प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जनवरी पृ. १२-१३
  • राम्ररी कुरा सुन्‍नुको अर्थ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राम्ररी कुरा सुन्‍नुको अर्थ
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • विवाहित जोडीबीच मतभेद खडा हुँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • समस्या कसरी सुल्झाउने?
    सुखी परिवार तर कसरी?
  • तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जनवरी पृ. १२-१३

परिवारका लागि | वैवाहिक सम्बन्ध

राम्ररी कुरा सुन्‍नुको अर्थ

चुनौती

तपाईंकी श्रीमती यसो भन्छिन्‌, “हैन, तपाईं मेरो कुरै सुन्‍नुहुन्‍न!” तर तपाईं मनमनै भन्‍नुहोला, “मैले त सुनेकै हो।” नभन्दै तपाईंले सुनेको कुरा र श्रीमतीले भनेको कुरा बिलकुलै फरक रहेछ। अनि के हुन्छ? फेरि अर्को झगडा।a

तपाईं यस्ता झगडा रोक्न सक्नुहुन्छ। तपाईं आफूलाई चाहिं श्रीमतीको कुरा सुने जस्तो लाग्ला। तर उनले भन्‍न खोजेको खास कुरा भने किन याद गर्न सक्नुहुन्‍न, पहिला त्यो बुझौं।

चुनौतीका कारण

तपाईंको ध्यान खलबलिएको छ, थकित हुनुहुन्छ वा दुवै। बच्चाहरू कराइरहेका छन्‌, टिभी ठूलो स्वरमा बजिरहेको छ र तपाईं पनि आज काममा भएको समस्याबारे सोचिरहनुभएको छ। यति नै बेला तपाईंकी श्रीमती बेलुका कोही पाहुना आउनेबारे तपाईंकहाँ कुरा गर्न आउँछिन्‌। तपाईं “अँ ठीक छ” भन्‍नुहुन्छ। तर के उनको कुरा तपाईंले साँच्चै सुन्‍नुभयो? सायद सुन्‍नुभएन।

तपाईं अनुमान लगाउनुहुन्छ। यसो गर्नु एकदम खतरनाक कुरा हो भनेर बताइएको छ। तपाईंकी श्रीमतीले केही कुरा भन्‍नुको आशय अर्कै छ भन्‍ने अनुमान तपाईं लगाउनुहुन्छ तर वास्तवमा तपाईंले चाहिनेभन्दा बढी सोचिरहनुभएको हुन सक्छ। मानिलिनुहोस्‌ तपाईंकी श्रीमती तपाईंलाई यसो भन्छिन्‌, “यो हप्ता तपाईं काममा धेरै खटिसक्नुभयो।” उनको कुराको गलत अर्थ लगाउँदै तपाईं भन्‍नुहुन्छ, “नखटी के गरौं त? तिमी यत्ति धेरै खर्चालु छौ।” तपाईंकी श्रीमती रिसाउँदै जवाफ फर्काउँछिन्‌, “तपाईंलाई त बोल्यो कि पोल्यो।” उनले केवल छुट्टीमा सँगै समय बिताऔं मात्र भन्‍न खोजिरहेकी थिई।

तपाईं समाधान खोज्न हतार गर्नुहुन्छ। विनाb भन्छिन्‌, “कहिलेकाहीं मलाई लागेको कुरा विनोदलाई भन्‍न मन लाग्छ तर विनोद भने त्यस्तो अवस्थामा के गर्नुपर्छ भनेर मलाई सिकाउन खोज्नुहुन्छ। मैले उहाँबाट समाधान खोजेको होइन। मेरो मनको कुरा उहाँले थाह पाओस्‌ भन्‍ने मात्र चाहन्छु।” यस अवस्थामा समस्या के हो? विनोदको ध्यान समाधान खोज्नेतर्फ मोडिएको छ। त्यसकारण विनाको कुरामा विनोदले पूरै ध्यान दिन सक्दैन।

समस्याको कारण जेसुकै होस्‌, तपाईं कसरी राम्ररी सुन्‍न सक्नुहुन्छ?

तपाईं के गर्न सक्नुहुन्छ?

पूरै ध्यान दिनुहोस्‌। तपाईंकी श्रीमती तपाईंसित केही महत्त्वपूर्ण कुरा गर्न चाहन्छिन्‌। तर के तपाईं सुन्‍न तयार हुनुहुन्छ? सायद हुनुहुन्‍न। हुन सक्छ, तपाईं अर्कै कुरा सोचिरहनुभएको छ। त्यसो हो भने सुनिरहे जस्तो नगर्नुहोस्‌। मिल्छ भने, आफूले गरिरहेको काम रोक्नुहोस्‌ र श्रीमतीको कुरामा पूरै ध्यान दिनुहोस्‌ अथवा एकछिन पर्खन भन्‍नुहोस्‌।—बाइबल सिद्धान्त: याकूब १:१९.

दुवै जना एकैचोटि नबोल्न सहमत हुनुहोस्‌। तपाईंको कुरा सुन्‍ने पालोमा चित्त नबुझ्दा बीचमै कुरा काट्‌ने नगर्नुहोस्‌। तपाईंको पनि बोल्ने पालो आउँछ। अहिले तपाईंको पालो हो, सुन्‍ने।—बाइबल सिद्धान्त: हितोपदेश १८:१३.

प्रश्‍न सोध्नुहोस्‌। प्रश्‍न सोध्दा श्रीमतीको कुरा राम्ररी बुझ्न मदत पाउनुहुन्छ। माथि उल्लेख गरिएकी विना भन्छिन्‌, “विनोदले प्रश्‍न गर्दा मलाई खुसी लाग्छ। किनभने उहाँले प्रश्‍न गर्नुको अर्थ उहाँले मेरो कुरामा ध्यान दिइरहनुभएको छ।”

शब्दमा होइन, भन्‍न खोजेको कुरामा ध्यान दिनुहोस्‌। हाउभाउ, आँखाको इसारा र बोल्ने शैली याद गर्नुहोस्‌। “ठीकै छ” भन्‍नुको मतलब “ठीक छैन” पनि हुन सक्छ। कसरी भनियो त्यसमा भर पर्छ। “तपाईं मलाई कहिल्यै सघाउनु हुन्‍न” भन्‍नुको मतलब “तपाईंलाई मेरो कुनै वास्ता छैन” हुन सक्छ। शब्दमा व्यक्‍त नगरिए तापनि कुरोको चुरो बुझ्ने प्रयास गर्नुहोस्‌। अन्यथा भन्‍न खोजिएको कुरामा ध्यान नदिई भनिएको शब्दलाई लिएर झगडा सुरु हुन सक्छ।

कुरा सुनिरहनुहोस्‌। कुरा चित्त नबुझ्दासमेत सुन्‍ने गर्नुहोस्‌। सुनेर पनि नसुनेझैं नगर्नुहोस्‌ वा जुरुक्क उठेर नजानुहोस्‌। तपाईंकी श्रीमतीले तपाईंको गल्तीबारे बताइरहेकी छिन्‌ भने नि? विवाह गरेको ६० वर्ष भन्दा धेरै भइसकेको ग्रेगरी यस्तो सल्लाह दिन्छन्‌, “श्रीमतीले भनेको कुरामा साँचो चासो देखाउँदै सुन्‍नुहोस्‌। यसो गर्न परिपक्वताको खाँचो पर्छ तर प्रयास खेर जाँदैन।”—बाइबल सिद्धान्त: हितोपदेश १८:१५.

श्रीमतीप्रति साँचो चासो देखाउनुहोस्‌। ध्यान दिएर सुन्‍नु राम्रो बानी मात्र होइन तर यो प्रेमको अभिव्यक्‍ति पनि हो। तपाईंलाई श्रीमतीको कुरामा साँचो चासो छ भने तपाईं करकापले होइन तर इच्छुक भएर सुन्‍नुहुनेछ। यसो गर्दा तपाईंले बाइबलको यो सल्लाह पालन गरिरहनुभएको हुनेछ: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४. (g13-E 12)

a यस लेखमा श्रीमान्‌हरूलाई सम्बोधन गरिएको भए तापनि यहाँ चर्चा गरिएको सिद्धान्त श्रीमान्‌ र श्रीमती दुवैलाई लागू हुन्छ।

b यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।”—याकूब १:१९.

  • “राम्ररी सुन्‍नुअघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।”—हितोपदेश १८:१३.

  • “ज्ञान पाउन बुद्धिमानको कानले ध्यानसित सुन्छ।”—हितोपदेश १८:१५.

कुरा गर्नुपर्दा

तपाईंको श्रीमान्‌ वा श्रीमती अर्कै कोठामा हुँदा वा अर्कै काममा व्यस्त हुँदा तपाईंले कुरा गर्न खोज्नुभयो भने के तपाईंको कुरा तिनले सुन्‍नेछन्‌? तपाईंले कुरा थाल्नुअघि तिनी तपाईंको कुरामा पूरै ध्यान दिन सक्ने अवस्थामा छन्‌ कि छैनन्‌ पक्का गर्नुहोस्‌ अथवा उपयुक्‍त समय कुर्नुहोस्‌।—१ पत्रुस ३:८.

बाइबलको उदाहरण विचार गर्नुहोस्‌: येशूले नम्रताबारे एउटा महत्त्वपूर्ण पाठ सिकाउनुपर्दा चेलाहरूले ध्यानै नदिएको बेला कुरा सुरु गर्नुभएन। उहाँले अनुकूल मौका खोज्नुभयो। त्यसपछि उहाँले प्रेषितहरूलाई बोलाउनुभयो र पाठ सिकाउनुभयो।—मर्कूस ९:३३-३५; १२:४१-४४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने