प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ३ पृ. १६
  • कमिलाको घाँटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कमिलाको घाँटी
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • सहारा मरुभूमिमा पाइने अचम्मको कमिला
    ब्यूँझनुहोस्‌!—२०१७
  • कार्पेन्टर कमिलाको एन्टेना सफा गर्ने विधि
    सृष्टि या संयोग
  • ‘कमिलाको चालढंग हेर’
    ब्यूँझनुहोस्‌!—१९९५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ३ पृ. १६

सृष्टि या संयोग?

कमिलाको घाँटी

पात बोक्दै गरेको कमिला

कमिलाले आफ्नो शरीरभन्दा कैयौं गुणा गह्रौं भार बोक्न सक्छ। मेकानिकल इन्जिनियरहरू यस्तो क्षमता देखेर दङ्‌ग परेका छन्‌। अमेरिकाको ओहायो स्टेट विश्‍वविद्यालयका इन्जिनियरहरूले यस्तो क्षमताबारे बुझ्न कमिलाको शारीरिक बनौट र यसको कार्यप्रणालीको कम्प्युटर मोडेल तयार पारेका थिए। कमिलाको माइक्रो सिटी स्क्यान गरेर अनि त्यसले कतिसम्म भार थाम्न सक्छ भन्‍ने कुराको अध्ययन गरेर यो मोडेल तयार पारिएको थियो।

कमिलाको शरीरको सबैभन्दा महत्त्वपूर्ण भाग घाँटी हो। कमिलाले मुखले च्यापेर कुनै वस्तु उठाउँदा त्यसको सम्पूर्ण भार घाँटीले थेग्ने काम गर्छ। घाँटीमा भएको नरम तन्तुहरू टाउको र जीउमा भएको कडा खोलसँग जोडिएको हुन्छ। यो एक किसिमले दुइटा हातका औंलाहरू एकसाथ गाँसेको जस्तै बलियो गरी जोडिएको हुन्छ। एक जना अनुसन्धानकर्ता भन्छन्‌, “टाउको, घाँटीको नरम तन्तु र जीउको संरचनाले कमिलाको घाँटीको कार्यप्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेको छ। कडा वस्तुसँग नरम तन्तु अनौठो किसिमले जोडिएकोले सम्भवतः यसको टँसाइ मजबुत भएको हुन सक्छ। अनि यही संरचनाले गर्दा कमिलाको घाँटीले ठूलो भार उठाउन सकेको हुन सक्छ।” कमिलाको घाँटीको कार्यप्रणालीलाई राम्ररी बुझ्न सकियो भने रोबोटको डिजाइनमा अझै सुधार ल्याउन सकिन्छ भन्‍ने आशा अनुसन्धानकर्ताहरूले गरेका छन्‌।

तपाईंको विचार कस्तो छ? कमिलाको घाँटी शरीरसँग अचम्म तरिकामा जोडिएकोले यो धेरै बलियो छ। के यस्तो बलियो घाँटी क्रमविकासको उपज हो या सृष्टि? (g16-E No. 3)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने