प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अक्टोबर पृ. १०-१२
  • सहनशीलता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सहनशीलता
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कसरी अझ धेरै सहनशील हुन सकिन्छ?
  • सहनशीलताको किन सीमा हुनुपर्छ?
  • के परमेश्‍वरले खराबीलाई सधैंभरि सहनुहुनेछ?
  • परमेश्‍वर कत्तिको सहनशील हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • सहिष्णुता देखाउन बाइबलले कसरी मदत गर्न सक्छ?
    थप लेखहरू
  • सहनशीलता—अचाक्ली सहने र सहँदै नसहने
    ब्यूँझनुहोस्‌!—१९९७
  • लचकदार तर ईश्‍वरीय स्तरहरूमा अडिग
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अक्टोबर पृ. १०-१२

बाइबलको दृष्टिकोण

सहनशीलता

सबै जनासित घुलमिल हुँदा, क्षमा दिंदा र सहनशील हुँदा अरूसितको सम्बन्ध राम्रो हुन्छ। तर सहनशीलता देखाउनुको कुनै सीमा छ?

कसरी अझ धेरै सहनशील हुन सकिन्छ?

अहिलेको वास्तविकता

विश्‍वभरि नै मानिसहरूलाई सहनशील हुन झन्‌झनै गाह्रो भइरहेको छ। जातीय पूर्वाग्रह, राष्ट्रवाद, जातिवाद र धार्मिक कट्टरपन्थीले यसमा झनै मलजल गरेको छ।

बाइबल के भन्छ?

येशूले पृथ्वीमा सेवा गर्नुहुँदा थुप्रै मानिस सहनशील थिएनन्‌। यहूदी र सामरीहरू एकअर्कालाई घृणा गर्थे। (यूहन्‍ना ४:९) स्त्रीलाई पुरुषभन्दा तुच्छ ठानिन्थ्यो। अनि यहूदी धार्मिक नेताहरू सर्वसाधारणलाई मान्छे नै गन्दैनथे। (यूहन्‍ना ७:४९) तर येशू भने बिलकुलै फरक हुनुहुन्थ्यो। उहाँका विरोधीहरूले उहाँबारे यसो भने, “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।” (लूका १५:२) येशू मानिसहरूको न्याय गर्न होइन बरु उनीहरूलाई आध्यात्मिक रूपमा मदत गर्न आउनुभएको थियो। त्यसैले उहाँ दयालु, धीरजी र सहनशील हुनुहुन्थ्यो। उहाँ जे गर्नुहुन्थ्यो, प्रेमद्वारा उत्प्रेरित भएर गर्नुहुन्थ्यो।—यूहन्‍ना ३:१७; १३:३४.

महिला, पुरुष र केटाकेटीहरू येशूको कुरा सुन्दै

येशू मानिसहरूको न्याय गर्न होइन बरु उनीहरूलाई आध्यात्मिक रूपमा मदत गर्न आउनुभएको थियो

सहनशील हुन मदत गर्ने मुख्य गुण प्रेम हो। मानिसहरू त्रुटिपूर्ण र फरक-फरक स्वभावका भए तापनि प्रेमले गर्दा हामी खुला मनको हुन सक्छौं। कलस्सी ३:१३ भन्छ, “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर।”

“विशेष गरी, आपसमा प्रगाढ प्रेम गर, किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।”—१ पत्रुस ४:८.

सहनशीलताको किन सीमा हुनुपर्छ?

वास्तविकता

थुप्रै मानिस नियम-कानुनअनुसार चल्ने कोसिस गर्छन्‌। त्यसैले के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्‍ने विषयमा उनीहरू व्यावहारिक सीमा तोक्छन्‌।

बाइबल के भन्छ?

“[प्रेमले] अभद्र व्यवहार गर्दैन।” (१ कोरिन्थी १३:५) सहनशील हुने सम्बन्धमा येशू उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो। तर उहाँले अभद्र व्यवहार, कपट र अन्य किसिमका खराबीलाई पटक्कै सहनुभएन। बरु उहाँले यस्ता कुराहरूको साहसी भई निन्दा गर्नुभयो। (मत्ती २३:१३) उहाँले भन्‍नुभयो, “जसले खराब कामहरू गरिरहन्छ, उसले [सत्यको] ज्योतिलाई घृणा गर्छ।”—यूहन्‍ना ३:२०.

पावल नाम गरेका ख्रीष्टियनले यस्तो लेखे, “जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर, जे कुरा असल छ, त्यससित टाँसिरहो।” (रोमी १२:९) पावल आफै पनि यी शब्दहरूअनुसारै चले। तिनी एक यहूदी थिए। एक पटक केही यहूदी ख्रीष्टियनहरू गैर-यहूदी ख्रीष्टियनहरूबाट अलग्गै बस्दा तिनले दयालु तरिकामा तर दृढ भई त्यसको विरोध गरे। (गलाती २:११-१४) परमेश्‍वर “पक्षपाती हुनुहुन्‍न” र उहाँले आफ्ना जनहरूबीच वर्गीय भेदभाव सहनुहुन्‍न भनेर तिनलाई थाह थियो।—प्रेषित १०:३४.

यहोवाका साक्षीहरू ख्रीष्टियन भएकोले नैतिक मूल्यमान्यताको लागि उनीहरू बाइबलमा भर पर्छन्‌। (यशैया ३३:२२) त्यसैले कुनै ख्रीष्टियनको नैतिक स्तर खस्कियो भने उनीहरू तुरुन्तै कदम चाल्छन्‌। उनीहरू परमेश्‍वरको स्तर नपछ्याउने मानिसहरूद्वारा ख्रीष्टियन मण्डली भ्रष्ट हुन दिंदैनन्‌। त्यसकारण यहोवाका साक्षीहरू बाइबलको यो स्पष्ट सल्लाह लागू गर्छन्‌, “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”—१ कोरिन्थी ५:११-१३.

“हे परमप्रभुले प्रेम गर्ने हो, खराबीलाई घृणा गर।”—भजन ९७:१०.

के परमेश्‍वरले खराबीलाई सधैंभरि सहनुहुनेछ?

धेरैलाई लाग्छ

खराबी मानव स्वभावमै हुन्छ। त्यसैले यसलाई कहिल्यै हटाउन सकिंदैन।

बाइबल के भन्छ?

भविष्यवक्‍ता हबकूकले यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गरे, “तपाईं मलाई किन अधर्म हेर्न लाउनुहुन्छ? र विपत्ति हेरिरहनुहुन्छ? नाश र उपद्रव मेरै सामने भइरहेको छ। झगडा र विवाद बढ्‌दै जाँदैछन्‌।” (हबकूक १:३) यी चिन्तित भविष्यवक्‍ताको प्रश्‍नको जवाफ दिंदै परमेश्‍वरले दुष्ट मानिसहरूको लेखा लिने कुरामा तिनलाई आश्‍वस्त पार्नुभयो। यो प्रतिज्ञाबारे परमेश्‍वरले यसो भन्‍नुभयो, “त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।”—हबकूक २:३.

त्यो समय नआउन्जेल खराब व्यक्‍तिहरूको लागि सुध्रने मौका छ। “परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, ‘के दुष्टको मृत्युमा म खुसी हुन्छु र? के आफ्नो चाला छोडेर त्यो बाँचेको म चाहन्‍नँ र?’” (इजकिएल १८:२३) खराब मार्ग त्यागेर यहोवाको खोजी गर्नेहरूले ढुक्क भई भविष्यको बाटो हेर्न सक्छन्‌। हितोपदेश १:३३ भन्छ, “तर जसले मेरा वचन सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।” (g15-E 08)

“थोरै बेरपछि दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।” —भजन ३७:१०, ११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने