कुराकानी थाल्ने उदाहरण
जुलाई महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“तपाईंको विचारमा हामीले गर्ने प्रार्थना ईश्वरलाई कस्तो लाग्छ होला? उहाँले एकदमै महत्त्वपूर्ण ठान्नुहुन्छ जस्तो लाग्छ कि कुनै चासै दिनुहुन्न जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। जुलाई १ प्रहरीधरहरा-को अन्तिम पाना देखाउनुहोस् अनि पहिलो प्रश्नअन्तर्गत भएको विषयवस्तु र उद्धरण गरिएका शास्त्रपदमध्ये एउटा छलफल गर्नुहोस्। पत्रिकाहरू दिनुहोस् र अर्को प्रश्नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जुलाई १
“ईश्वर सबैभन्दा शक्तिशाली हुनुहुन्छ। त्यसोभए के संसारमा जति पनि खराब कुराहरू भइरहेको छ, त्यसको लागि उहाँलाई दोष दिन मिल्छ? तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्; त्यसपछि याकूब १:१३ पढ्नुहोस्] यस पत्रिकामा खराब कुराहरू हुनुको कारण के हो र ईश्वरले दुःखकष्ट र अन्याय-अत्याचार हटाउन के गर्नुहुनेछ भनेर बताइएको छ।”
ब्यूँझनुहोस्! जुलाई-सेप्टेम्बर २०१४
“हामी अहिले संसारमा सामान्य हुँदै गइरहेको समस्या अनि त्यसको सामना कसरी गर्न सकिन्छ भन्नेबारे कुरा गर्दै छौं। कसै-कसैले जीवनमा आइपर्ने समस्याहरू सहन नसकेर आत्महत्या गर्ने विचारसमेत गर्छन्। मानिसलाई एकदमै समस्या पऱ्यो भने के ऊ साँच्चै मर्न चाहन्छ र? [जवाफ दिने मौका दिनुहोस्] त्यस्तो समस्या पर्दा पनि सकारात्मक सोच राख्न बाइबलको एउटा प्रतिज्ञाले थुप्रैलाई मदत गरेको छ। [प्रकाश २१:३, ४ पढ्नुहोस्] समस्या भए तापनि हामी बाँच्नुपर्ने तीनवटा कारणबारे यस पत्रिकामा बताइएको छ।”