प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या २ पृ. ८-९
  • २. के हामी आफैले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २. के हामी आफैले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • यसबारे सोच्नुहोस्‌:
  • बाइबल के भन्छ?
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
  • ४. के हामीले दुःखकष्ट भोग्नै पर्छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या २ पृ. ८-९
एक जना मानिस बैठक कोठामा बसिरहेका छन्‌। तिनको एउटा हातमा चुरोट र अर्को हातमा बियरको बोतल छ।

२. के हामी आफैले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

यस विषयमा किन चासो राख्नुपर्छ?

यदि दुःखकष्टको कारण हामी आफै हौँ भने त्यसलाई कम गर्ने क्षमता पनि हामीसित हुनुपर्ने हो।

यसबारे सोच्नुहोस्‌:

दुःखकष्टको निम्न कारणहरूको लागि मानिस कुन हदसम्म जिम्मेवार छ?

  • दुर्व्यवहारलाई सङ्‌केत गर्ने मुक्काको चित्र।

    दुर्व्यवहार

    विश्‍व स्वास्थ्य सङ्‌गठनको तथ्याङ्‌कअनुसार प्रत्येक ४ जना पुरुषमा १ जनाले बाल्यकालको कुनै न कुनै बेला शारीरिक दुर्व्यवहार भोगेका हुन्छन्‌ भने प्रत्येक ३ जना महिलामा १ जनाले शारीरिक वा यौन दुर्व्यवहार (वा दुवै) जीवनको कुनै न कुनै समयमा भोगेकी हुन्छिन्‌।

  • चिहानलाई सङ्‌केत गर्ने स्मारकको चित्र।

    वियोग

    विश्‍व स्वास्थ्य सङ्‌गठनले विश्‍व स्वास्थ्य तथ्याङ्‌क २०१८ मा यस्तो प्रकाशित गरेको थियो: “सन्‌ २०१६ मा संसारभर लगभग ४ लाख ७७ हजार जनाको हत्या गरिएको थियो।” साथै त्यो वर्ष थप १ लाख ८० हजार मानिस युद्ध र द्वन्द्वमा मारिए भनेर अनुमान गरिन्छ।

  • स्वास्थ्य समस्यालाई सङ्‌केत गर्ने EKG लाइन भएको हृदयको चित्र।

    स्वास्थ्य समस्या

    न्याशनल जियोग्राफिक पत्रिकाको एउटा लेखमा फ्रान स्मिथले यस्तो लेखिन्‌: “एक अरबभन्दा धेरै मानिसले धूम्रपान गर्छन्‌ र सुर्तीलाई मृत्युको यी पाँच प्रमुख कारणसम्म पुऱ्‍याउने कारक तत्त्व मानिन्छ: मुटु रोग, मस्तिष्कघात, श्‍वासप्रश्‍वासमा सङ्‌क्रमण, दीर्घकालीन अवरोधक फोक्सो रोग र फोक्सोको क्यान्सर।”

  • सामाजिक असमानतालाई सङ्‌केत गर्ने असन्तुलित तराजुको चित्र।

    सामाजिक असमानता

    मनोचिकित्सक जेय वाट्‌स यसो भन्छिन्‌: “गरिबी, सामाजिक असमानता, जातीय र लैङ्‌गिक भेदभाव, निकालाबास अनि प्रतिस्पर्धी मनोभावले मानसिक तनाव बढाउँछ।”

    थप जानकारी पाउनुहोस्‌

    jw.org/ne मा परमेश्‍वरले किन पृथ्वी सृष्टि गर्नुभयो? भिडियो हेर्नुहोस्‌।

बाइबल के भन्छ?

पहिले देखाइएको मानिस अस्पतालको खाटमा छन्‌। डाक्टरले तिनको स्वास्थ्यबारे नराम्रो खबर सुनाउँदा तिनकी पत्नी अर्कैतिर फर्किँदै छिन्‌।

दुःखकष्टको पछाडि मानिसको ठूलो हात छ।

दुःखकष्टको लागि तानासाही सरकारहरू पनि धेरै हदसम्म दोषी छन्‌, जसले आफ्नो जनताको हित गर्ने वाचा गरे तापनि तिनीहरूको जीवन झनै कष्टकर बनाइदिएका छन्‌।

‘एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको छ।’—उपदेशक ८:९.

दुःखकष्ट कम गर्न सकिन्छ।

बाइबल सिद्धान्तहरूले स्वास्थ्य राम्रो बनाउन र अरूसित सुमधुर सम्बन्ध गाँस्न मदत गर्छ।

“शान्त हृदयले शरीर स्वस्थ बनाउँछ तर डाहले हड्डी गलाउँछ।”—हितोपदेश १४:३०.

“हरकिसिमको कटुता, रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका साथै हानि गर्ने सबै कुरा त्याग।”—एफिसी ४:३१.

के हामी आफैले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

बाइबल भन्छ: “परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) कुनै-कुनै दुःखकष्ट हाम्रो आफ्नै निर्णयले गर्दा आइपर्छ। त्यसैले डाक्टरहरूले मानिसलाई पोसिलो खानेकुरा खान, व्यायाम गर्न र चुरोट पिउनेजस्ता कुलतहरू त्याग्न सल्लाह दिन्छन्‌। तर सबै दुःखकष्ट मानिसले गर्दा नै भएको हो भन्‍नु ठीक होइन। धेरै मानिस आफ्नो कुनै दोष नभए तापनि दुर्घटना, प्रकोप र अरू दुःखद घटनाहरूको सिकार हुन्छन्‌।

असल मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌?

प्रश्‍न ३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने