प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 No. २ p. १५
  • १२ लक्ष्य राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १२ लक्ष्य राख्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्‌नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • आफ्नो आध्यात्मिक लक्ष्यमा कसरी पुग्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • युवाहरू हो—तपाईं जीवनमा के गर्न चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 No. २ p. १५
एक युवक नक्सा कोर्दै

लक्ष्य भनेको घरको नक्साजस्तै हो, मेहनत गरेमा त्यो वास्तविक हुनेछ

युवाहरूका लागि

१२ लक्ष्य राख्नुहोस्‌

यसको अर्थ के हो?

लक्ष्य राख्नु भनेको आफ्नो इच्छा पूरा गर्न चाहनु मात्र होइन। यसमा राम्रो योजना बनाउनु, आवश्‍यक परेमा छाँटकाँट गर्नु अनि कडा मेहनत गर्नु समावेश छ।

कुनै-कुनै लक्ष्य छोटो समयमा हासिल गर्न सकिन्छ। तर कुनै लक्ष्य हासिल गर्न भने महिनौँ वा वर्षौँ लाग्न सक्छ। ससाना लक्ष्यहरू हासिल गर्दै जाँदा ठूलठूला लक्ष्यहरू हासिल गर्न सकिन्छ।

यस विषयमा किन चासो राख्नुपर्छ?

लक्ष्य हासिल गर्दै जाँदा हाम्रो मनोबल बढ्‌छ। साथीभाइसितको हाम्रो सम्बन्ध अझ राम्रो हुन्छ अनि आनन्द पनि बढ्‌छ।

आत्मविश्‍वास: ससाना लक्ष्यहरू राखेर ती हासिल गर्दै जाँदा हाम्रो आत्मविश्‍वास बढ्‌छ। यसले गर्दा ठूलठूलो लक्ष्य राख्ने हौसला पाउँछौँ। दिनहुँ आइपर्ने चुनौतीहरू सामना गर्न पनि सजिलो लाग्नेछ। जस्तै: साथीहरूको दबाब सजिलै तिरस्कार गर्न सक्नेछौँ।

साथीसितको सम्बन्ध: मानिसहरू लक्ष्य भएको व्यक्‍तिसित सङ्‌गत गर्न रुचाउँछन्‌। किनभने त्यस्तो व्यक्‍तिलाई आफूले के गर्नुपर्ने हो, थाह हुन्छ अनि त्यसअनुसार काम गर्न पनि तयार हुन्छ। यदि तपाईँले आफ्नो साथीसँगै मिलेर कुनै लक्ष्य राख्नुभयो र त्यो हासिल गर्न सँगै काम गर्नुभयो भने तपाईँहरूको सम्बन्ध अझै बलियो हुनेछ।

आनन्द: तपाईँले कुनै लक्ष्य राख्नुभयो र त्यो हासिल गर्न सफल हुनुभयो भने सन्तुष्ट हुन सक्नुहुन्छ।

“मलाई लक्ष्य राख्न मन पर्छ। लक्ष्य राख्दा व्यस्त भइरहन सक्छु र त्यो हासिल गर्दा एकदमै खुसी लाग्छ। मनमनै सोच्छु, ‘वाह! मैले गर्छु भनेको थिएँ, गरेरै देखाएँ!’”––क्रिस्टोफर

बाइबलको सिद्धान्त: “कसैले ठीक मौसम पर्खि बसे, उसले कहिल्यै बिउ छर्न सक्दैन। अनि कोहीले हर बादल बर्षन्छ नै भनी डराए, उसले अन्‍न उठाउनै सक्दैन।”—उपदेशक ११:४, ERV.

तपाईँ के गर्न सक्नुहुन्छ?

लक्ष्य राख्न र त्यो हासिल गर्न निम्न कुराहरू गर्न सक्नुहुन्छ:

लक्ष्य तय गर्नुहोस्‌। सम्भाव्य लक्ष्यहरू विचार गर्नुहोस्‌। पहिला कुन लक्ष्य हासिल गर्ने र त्यसपछि कुन-कुन, पक्का गर्नुहोस्‌।

योजना बनाउनुहोस्‌। हरेक लक्ष्यको लागि यी कुराहरू गर्नुहोस्‌:

  • कहिलेसम्म पूरा गर्न सकिन्छ, व्यावहारिक भई समय तोक्नुहोस्‌।

  • आवश्‍यक योजनाहरू बनाउनुहोस्‌।

  • सम्भाव्य चुनौती र समाधानबारे विचार गर्नुहोस्‌।

काम गर्नुहोस्‌। सबै योजना बनेपछि मात्रै काम सुरु गर्छु भनेर नसोच्नुहोस्‌। बरु काम थालिहाल्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘लक्ष्य हासिल गर्न सुरुमा के गरूँ?’ अनि त्यसअनुसार कदम चाल्नुहोस्‌। लक्ष्यसम्म पुग्न कति प्रगति गर्नुभयो, समय-समयमा जाँच्नुहोस्‌।

बाइबलको सिद्धान्त: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।”—हितोपदेश २१:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने