यो छ कि “फिनल्याण्डमा वर्षेनी २५० जना धूम्रपान नगर्ने मानिस काम गर्ने ठाउँमा वा अन्यत्र अरूले गरेको धूम्रपानले गर्दा हुने रोगको कारण मर्छन्‌।” (g05 2/8)

युद्धले भरिएको शताब्दी

“जातीयसंहारले २० औं शताब्दीलाई इतिहासको सबैभन्दा रक्‍तपातपूर्ण शताब्दी बनाएको छ” भनी ब्युनस आयर्स हेराल्ड (अङ्‌ग्रेजी) रिपोर्ट गर्छ। जातीयसंहार भनेको कुनै एउटा राष्ट्रिय, जातीय, राजनैतिक वा वर्गीय समूहको व्यवस्थित र सुनियोजित रूपमा विनाश गर्नु हो। अनुमान गरिएअनुसार २० औं शताब्दीको दौडान ४ करोड १० लाखभन्दा बढी मानिसको हत्या गरिएको थियो। हालैको एउटा उदाहरण रूवाण्डाको हो, जहाँ सन्‌ १९९४ मा लगभग ८,००,००० मानिस मारिए र यीमध्ये अधिकांश व्यक्‍तिहरू “घृणा पैदा गर्ने अफवाहको कारण उत्तेजित भएका जनसाधारणद्वारा” मारिएका थिए। विज्ञहरूको भनाइअनुसार १०० दिनको समयावधिमा हरेक दिन सालाखाला ८,००० मानिस मारिएका थिए। यो दर “दोस्रो विश्‍वयुद्धमा नाजीहरूले प्रयोग गरेको ग्याँस चेम्बरमा मरिएकाहरूभन्दा पाँच गुणा बढी हो” भनी हेराल्ड बताउँछ। (g05 2/8)

गोहीले कसरी सिकार गर्छ

युनिभर्सिटी अफ मेरील्याण्डमा विद्यावारिधी गर्दै गरेकी एक जना विद्यार्थीले पहिले पहिले थुप्रै विशेषज्ञहरूलाई रनभुल्लमा पारेको एउटा कुरा अर्थात्‌ गोहीहरूको थुतुनोमा हुने चाप थाह पाउने भागबारे पत्ता लगाएकी छिन्‌ जुन अङ्‌गले तिनीहरूलाई पानीमा आफ्नो सिकार चलमलाएको थाह पाउन मदत गर्छ। गोही र गोही परिवारका अन्य घस्रेर हिंड्‌ने प्राणीहरूको बङ्‌गाराको किनारमा ससाना फोकाहरू हुन्छन्‌ जसमा सियोले घोचेजस्तो प्वालहरू देखिन्छ। जीवशास्त्री डाफ्नी सोर्सले यी वास्तवमा आफू वरपरको पानीको सतह अलिकता मात्र चलेको समेत थाह पाउन मदत गर्ने चाप पत्ता लगाउने ढिस्काहरू हुन्‌ भन्‍ने कुरा थाह लगाइन्‌। सोर्स यसो भन्छिन्‌: “गोहीहरूले राती सिकार गर्छन्‌ र सिकारले पानीको सतह कहिले खलबल्याउँछ भनी तिनीहरू आफ्नो आधा शरीर पानीमा डुबाएर कुरेर बस्छन्‌। तिनीहरू आफ्नो बङ्‌गारा ठ्याक्क पानीको सतहमा राख्छन्‌। तिनीहरू भोकाएको बेला पानीको सतह खलबल्याउने कुनै पनि चीजलाई तुरुन्तै आक्रमण गरिहाल्छन्‌।” तिनले गुम्बज आकारको चाप भेदक भनी नामाकरण गरेको यो अङ्‌ग यति संवेदनशील हुन सक्छ कि पानीको सतहमा एक थोपा पानी खसेको समेत यसले पत्ता लगाउन सक्छ। (g05 2/8)

एड्‌सले किर्तिमान कायम गर्छ

सन्‌ २००३ मा ५० लाख मानिसहरू एड्‌स भाइरसद्वारा प्रभावित भए र “दुई दशकअघि यो महामारी सुरु भएदेखि यता एकै वर्षभित्रमा यति धेरै मानिसहरू यसद्वारा कहिल्यै प्रभावित भएका थिएनन्‌” भनी द वाल स्ट्रिट जर्नल रिपोर्ट गर्छ। “विकासोन्मुख देशहरूमा एच आइ भी विरुद्ध लड्‌न विश्‍वव्यापी समर्थन प्राप्त भइरहे तापनि एड्‌स भाइरसले धेरैभन्दा धेरै मानिसलाई सङ्‌क्रमित तुल्याइरहेको छ अनि हरेक वर्ष लाखौंको ज्यान गइरहेको छ।” संयुक्‍त राष्ट्रसंघ र अरू समूहहरूद्वारा प्रस्तावित एउटा एड्‌स कार्यक्रम, यु एन एड्‌स-द्वारा प्रकाशित एउटा तथ्याङ्‌कअनुसार एड्‌स लागेर हरेक वर्ष ३० लाख मानिस मर्छन्‌ र सन्‌ १९८१ मा यो रोग पहिलो चोटि पत्ता लागेदेखि यता २ करोडभन्दा बढी मरिसकेका छन्‌। संयुक्‍त राष्ट्रसंघको यस निकायको अनुमानअनुसार हाल ३ करोड ८० लाख मानिस एच आइ भी-द्वारा सङ्‌क्रमित छन्‌। अफ्रिकाको साहारा मरुभूमिदेखि दक्षिणतिरको क्षेत्र सबैभन्दा प्रभावित इलाका हो, जहाँ २ करोड ५० लाख एड्‌स पीडितहरू छन्‌। त्यसपछि ६५ लाख रोगीहरू भएको दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाको नाउँ आउँछ। “विश्‍वव्यापी रूपमा हेर्ने हो भने भर्खर-भर्खर एड्‌स लाग्नेहरूमा झन्डै आधाजसो १५ देखि २४ वर्षबीचका युवाहरू छन्‌” भनी उक्‍त पत्रिका बताउँछ। (g05 2/22)

निदाउरा बच्चाहरू

“सुत्नुलाई समयको बरबादीको रूपमा हेर्न थालिएको छ” भनी स्पेनिश अखबार ए बी सी रिपोर्ट गर्छ। “साना बच्चाहरू समेत तिनीहरूको स्वस्थ मानसिक तथा शारीरिक विकासको लागि चाहिनेभन्दा कम घण्टा मात्रै सुत्छन्‌।” बार्सिलोनाको डेक्सस अस्पतालको निद्रा कक्षका अनुसार बच्चाहरूलाई निद्रा पुगेन भने तिनीहरूमा चिन्ता, चिढचिढाहपन, स्कूलका गतिविधिहरूमा कमजोर हुने, दिग्दारी जस्ता समस्याहरू देखापर्नुका साथै र पुड्‌को समेत हुन सक्छन्‌। सुत्नुअघि कम्प्युटर, टेलिभिजन, मोबाइल फोन र भिडिओ गेमहरू प्रयोग गरेको खण्डमा थुप्रै बच्चाहरूले चाहिने जति निद्रा पाउँदैनन्‌ भनी विज्ञहरू बताउँछन्‌। यस्ता साधनहरूले मानिसहरूको निदाउने समय मात्र खोस्ने नभई मानिसहरूलाई तनावमुक्‍त हुन दिंदैन जुन कुरा मस्तसित निदाउनको लागि अपरिहार्य छ। “धूम्रपान गर्नु हानिकारक छ भनेर सबै बच्चाहरूलाई थाह छ तर प्रशस्त सुत्नुपर्छ भनेर चाहिं तिनीहरूलाई कसैले पनि भन्दैनन्‌” भनी मनोवैज्ञानिक विक्टोरिया डि ला फ्वान्टी बताउँछिन्‌। “हामीले अहिल्यै केही कदम चालेनौं भने वयस्क हुँदा तिनीहरूलाई निद्रा नलाग्ने रोगले समात्ने सम्भावना हुन्छ।। (g05 2/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने