प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जुलाई पृ. ७
  • १ परिस्थितिमा परिवर्तन आउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ परिस्थितिमा परिवर्तन आउँछ
  • ब्यूँझनुहोस्‌!—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • ४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
  • म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परिवर्तनको सामना कसरी गर्ने?
    ब्यूँझनुहोस्‌!—२०१६
  • नैराश्‍यसित कसरी डट्‌ने
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जुलाई पृ. ७

आवरण लेख | हार नमान्‍नुहोस्‌!

१ परिस्थितिमा परिवर्तन आउँछ

“हामी सबैतिरबाट थिचिएका छौं तर चल्नै नसक्ने गरी चेपिएका छैनौं; हामी अन्योलमा परेका छौं तर उम्कने कुनै बाटो नै नरहने गरी होइन।” —२ कोरिन्थी ४:८.

आत्महत्या गर्नु भनेको औंलामा घाउ भयो भन्दैमा हातै काटेर फालिदिनु जस्तै हो। तपाईंलाई आफ्नो समस्याको समाधान नै छैन जस्तो लाग्ला। तर परिस्थिति सधैं उस्तै रहँदैन। तपाईंले आशै नगरेको तरिकामा परिस्थितिमा राम्रो परिवर्तन आउन सक्छ।—“तिनीहरूको परिस्थितिमा परिवर्तन आयो” भन्‍ने शीर्षक भएको पेटी हेर्नुहोस्‌।

यदि तपाईंको परिस्थितिमा परिवर्तन आएन भने पनि समस्यालाई बिस्तारै सुल्झाउने कोसिस गर्नुहोस्‌। येशूले यसो भन्‍नुभयो: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट यथेष्ट छ।”—मत्ती ६:३४.

तर तपाईंको समस्या समाधान नै नहुने खालको छ भने नि? जस्तै तपाईंलाई दीर्घकालीन रोग लागेको अथवा तपाईंको वैवाहिक सम्बन्ध टुटेको हुन सक्छ। तपाईंको साथीभाइ, आफन्तको मृत्यु भएको पनि हुन सक्छ।

यस्ता समस्याहरू छन्‌ भने पनि तपाईंले गर्न सक्ने एउटा कुरा छ। तपाईं आफ्नो समस्यालाई कुन नजरले हेर्नुहुन्छ, त्यसमा परिवर्तन ल्याउन सक्नुहुन्छ। आफ्नो नियन्त्रणमा नभएका कुराहरूलाई स्वीकार्न सिक्नुहोस्‌। यसो गर्नुभयो भने तपाईं परिस्थितिप्रति सकारात्मक हुन सक्नुहुनेछ। (हितोपदेश १५:१५) साथै, आत्महत्या नै समस्याको समाधान होइन भनेर तपाईंले बुझ्नुहुनेछ अनि समस्याको सामना गर्ने तरिकाहरू खोज्नुहुनेछ। परिणाम? समस्या समाधान नभए पनि त्यसको सामना गर्न तपाईं सक्षम हुनुहुनेछ।—अय्यूब २:१०.

यो कुरा मनमा राख्नुहोस्‌: एकै पाइलामा सिङ्‌गो पहाड चढ्‌न कहिल्यै सकिंदैन। पहाडको टुप्पोमा पुग्न एक-एक पाइला चाल्दै अघि बढ्‌नुपर्छ। त्यसैगरि पहाडरूपी समस्याहरू नै किन नआओस्‌, त्यसलाई बिस्तारै सुल्झाउने कोसिस गर्नुभयो भने तपाईं पक्कै सफल हुनु हुनेछ।

आज यसो गर्नुहोस्‌: तपाईंको साथी वा परिवारको कुनै सदस्यलाई आफ्नो समस्या बताउनुहोस्‌। तिनीहरूले तपाईंलाई परिस्थिति राम्ररी केलाउन मदत गर्न सक्छन्‌।—हितोपदेश ११:१४.

तिनीहरूको परिस्थितिमा परिवर्तन आयो

परमेश्‍वरका चार वफादार सेवकहरूबारे विचार गरौं, जसलाई एक समय समस्याहरूले यति पिरोलेको थियो कि तिनीहरूको बाँच्ने इच्छा नै रहेन।

  • रिबेका: “यसो हो भनेता मैले किन बाँच्नुपऱ्‍यो?”—उत्पत्ति २५:२३.

  • मोशा: “मलाई मारिदिनुहोस्‌, र मैले आफ्नो दुर्दशा हेर्न नपरोस्‌।”—गन्ती ११:१५.

  • एलिया: “अब मेरो प्राण लिनुहोस्‌, किनभने म मेरा अघि-अघिका पिता-पुर्खाहरूभन्दा असल छैनँ!”—१ राजा १९:४.

  • अय्यूब: “म किन मरेकै जन्मिनँ?”—अय्यूब ३:११.

यी व्यक्‍तिहरूबारे तपाईंले बाइबलमा पढ्‌नुभयो भने तिनीहरूको परिस्थितिमा पछि राम्रो परिवर्तन आयो भनेर थाह पाउनु हुनेछ। यस्तो परिवर्तन आउला भनेर तिनीहरूले आशै गरेका थिएनन्‌। यसरी नै तपाईंको परिस्थितिमा पनि परिवर्तन आउन सक्छ। (उपदेशक ११:६) हार नमान्‍नुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने