प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अक्टोबर पृ. ७
  • आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्याको सामना कसरी गर्न सक्नुहुन्छ:
  • एक्कासि समस्या आउँदा
    ब्यूँझनुहोस्‌!—२०१४
  • शोकमा परेकाहरूका लागि साँचो मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • युद्ध कहिले रोकिएला?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अक्टोबर पृ. ७
डरलाग्दो कार दुर्घटना

आवरण लेख | एक्कासि समस्या आउँदा—कसरी सामना गर्ने?

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा

ब्राजिलका रोनाल्डो एउटा कार दुर्घटनामा परे। त्यस दुर्घटनामा तिनको बुबा र आमासहित परिवारका पाँच जना सदस्यहरूको ज्यान गयो। रोनाल्डो भन्छन्‌: “दुर्घटनामा उहाँहरूको मृत्यु भएको खबर मैले अस्पतालमा दुई महिना बिताइसकेपछि मात्र पाएँ।

रोनाल्डो

“उहाँहरूको मृत्यु भएको कुरा सुरुमा त मैले पत्याउनै सकिनँ। एकैचोटि सबै जनाको मृत्यु कसरी हुन सक्छ र? यो कुरा साँचो हो भनेर बुझेपछि मलाई ठूलो झट्‌का लाग्यो। यस्तो पीडा त मैले पहिला कहिल्यै महसुस गरेको थिइनँ। त्यसपछि मलाई उहाँहरूविना बाँच्नुको कुनै अर्थ नै छैन जस्तो लाग्न थाल्यो। महिनौंसम्म म हरेक दिन रोएँ! त्यस दिन मैले अरूलाई कार चलाउन नदिएको भए उहाँहरूको मृत्यु हुने थिएन, त्यसैले यो सब हुनुमा मेरै दोष छ जस्तो लाग्थ्यो।

“यो घटना भएको १६ वर्ष बितिसक्यो र म अहिले आफ्नो दैनिक कामकुरा सम्हाल्न सक्ने भइसकेको छु। तर उहाँहरूको मृत्युले गर्दा म अझै पनि एक्लो महसुस गर्छु।”

समस्याको सामना कसरी गर्न सक्नुहुन्छ:

आफ्नो मनमा भएको दुःख नलुकाउनुहोस्‌। बाइबल यसो भन्छ: “रूने एउटा समय छ।” (उपदेशक ३:१, ४) रोनाल्डो भन्छन्‌: “रुन मन लागेको बेला म आफूलाई रोक्दिनँ। यसै पनि आँसु रोक्न खोज्नु व्यर्थ हो। रोएपछि म हल्का महसुस गर्छु।” तर सबै जनाको दुःख व्यक्‍त गर्ने तरिका एउटै हुन्छ भन्‍ने छैन। त्यसैले तपाईंलाई रुन मन लाग्दैन भन्दैमा तपाईं आफ्नो भावनालाई दबाउनुहुन्छ भन्‍ने त होइन। अनि आँसु झार्नैपर्छ भन्‍ने पनि छैन।

अरूबाट अलग रहने कोसिस नगर्नुहोस्‌। (हितोपदेश १८:१) रोनाल्डो भन्छन्‌: “एक्लै बस्न त मन लाग्छ। तर मैले आफूलाई अरूबाट अलग पारिनँ। मानिसहरू मकहाँ आउँदा मैले उहाँहरूलाई स्वागत गरें। मैले आफ्नी पत्नी र नजिकका साथीहरूलाई आफ्नो भावना पोखाएँ।”

कसैले तपाईंको चित्त दुखाउने कुरा भनेमा शान्त रहनुहोस्‌। कसै-कसैले भन्लान्‌, “जे हुन्छ, राम्रैका लागि हुन्छ नि।” रोनाल्डो भन्छन्‌: “मलाई सान्त्वना दिन भनी कसै-कसैले भनेका कुराले मेरो मन चसक्क बिझाएको थियो।” तर कसैले चित्त दुखाउने कुरा गरे पनि बाइबलको यो सल्लाह पालन गर्नु बुद्धिमानी हुन्छ: “मानिसहरूले भनेका सबै कुरामा ध्यान नदेऊ।”—उपदेशक ७:२१.

मरेकाहरू कस्तो अवस्थामा छन्‌ भन्‍नेबारे सत्य कुरा सिक्नुहोस्‌। रोनाल्डो यसो भन्छन्‌: “बाइबलको उपदेशक ९:५ मा मरेकाहरूले सास्ती पाइरहेका छैनन्‌ भनेर बताइएको छ। यो कुराले मलाई मनोशान्ति दिन्छ। बाइबलमा मरेकाहरूले पुनर्जीवन पाउनेछन्‌ अर्थात्‌ तिनीहरू फेरि जीवित हुनेछन्‌ भनेर पनि बताइएको छ। त्यसैले मैले गुमाएका परिवारका सदस्यहरू कतै यात्रामा गएका मानिसहरू जस्तै हुन्‌, तिनीहरू एकदिन फर्कनेछन्‌ भन्‍ने कुरामा म विश्‍वस्त छु।”—प्रेषित २४:१५.

के तपाईंलाई थाह थियो? परमेश्‍वरले ‘मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ’ अर्थात्‌ हटाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।a—यशैया २५:८. (g14-E 07)

यी लेखहरूमा एक्कासि समस्याहरू आउँदा तपाईं कसरी त्यसको सामना गर्न सक्नुहुन्छ भन्‍ने विषयमा छलफल गरिएको छ। मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌ भन्‍ने विषयमा बाइबलले बताएको कुरा बुझ्न “असल मानिसहरूले दुःख पाउँछन्‌, किन?” शीर्षक भएको हाम्रो सहप्रकाशन प्रहरीधरहरा पत्रिकाको जुलाई १, २०१४ अङ्‌कका लेखहरू पढ्‌नुहोस्‌।

a थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने