प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या २ पृ. ३
  • अलौकिक शक्‍तिप्रतिको चासो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अलौकिक शक्‍तिप्रतिको चासो!
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
  • प्रेतवादबारे बाइबलले के सिकाउँछ?
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या २ पृ. ३
एक बालक इलेक्ट्रोनिक उपकरणमा केही कुरा हेरेर छक्क पर्दै

आवरण लेख | अलौकिक शक्‍ति—यसको पछाडि कसको हात छ?

अलौकिक शक्‍तिप्रतिको चासो!

“भ्याम्पायर, पिशाच र बोक्सीविद्या—आजकल मनोरञ्जन जगत्‌मा प्रेतवादसित सम्बन्धित यस्ता कुराहरू नै हाबी भएको देखिन्छ।”—द वल स्ट्रीट जर्नल।

आजकलका किताब, चलचित्र र भिडियो गेमहरू जवान तथा वृद्ध जादुगर, किचकन्‍नी र आकर्षक भ्याम्पायरजस्ता अलौकिक पात्रहरूको कथाले भरिएको पाइन्छ। यसको उद्देश्‍य?a

समाजशास्त्रका प्राध्यापक क्लड फिसर यस्तो लेख्छन्‌, “हालैका दशकहरूमा भूतप्रेतप्रतिको विश्‍वास ह्वात्तै बढेको छ। पहिला-पहिला दस जना अमेरिकीमा एक जनाले विश्‍वास गर्थे भने अहिले तीन जनामा एक जनाले विश्‍वास गर्छन्‌। अलौकिक शक्‍ति भएका व्यक्‍तिहरूसित सरसल्लाह लिने र भूत तथा भूतबङ्‌गलामा विश्‍वास गर्ने पाका अमेरिकीभन्दा युवा अमेरिकीहरू झन्डै दोबर छन्‌।”

त्यसैले भूतप्रेतसम्बन्धी कथाले मानव समाजमा पुनः विकराल रूप लिनु कुनै अचम्मको कुरा होइन। द वल स्ट्रीट जर्नल-मा माइकल केलिया लेख्छन्‌, “विगत केही वर्षमा सक्रिय भएको पिशाच, भ्याम्पायर र बोक्सीविद्याले गर्दा विभिन्‍न संस्कृतिमा भूतप्रेतसम्बन्धी गतिविधि फेरि देखा परेको छ।”

एउटा रिपोर्टअनुसार “विश्‍वको जुनसुकै ठाउँमा २५ देखि ५० प्रतिशत मानिसहरू भूतप्रेतमा विश्‍वास गर्छन्‌ अनि प्रायजसो संस्कृतिका साहित्यहरूमा भूतप्रेतलाई एकदमै महत्त्व दिइन्छ।” समाजशास्त्रका प्राध्यापक क्रिस्टोफर बेडर र कार्सन मेङ्‌कनले अमेरिकामा गरेको सर्वेक्षणअनुसार “सत्तरीदेखि असी प्रतिशत अमेरिकीहरू कम्तीमा पनि एउटा किसिमको अलौकिक गतिविधिमा बलियो विश्‍वास राख्छन्‌।”

प्रेतवादमा र अलौकिक गतिविधिमा भाग लिनु भनेको रमाइलो मात्र हो?

a अलौकिक: “विज्ञान वा प्रकृतिको नियमले व्याख्या गर्न नसक्ने कुरा।”—मेरियम वेबस्टर्स लर्नर्स डिक्सनरी।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने