प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जनवरी p. १६
  • घोडाको खुट्टा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोडाको खुट्टा
  • ब्यूँझनुहोस्‌!—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • क्रेजी हर्स—पहाडलाई स्मारकमा परिवर्तन गर्ने
    ब्यूँझनुहोस्‌!—२००२
  • चार घोडसवारहरूको दौड!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • चार घोडसवार तिनीहरू को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • घोडा अनि जिब्रोलाई लगाम कस्ने
    ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२०१५
g15 जनवरी p. १६
दौडँदै गरेका घोडाहरू

सृष्टि या संयोग?

घोडाको खुट्टा

घोडा प्रति घण्टा ५० किलोमिटरको रफ्तारमा दौडन सक्छ। यसरी दौडन सजिलो त छैन। तर घोडाले थोरै शक्‍तिको भरमा नै यो काम गर्छ। यो कसरी सम्भव छ? घोडाको खुट्टाले गर्दा।

घोडा दौडँदा के हुन्छ, विचार गरौं। घोडाले भुईंमा खुट्टा टेक्ने बित्तिकै मांसपेशीलाई हड्डीसित जोड्‌ने तन्तुले (टेन्डन) बल पाउँछ अनि यही बललाई त्यस तन्तुले स्प्रिङलेझैं फ्याँक्छ। यसले घोडालाई बुरुक्क उफ्रेर अघि बढ्‌न मदत गर्छ।

घोडा जुन गतिमा दौडन्छ त्यसले वास्तवमा टेन्डनलाई चोट पुऱ्‍याउनु पर्ने हो। तर घोडाको खुट्टाको मांसपेशीले गर्दा त्यसो हुन दिंदैन। वैज्ञानिकहरूले यस्तो संरचनालाई “मांसपेशी-टेन्डनको विशेष डिजाइन” भनेका छन्‌। यसले घोडालाई छिटोछिटो दौडन मदत गर्नुका साथै शक्‍ति पनि दिन्छ।

इन्जिनियरहरूले घोडाको खुट्टाको डिजाइनको नकल गरेर चारखुट्टे रोबट बनाउने प्रयास गरिरहेका छन्‌। तर मासाचुसेट इन्स्टिच्युटका अनुसार इन्जिनियरहरूसित हाल भएको सीमित सामग्री र ज्ञानले यस्तो डिजाइनको नकल गर्न गाह्रो छ।

तपाईंलाई कस्तो लाग्छ? घोडाको खुट्टाको रचना विकासवादको उपज हो या सृष्टि? (g14-E 10)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने