प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ५/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • एक्लोपन कसरी हटाउन सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ५/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

एकाकीपन “एक्लो तैपनि—एकाकीपन छैन” भन्‍ने शृङ्‌खलाबद्ध लेख पढेपछि म यो पत्र नलेखी बस्नै सकिनँ। (जुलाई ८, २००४) सुरुमा यो लेख देख्दा त मलाई खासै चासो लागेको थिएन। तर यो लेख पढ्‌न थालेपछि मैले आफ्नो मनका भावनाहरू मनभित्रै गुम्साएर राख्ने गरेको कुरा थाह पाएँ। ती लेखमा दिइएका सुझावहरू मैले चाहेजस्तै थिए।

ए. भी., संयुक्‍त राज्य अमेरिका

म अकस्मात्‌ मूर्छा पर्ने र निराश हुने गर्छु अनि औषधीहरूको असरले गर्दा म प्रायजसो समय सुतेरै बिताउँछु। त्यसैले होला मलाई अक्सर एकाकीपन र निराशाले सताउँछ। यी लेखहरूले एकाकीपन महसुस हुँदासमेत हामी एक्लो हुँदैनौं भन्‍ने कुरा बुझ्न मलाई मदत गऱ्‍यो।

जे. सी., संयुक्‍त राज्य अमेरिका

यी लेखहरूले मलाई व्यापारको सिलसिलमा मेरा श्रीमान्‌ बाहिर जानुहुँदा र मचाहिं घरमा एक्लै भएको बेला म एकदमै नकारात्मक हुनुको कारण बुझ्न मदत गऱ्‍यो। एकाकीपन अरूहरूले पनि सामना गर्छन्‌ र परिपक्व साथीहरूसित कुरा गर्न तपाईंहरूले दिनुभएको सल्लाहले मलाई धेरै मदत गऱ्‍यो।

जे. एच., चेक गणतन्त्र

प्रचारकहरूको आवश्‍यकता बढी भएको ठाउँमा म चाँडै जाँदैछु। यसो गर्न लागेकोमा मेरी आमा खुसी हुनुहुन्छ तर कहिलेकाहीं उहाँ एक्लो महसुस गर्नुहुन्छ। के गर्ने होला भनी सोचिरहेकै बेला ठ्याक्क यो लेख आइपुग्यो। सेवकाईमा बटुलेका आनन्दमय अनुभवहरू बाँडेर आमासित नियमित रूपमा कुराकानी गर्ने म विचार गर्दैछु।

एन. के., जापान (g05 3/22)

जनसांख्यिकी “जनसांख्यिकी, बाइबल र भविष्य” भन्‍ने लेखमा इस्राएलीहरूले २१५ वर्षपछि मिश्र छोडे भन्‍नुभएको रहेछ। (जून ८, २००४) तर प्रस्थान १२:४०, ४१ मा त ४३० वर्षपछि भनिएको छ।

आर. सी., संयुक्‍त राज्य अमेरिका

दुर्व्यवहार गर्ने प्रेमी “युवा जनहरू सोध्छन्‌ . . . मेरो प्रेमीले मलाई गर्ने दुर्व्यवहार, म कसरी रोक्न सक्छु?” (जुलाई ८, २००४) लेखको लागि तपाईंहरूलाई धन्यवाद। एक चोटि मैले यस्तो व्यक्‍तिसित सम्बन्ध गाँस्न पुगें जुन सम्बन्ध शारीरिक तथा मानसिक दुवै तवरमा खतरनाक थियो। मलाई मेरो प्रेमीको असाध्यै डर लाग्थ्यो र यसैको फाइदा उठाएर तिनले मलाई लामो समयसम्म दुर्व्यवहार गरिरहे। खुसीको कुरा, मेरा आमाबुबा, मसीही प्राचीनहरू अनि यहोवाको मदतद्वारा मैले त्यस सम्बन्धलाई तोड्‌न सकें। यस्तो मदतको अत्यन्त खाँचो भएकाहरूलाई यस लेखले मदत गर्नेछ।

जे. ए., संयुक्‍त राज्य अमेरिका

मलाई आशा छ, यो लेख पढ्‌ने स्त्रीले आफूलाई दुर्व्यवहार गर्ने पुरुषसित विवाह गर्नेछैन। सुरुदेखि नै मौखिक, भावनात्मक र शारीरिक दुर्व्यवहार सहनु हुँदैन! मैले यो पाठ पीडादायी अनुभवबाट सिकें।

टि. जी., क्यानाडा (g05 4/8)

ब्यूँझनुहोस्‌!-को जवाफ: प्रस्थान १२:४० भन्छ: “इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो।” याद गर्नुहोस्‌, “इस्राएलीहरू मिश्रमा प्रवास गरेका” समयावधि यहूदीहरूले मिश्रमा बिताएको समयमा मात्र सीमित छैन। बरु, यसले अब्राहाम कनान देशमा प्रवेश गर्दादेखिको सम्पूर्ण समयावधिलाई नै समेट्‌छ। यो ४३० वर्षे समयावधि अब्राहामसित गरिएको प्रतिज्ञा पक्का भएपछि सुरु भएको थियो भनी पावलले बताए। (गलाती ३:१६, १७) सा.यु.पू. १९४३ मा अब्राहाम कनान प्रवेश गर्दा त्यो प्रतिज्ञा पक्का भएको थियो। त्यो घटना यहूदीहरू मिश्र प्रवेश गर्नुभन्दा २१५ वर्षअघिको थियो भनी बाइबलको कालक्रमले सङ्‌केत गर्छ। यसबाट हामी वास्तवमा यहूदीहरूले २१५ वर्ष “मिश्रमा प्रवास गरेका” थिए भन्‍ने निचोडमा पुग्न सक्छौं।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स-को खण्ड १ मा भएको “कालक्रम” भन्‍ने लेख हेर्नुहोस्‌। (g05 3/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने