प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अप्रिल pp. ४-५
  • तन्त्रमन्त्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तन्त्रमन्त्र
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मरिसकेकाहरूसित कुराकानी गर्न खोज्नु गलत हो?
  • मरिसकेकाहरूले बाँचेकाहरूलाई असर गर्न सक्छन्‌?
  • तन्त्रमन्त्रद्वारा कहिलेकाहीं त सही जानकारी पाउन सकिन्छ नि, होइन र?
  • दुष्ट आत्माहरू शक्‍तिशाली छन्‌
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • मरिसकेकाहरूको लागि कस्तो आशा छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • मृतकहरू कस्तो अवस्थामा छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मरेपछि हामीलाई के हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अप्रिल pp. ४-५
जोखना हेर्दै गरेकी आइमाई

बाइबलको दृष्टिकोण

तन्त्रमन्त्र

मरिसकेकाहरूसित कुराकानी गर्न खोज्नु गलत हो?

“जादुमन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित परामर्श लिएर . . . आफूलाई अशुद्ध नपार।”—लेवी १९:३१.

मानिसहरू के भन्छन्‌?

मृत्युको कारण हामी नचाहँदा नचाहँदै आफ्नो प्रियजन गुमाउँछौं। अनि धेरैजसो मानिस ‘ती प्रियजनहरू कस्तो अवस्थामा छन्‌? तिनीहरूले कतै सास्ती त भोगिरहेका छैनन्‌?’ भनेर पक्का गर्न चाहन्छन्‌। त्यसैले तिनीहरू यस्तो सोच्छन्‌, “मरेकाहरूसित तन्त्रमन्त्रद्वारा सम्पर्क राखुँ कि? कम से कम मनको शान्ति त मिल्छ।”

बाइबल के भन्छ?

मरिसकेकाहरूसित सम्पर्क राख्ने विषयमा हामीले कस्तो अडान लिनुपर्छ, त्यस विषयमा बाइबलले स्पष्ट निर्देशन दिएको छ। पुरातन समयको कुरा विचार गरौं। त्यतिबेला मरिसकेकाहरूसित सम्पर्क राख्नु सामान्य थियो। तैपनि सृष्टिकर्ता यहोवाले इस्राएल राष्ट्रलाई यस्तो नियम दिनुभएको थियो, “मसान जगाउने अथवा बिजुवा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” (व्यवस्था १८:१०-१२) तन्त्रमन्त्रमा भाग लिनेहरू ‘यहोवाको राज्यको हकदार हुनेछैनन्‌’ भनी बाइबल बताउँछ। —गलाती ५:१९-२१.

मरिसकेकाहरूले बाँचेकाहरूलाई असर गर्न सक्छन्‌?

“जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।”—उपदेशक ९:५.

मानिसहरू के भन्छन्‌?

धेरै जनाले मरिसकेकाहरू कुनै न कुनै रूपमा बाँचिरहेका हुन्छन्‌ भन्‍ने गर्छन्‌। त्यसैले तिनीहरू मरिसकेकाहरूसित सम्पर्क राख्ने कोसिस गर्छन्‌। सायद कुनै जानकारी लिन अथवा आफूलाई नसताओस्‌ भनेर तिनीहरूलाई खुसी पार्न।

बाइबल के भन्छ?

“जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै [जीवित छँदा अनुभव गरेका कुराहरू] खतम भएका हुन्छन्‌।” (उपदेशक ९:५, ६) हो, बाइबलले मरिसकेकाहरूको कुनै अस्तित्व हुँदैन भनी बताउँछ। तिनीहरू सोच्न, चलहल गर्न वा भगवान्‌को उपासना गर्न सक्दैनन्‌। भजन ११५:१७ यसो भन्छ, “मरेकाहरूले [भगवान्‌को] प्रशंसा गर्दैनन्‌, तल सुनसानमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।”

तन्त्रमन्त्रद्वारा कहिलेकाहीं त सही जानकारी पाउन सकिन्छ नि, होइन र?

“जीवितहरूका विषयमा मरेकाहरूलाई सोध्ने हो त?”—यशैया ८:१९.

मानिसहरू के भन्छन्‌?

तन्त्रमन्त्रद्वारा एकदमै गोप्य जानकारीसमेत थाह पाउन सकिन्छ भनेर मान्छेहरू दाबी गर्छन्‌। मृतक, तिनको परिवार अनि तिनका साथीहरूबाहेक अरू कसैलाई थाह नभएको कुरा पनि तन्त्रमन्त्रद्वारा थाह पाउन सकिन्छ भनेर तिनीहरू भन्‍ने गर्छन्‌।

बाइबल के भन्छ?

पहिलो शमूएल अध्याय २८ मा अविश्‍वासी राजा शाऊलले तन्त्रमन्त्रको कुनै माध्यमसित सम्पर्क नराख्नू भनेर यहोवाले दिनुभएको आज्ञा कसरी उल्लङ्‌घन गरे भनी बताइएको छ। यहोवाका सेवक शमूएल जो मरिसकेका थिए, तिनीसित सम्पर्क राख्न शाऊलले एउटी स्त्रीको मदत खोजे। तर के त्यस स्त्रीले साँच्चै नै शमूएलसित सम्पर्क राखेकी हुन्‌ त? अहँ, होइन। तिनले वास्तवमा शमूएलको भेषमा देखिएको आत्मिक व्यक्‍तिसित सम्पर्क राखिरहेकी थिइन्‌।

त्यो भेष धारण गर्ने व्यक्‍ति दुष्ट आत्मिक व्यक्‍ति थियो; त्यो “झूटको बुबा” सैतानको चम्चा थियो। (यूहन्‍ना ८:४४) दुष्ट आत्मिक व्यक्‍तिहरूले मरिसकेकाहरू जीवितै छन्‌ भनेर किन भान पार्न खोज्छन्‌? किनकि तिनीहरू साँचो भगवान्‌ र उहाँको लिखित वचन बाइबलको कुरा झूटो साबित गर्न लागिपरेका छन्‌।—२ तिमोथी ३:१६.

के त्यसोभए मरिसकेकाहरूको लागि केही आशै छैन त? त्यसो होइन। ‘निदाएका’ अर्थात्‌ चिहानमा भएका सबैलाई पुनर्जीवनको आशा छ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ।a (यूहन्‍ना ११:११-१३; प्रेषित २४:१५) अनि मरिसकेका हाम्रा प्रिय व्यक्‍तिहरूले अहिले कुनै सास्ती भोगिरहेका छैनन्‌ भनेर पनि बाइबलले हामीलाई विश्‍वस्त पार्छ। (g14-E 02)

a बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ७ मा “मरिसकेका प्रियजनहरूका लागि साँचो आशा” भन्‍ने विषय दिइएको छ। यो अध्याय www.jw.org/ne मा अनलाइन पनि पढ्‌न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने