प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या १ पृ. १६
  • सहारा मरुभूमिमा पाइने अचम्मको कमिला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सहारा मरुभूमिमा पाइने अचम्मको कमिला
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
  • कमिलाको घाँटी
    ब्यूँझनुहोस्‌!—२०१६
  • कार्पेन्टर कमिलाको एन्टेना सफा गर्ने विधि
    सृष्टि या संयोग
  • ‘कमिलाको चालढंग हेर’
    ब्यूँझनुहोस्‌!—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या १ पृ. १६
सहारा मरुभूमिमा पाइने चाँदी रङ्‌गको कमिला

सृष्टि या संयोग?

सहारा मरुभूमिमा पाइने अचम्मको कमिला

सहारा मरुभूमिमा पाइने चाँदी रङ्‌गको यो कमिला (Cataglyphis bombycina) जमिनमा चलहल गर्ने जीवमध्ये सबैभन्दा ताप खप्न सक्ने क्षमता भएको जीव हो। यस कमिलालाई आफ्नो आहारा बनाउन चाहने जीवहरू सहारा मरुभूमिको मध्य-घामबाट बच्न छायामा लुक्न जान्छन्‌। तर यो कमिला भने प्रचण्ड गर्मीको कारण मरेका किरा-फट्याङ्‌ग्राको खोजीमा केही समय आफ्नो दुलोबाट निस्कने गर्छ।

सहारा मरुभूमिमा पाइने चाँदी रङ्‌गको कमिलाले यसको रौंको मदतद्वारा पनि ताप प्रतिरोध गर्न सक्छ

[५०] μm

विचार गर्नुहोस्‌: यस कमिलाको एउटा विशेषता ताप प्रतिरोध गर्न सक्ने क्षमता हो। यसको शरीरमाथि र दायाँ-बायाँ खास किसिमको रौं हुन्छ तर मुनितिर भने रौं हुँदैन। चाँदीजस्तै चम्किने यसको रौंलाई बीचबाट काट्‌दा त्रिभुज आकारको नली देखिन्छ। रौंको माथिपट्टि देखिने दुई भागको लम्बाइमा सूक्ष्म धर्साहरू हुन्छन्‌ भने तल्लो भागचाहिं सम्म हुन्छ। रौंको यस्तो डिजाइनले दुइटा काम गर्छ। पहिलो, यसले सूर्यबाट आएको विकिरणहरूलाई परावर्तन गर्छ। दोस्रो, वातावरणबाट सोसेको शरीरको तापलाई कम गर्न मदत गर्छ। साथै रौं नभएको मुनितिरको भागले मरुभूमिबाट आएको विकिरणलाई परावर्तन गर्छ।a

सहारा मरुभूमिमा पाइने चाँदी रङ्‌गको कमिलाको रौंलाई यन्त्रको सहायताले ठूलो बनाएर हेर्दा देखिएको त्रिभुज आकारको नली

[१०] μm

सहारा मरुभूमिमा पाइने चाँदी रङ्‌गको यो कमिलाको ताप प्रतिरोध गर्न सक्ने क्षमताको कारण यसले शरीरको तापक्रम आफूले सहन सक्ने हद अर्थात्‌ ५३.६ डिग्री सेल्सियसभन्दा कम राख्न सक्छ। यस सानो जीवबाट प्रेरणा पाएर अनुसन्धानकर्ताहरूले पङ्‌खा वा अरू कुनै उपकरणविना नै चिसो पार्न सकिने वस्तु बनाउने प्रयास गर्दै छन्‌।

तपाईंको विचार कस्तो छ? सहारा मरुभूमिमा पाइने चाँदी रङ्‌गको यो कमिलाको ताप प्रतिरोध गर्न सक्ने क्षमता क्रमविकासको उपज हो या सृष्टि?

a यो कमिलाको अरू विशेषता यसको शरीरमा हुने एउटा खास किसिमको प्रोटिन हो जुन प्रचण्ड तापले समेत सजिलै टुक्रिंदैन। साथै यो कमिलाका खुट्टाहरू लामा हुन्छन्‌ जसले यसलाई जमिनबाट आउने तापबाट केही हदसम्म बचाउँछ अनि छिटो-छिटो दौडन मदत गर्छ। अनि बाटो पत्ता लगाउन सक्ने यसको क्षमता पनि उत्तिकै राम्रो छ। त्यसैले आफ्नो दुलोसम्म पुग्ने सबैभन्दा छोटो बाटो भएर यो जान सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने