प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. ४ pp. १४-१५
  • परिवर्तनको सामना कसरी गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवर्तनको सामना कसरी गर्ने?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • म कत्तिको समस्या सामना गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • समस्याको सामना गर्न सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१९
  • १ परिस्थितिमा परिवर्तन आउँछ
    ब्यूँझनुहोस्‌!—२०१४
  • परिस्थिति परिवर्तन हुँदा आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. ४ pp. १४-१५
साथी बसाइँ सरेकोमा दुःखी हुँदै

परिवारका लागि मदत | युवाहरू

परिवर्तनको सामना कसरी गर्ने?

चुनौती

  • बुबाको सरुवा भएकोले अन्तै सर्नुपऱ्‍यो।

  • मिल्ने साथी टाढा बसाइँ सर्दै छ।

  • दाइ/दिदीको विवाह हुँदै छ।

तपाईं यस्ता परिवर्तनहरूको सामना कसरी गर्न सक्नुहुन्छ?

हुरीबतासले गर्दा लच्किएको रूख

हावाको बहाबसँगसँगै लचकिने रूख हुरीबतास चल्दा ढल्ने सम्भावना कम हुन्छ। परिवर्तनको सामना गर्न तपाईं पनि त्यो रूखजस्तै लचकदार हुन सक्नुहुन्छ। तर कसरी? यसबारे छलफल गर्नुअघि तपाईंले परिवर्तनबारे केही कुरा बुझेको हुनुपर्छ।

तपाईंले के बुझ्नुपर्छ?

परिवर्तनलाई टार्न सकिंदैन। बाइबलले मानिसको जीवनबारे यस्तो महत्त्वपूर्ण सत्य बताएको छ: “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।” (उपदेशक ९:११) यस बाइबल पदमा बताइएझैं जीवनको कुनै न कुनै मोडमा सोच्दै नसोचेको घटना घट्‌न सक्छ। यस्ता घटनाहरू सबै नराम्रा हुन्छन्‌ भन्‍ने छैन। कुनै-कुनै परिवर्तन सुरुमा नराम्रो जस्तो देखिए तापनि पछि राम्रै हुन सक्छ। तर प्रायजसो मानिस कुनै परिवर्तन आउँदा अतालिन्छन्‌, चाहे त्यो परिवर्तन राम्रो होस्‌ या नराम्रो।

विशेषगरि किशोरकिशोरीलाई गाह्रो हुन्छ। किन? एउटा कारणबारे चौबीस वर्षीय एलेक्सa यसो भन्छन्‌: “एक त हामीमा शारीरिक र भावनात्मक परिवर्तन भइरहेको हुन्छ, त्यसमाथि बाहिरी परिवर्तनले झनै गाह्रो बनाइदिन्छ।”

अर्को कारण, परिवर्तनको सामना गर्नुपर्दा वयस्कहरूले विगतको अनुभवको आधारमा समस्या समाधान गर्छन्‌। तर किशोरकिशोरीसित थोरै मात्र अनुभव हुन्छ।

परिवर्तनको सामना गर्न सक्नुहुन्छ। केही किशोरकिशोरीसित दुःखदायी अवस्थाबाट राम्रो अवस्थामा फर्कन सक्ने अनि बदलिंदो परिस्थितिमा घुलमिल हुन सक्ने क्षमता हुन्छ। तिनीहरूले परिवर्तनलाई सहेर बस्ने मात्र होइन बरु चुनौतीजस्तो देखिने कुराबाट कस्तो लाभ उठाउन सकिन्छ भन्‍ने कुरामा ध्यान दिन्छन्‌। यस्तो क्षमता भएका किशोरकिशोरी गाह्रो अवस्था आउँदा लागूपदार्थ वा रक्सीको सहारा लिंदैनन्‌।

तपाईं के गर्न सक्नुहुन्छ?

वास्तविकता स्विकार्नुहोस्‌। तपाईंको जीवन आफूले सोचेको जस्तो होस्‌ भन्‍ने चाहनुहुन्छ होला तर परिस्थितिलाई हामी आफ्नो वशमा राख्न सक्दैनौं। मिल्ने साथीहरू बसाइँ सर्न सक्छन्‌ वा विवाह गर्न सक्छन्‌; छोराछोरी हुर्कन्छन्‌ र घर छोडेर जान सक्छन्‌; कुनै कारणले पूरै परिवार बसाइँ सर्नुपर्ने हुन सक्छ र आफ्ना साथीहरू छोडेर जानुपर्ने हुन सक्छ। यस्ता परिस्थितिहरूमा नकारात्मक सोचाइ आउन सक्छ। नकारात्मक कुराहरूमा घोरिरहनुभन्दा वास्तविकता स्विकार्नुहोस्‌।—बाइबलको सिद्धान्त: उपदेशक ७:१०.

पछाडि फर्केर नहेर्नुहोस्‌। विगतको कुरा मनमा खेलाइराख्ने मानिस गाडी चलाउँदा छेउमा भएको ऐना एकोहोरो हेरिरहने चालकजस्तै हो। कहिलेकाहीं हेर्नु त ठीकै हो तर चालकले अगाडिको कुरामा ध्यान दिएन भने दुर्घटना हुन सक्छ। त्यसैले परिवर्तनको सामना गर्नुपर्दा विगतको कुरामा होइन, भविष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌। (हितोपदेश ४:२५) उदाहरणको लागि, आउँदो महिना वा छ महिनाको लागि के-कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌।

सकारात्मक कुरामा ध्यान दिनुहोस्‌। एक्काइस वर्षीया लोरा यसो भन्छिन्‌: “नयाँ परिस्थितिमा घुलमिल हुन सक्छौं वा सक्दैनौं, त्यो कुरा हाम्रो मनोवृत्तिमा भर पर्छ। आफ्नो नयाँ परिस्थितिमा सकारात्मक कुराहरू खोज्ने कोसिस गर्नुहोस्‌।” नयाँ परिस्थितिले गर्दा के-कस्तो फाइदा हुन सक्छ, कम्तीमा एउटा लेख्नुहोस्‌।—बाइबलको सिद्धान्त: उपदेशक ६:९.

भिक्टोरिया किशोरावस्थामा छँदा उनको सबै मिल्ने साथीहरू अन्तै बसाइँ सरे। उनी भन्छिन्‌: “सुरुमा त साह्रै एक्लो महसुस भएको थियो। सबै कुरा जस्ताको तस्तै चलिरहे हुन्थ्यो जस्तो लागेको थियो। तर परिस्थिति परिवर्तन भएपछि म अलि परिपक्व हुन थालें। नयाँ साथीहरू बनाउने मौकाहरू खोज्न थालें। परिपक्व हुन परिवर्तन आवश्‍यक रहेछ।”—बाइबलको सिद्धान्त: हितोपदेश २७:१०.

विगतको कुरा मनमा खेलाइराख्ने मानिस गाडी चलाउँदा छेउमा भएको ऐना एकोहोरो हेरिरहने चालकजस्तै हो

अरूलाई मदत गर्नुहोस्‌। बाइबल यसो भन्छ: “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:४) आफ्नो चुनौतीको सामना गर्ने एउटा राम्रो तरिका अरूलाई तिनको चुनौतीको सामना गर्न मदत दिनु हो। सत्र वर्षकी आना भन्छिन्‌: “मेरो जस्तै परिस्थितिमा भएको अथवा मभन्दा गाह्रो अवस्थामा भएको कसैलाई मदत गर्दा म आफैले मदत पाएको महसुस गर्छु।” (g16-E No. 4)

a यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “उहिले-उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध।” —उपदेशक ७:१०.

  • “आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनु अरू कुराको लोभ गरिरहनुभन्दा असल छ।”—उपदेशक ६:९.

  • “नजिकको छिमेकी टाढाको दाज्यू-भाइभन्दा बेस हो।”—हितोपदेश २७:१०, NRV.

ह्वान

ह्वान

“आफूले सामना गरिरहेको परिस्थितिलाई राम्ररी केलायौं अनि परिवर्तन जीवनको भाग हो भनेर मानिलियौं भने नयाँ परिस्थितिमा घुलमिल हुन सक्छौं। जति छिटो यो कुरा स्विकार्छौं, त्यत्ति नै जीवन बिताउन सजिलो हुन्छ। परिस्थिति आफै राम्रो हुँदै जान्छ।”

करिसा

करिसा

“तीतो अतीतलाई म घरीघरी सम्झेर बस्दिनँ। बरु नयाँ चुनौतीहरूको सामना गर्ने कोसिस गर्छु। परिवर्तनको सामना गर्न बितेको कुरामा होइन, भविष्यको कुरामा ध्यान दिनुपर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने