प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ८/८ पृ. १०-११
  • सबै प्रकोपहरू चाँडै अन्त हुनेछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै प्रकोपहरू चाँडै अन्त हुनेछन्‌
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो समयको लागि चेतावनीमूलक चिह्न
  • ज्वालामुखीको नजिकै बसोबास गर्दा
    ब्यूँझनुहोस्‌!—२००७
  • के यो संसार छिट्टै नाश हुँदै छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • मृतकहरूका लागि पक्का आशा
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • आरमागेडोन नजिकै छ भनी हामी कसरी थाह पाउन सक्छौं?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ८/८ पृ. १०-११

सबै प्रकोपहरू चाँडै अन्त हुनेछन्‌

“छोराछोरी र नाति-नातिनाहरू हो, सुन! . . . ढिलो होस्‌ वा चाँडो, यस पहाडमा पक्कै आगो लाग्नेछ। तर त्यसभन्दा अघि गड्याङगुडुङ आवाज, गर्जन र भूकम्प हुनेछ। धुँवा, आगोको लप्का र बिजुलीको चमक देखिनेछ, हावा काँप्नेछ, गड्‌गडाउनेछ र चीत्कार निकाल्नेछ। जतिसक्दो टाढा भागिहाल . . . यदि तिमीले त्यस पहाडलाई बेवास्ता गऱ्‍यौ, तिमीलाई आफ्नो ज्यानभन्दा मालमत्ता र धनसम्पत्ति प्यारो लाग्यो भने आफ्नो लापरवाही र लोभको सजाय तिमीले पाउनेछौं। आफ्नो चूह्लो र घरको फिक्री नगरी तुरुन्तै भाग।”

आन्ड्रु रबिन्सनको अर्थ शक पुस्तकबाट उद्धृत गरिएको उक्‍त चेतावनी सन्‌ १६३१ मा विस्फोट भएको ज्वालामुखीपछि इटालीको माउन्ट विसुवियसको काखमा अवस्थित पोर्टिची सहरको एउटा स्मारकमा कुँदिएको थियो। यस विस्फोटले ४,००० भन्दा बढीको ज्यान लियो। रबिन्सन भन्छन्‌: “सन्‌ १६३१ मा भएको चिताउँदै नचिताएको यस विस्फोटले गर्दा . . . विसुवियस सबैको जिब्रोमा झुण्डिएको नाउँ बन्‍न पुग्यो।” कसरी? पोर्टिचीको पुनर्निमाण गर्दा हर्कुलानियम र पोम्पी पत्ता लाग्यो। सन्‌ ७९ मा विसुवियस विस्फोट हुँदा यी दुवै सहर पुरिएका थिए।

त्यस विपत्तिबाट बचेर पछि बडाहाकिम बनेका प्लाइनी द यंगरले अनौठो चेतावनी दिंदै धर्ती काँपेको विवरण लेखे। तिनी, तिनकी आमा र अरू चेतावनी पालन गर्दै ज्वालामुखीबाट टाढै बसे अनि तिनीहरू बचे।

हाम्रो समयको लागि चेतावनीमूलक चिह्न

आज हामी यस संसारको आर्थिक, सामाजिक र राजनैतिक रीतिरिवाजको अन्ततिर द्रुत गतिमा लम्कँदैछौं। यो कुरा हामी कसरी थाह पाउँछौं? परमेश्‍वरले लेखा लिने दिन नजिकै छ भनेर सङ्‌केत गर्ने शृङ्‌खलाबद्ध विश्‍वघटनाबारे येशू ख्रीष्टले अगमवाणी गर्नुभयो। ज्वालामुखी विस्फोट हुनुअघि त्यो गड्‌गडाउँछ, धुँवा निकाल्छ र खरानी ओकल्छ, त्यसरी नै त्यस मिश्रित चिह्नमा ठूलठूला युद्ध, भूकम्प, अनिकाल र रूढीहरू समावेश छन्‌ अनि सन्‌ १९१४ देखि यता यी सबै कुराहरूले संसारलाई जति असर गरेको छ त्योभन्दा पहिला कहिल्यै गरेको थिएन।—मत्ती २४:३-८; लूका २१:१०, ११; प्रकाश ६:१-८.

तर येशूले दिनुभएको चेतावनीमूलक चिह्नमा आशाको सन्देश पनि छ। उहाँले यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) याद गर्नुहोस्‌, त्यस राज्यको सन्देशलाई येशूले “सुसमाचार” भन्‍नुभयो। यो साँच्चिकै एउटा सुसमाचार हो किनभने ख्रीष्ट येशूले चलाउनुहुने स्वर्गीय सरकारले मानिसहरूले पुऱ्‍याएका सबै क्षतिहरूलाई हटाएर पृथ्वीलाई फेरि पहिलेकै अवस्थामा फर्काउनेछ। त्यति मात्र होइन, यसले प्राकृतिक प्रकोपहरूलाई पनि रोक्नेछ।—लूका ४:४३; प्रकाश २१:३, ४.

वास्तवमा, मानिसको रूपमा यस पृथ्वीमा हुनुहुँदा येशूले जीवनलाई खतरामा पार्ने आँधीलाई शान्त गराएर आफूसित यस्ता तत्त्वहरूलाई नियन्त्रण गर्न सक्ने शक्‍ति भएको कुरा देखाउनुभयो। भयभीत भएका उहाँका चेलाहरूले छक्क पर्दै यसो भने: “यिनी को हुन्‌ बतास र पानीलाई पनि आज्ञा दिन्छन्‌ औ तिनीहरू यिनको आज्ञा मान्छन्‌।” (लूका ८:२२-२५) आज येशू एक जना साधारण मानिस नभई शक्‍तिशाली आत्मिक प्राणी हुनुहुन्छ। त्यसकारण, प्राकृतिक तत्त्वहरूले आफ्ना प्रजाहरूलाई हानि नगरोस्‌ भनेर तिनलाई नियन्त्रणमा राख्नु उहाँको लागि कुनै गाह्रो काम होइन!—भजन २:६-९; प्रकाश ११:१५.

कसै-कसैलाई यी सबै कुरा मनको लड्डु घीउसित खाएझैं लाग्ला। तर यो कुरा नबिर्सनुहोस्‌ कि मानव प्रतिज्ञा र अनुमानहरूजस्तो नभई हामीसित सन्‌ १९१४ देखि यता पूरा भएका भविष्यवाणीहरू लगायत अन्य थुप्रै बाइबल भविष्यवाणीहरू पूरा भएको अचूक विवरण छ। (यशैया ४६:१०; ५५:१०, ११) हो, पृथ्वीको शान्तिमय भविष्य पक्का छ। परमेश्‍वरको वचनलाई हृदयमा राख्यौं र चाँडै हुने पृथ्वी नै हल्लाउने घटनाहरूबारे दिइएको मायालु चेतावनी पालन गऱ्‍यौं भने हाम्रो भविष्य पनि सुनिश्‍चित हुनेछ।—मत्ती २४:४२, ४४; यूहन्‍ना १७:३. (g05 7/22)

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

हाम्रा प्रिय मृतजनहरूका लागि के आशा छ?

मृत्युको कारण कोही प्रियजन गुमाउनुपर्दा हामी शोकमग्न हुन सक्छौं। आफ्नो प्रिय मित्र लाजरसको मृत्यु हुँदा येशू रुनुभयो भनेर बाइबल हामीलाई बताउँछ। तर त्यसको केही बेरपछि नै येशूले एउटा अचम्मको चमत्कार गर्नुभयो—उहाँले लाजरसलाई पुनःजीवित पार्नुभयो! (यूहन्‍ना ११:३२-४४) यस घटनाद्वारा उहाँले सबै मानिसहरूलाई आफ्नो सेवकाईको दौडान उहाँले पहिले नै बताइसक्नुभएको एउटा अद्‌भुत प्रतिज्ञामा विश्‍वास गर्ने ठोस आधार दिनुभयो। उहाँले यसो भन्‍नुभएको थियो: “बेला आउँछ, जब [“सम्झनाको,” NW] चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌। . . . [र] निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) पार्थिव प्रमोदवनमा पुनरुत्थान हुने बहुमूल्य आशाले मृत्युको कारण आफ्ना प्रियजनहरू गुमाएका हामी सबैलाई सान्त्वना देओस्‌।—प्रेरित २४:१५.

[पृष्ठ १०-मा भएको चित्र]

वर्तमान संसार यसको आखिरी दिनमा छ भन्‍ने चेतावनीलाई के तपाईंले ध्यान दिइरहनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने