प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. ३
  • डरै-डरमा जीवन बिताउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डरै-डरमा जीवन बिताउने
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • “अब त उहाँ सुध्रिनुहुन्छ होला”
    ब्यूँझनुहोस्‌!—२००१
  • किन मानिसहरू डरै-डरमा जीवन बिताउँछन्‌?
    ब्यूँझनुहोस्‌!—२००५
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. ३

डरै-डरमा जीवन बिताउने

आफ्नो पतिलाई पार्ट-टाइम जागिर खान चाहन्छु भन्‍न रोक्सानालाईa डर लाग्छ। आमालाई भेट्‌न जानको लागि बस भाडा माग्दा पतिले रोक्सानालाई यत्ति नराम्रोसँग पिटेका थिए कि तिनको उपचार नगरी भएन। तिनको जीवन डरै-डरमा बितिरहेको छ।

रोलान्डो आफ्नी पत्नीलाई राती सार्वजनिक यातायातमै घर फर्किन दिन्थे तर अचेल तिनी कार लिएर पत्नी लिन जान्छन्‌। छरछिमेकमा भइरहने हत्या-हिंसाका खबरहरूले गर्दा तिनलाई आफ्नी पत्नीको सुरक्षाबारे साह्रै चिन्ता लाग्छ।

इडा, राजधानीको मुटुमा काम गर्छिन्‌। एक दिनको कुरा हो, घर फर्किंदा विरोध-जुलुस निकाल्ने मानिसहरूको हूलमूलमा तिनी परिन्‌, जहाँ पछि हूलदङ्‌गा मच्चियो। आजकाल त जुलुस देख्नासाथ तिनलाई पीर पर्न थाल्छ। तिनी भन्छिन्‌, “मलाई असुरक्षित महसुस हुन्छ। मलाई यस ठाउँमा काम गर्ने मनै छैन। तर के गर्नु अर्को विकल्पै छैन।”

रोक्साना, रोलान्डो र इडालाई डरले असर गरेको छ, आपत्‌कालीन अवस्थामा मात्र होइन तर सधैं। यसले तिनीहरूलाई निरन्तर असर गरिरहन्छ। डरै-डरमा जीवन बिताउनुपऱ्‍यो भने मानिसहरूले आफ्नो सारा बल-तागत हराएको महसुस गर्न सक्छन्‌। गर्न चाहेको कुरा गर्नदेखि वञ्चित गराएर डरले उनीहरूको खुसी छिन्‍न सक्छ। डरले मानिसको सोचाइमा डेरा जमाउन सक्छ र उनीहरूलाई अरू कुराबारे सोच्नै नसक्ने बनाइदिन सक्छ।

डरै-डरमा बाँच्नु साह्रै तनावपूर्ण हुन्छ। यसले गर्दा अक्सर नैराश्‍य उत्पन्‍न हुनुका साथै मानिसको स्वास्थ्यमा पनि नराम्रो असर पार्न सक्छ। स्वास्थ्यसम्बन्धी एउटा पत्रिका यसो भन्छ, “तनावले रोग प्रतिरोधात्मक प्रणालीलाई निस्तेज पारिदिन्छ। फलतः हामीमा रोगहरू देखा पर्छन्‌। विशेष गरी शरीरका प्रभावित अङ्‌गहरूमा रोगका लक्षणहरू देखापर्न थाल्छन्‌। उच्च रक्‍तचाप, मुटुसम्बन्धी रोग, कलेजोको रोग, पेटसम्बन्धी रोग, अल्सर, टाउको दुख्ने, निन्द्रा नलाग्ने रोग, नैराश्‍य र फिक्रीजस्ता समस्याहरू हुन सक्छन्‌। धेरै लामो समयसम्म तनाव भइरह्‍यो भने जीउ फतक्क गल्न सक्छ।”

वर्तमान संसारमा मानिसहरूलाई डरै-डरमा बाँच्ने बानी परिसकेको छ। मानिसहरूले कुनै डर-त्रासविना जीवनबाट आनन्द उठाउन सक्ने संसार के हामी कहिल्यै देख्न पाउनेछौं होला? (g05 8/8)

[फुटनोट]

a कुनै-कुनै नाउँ परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने