प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या २ पृ. १०-११
  • ३. असल मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ३. असल मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • यसबारे सोच्नुहोस्‌:
  • बाइबल के भन्छ?
  • ४. के हामीले दुःखकष्ट भोग्नै पर्छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या २ पृ. १०-११
आमाबुबाले अस्पतालमा आफ्नो छोरालाई हेरिरहेका छन्‌। उसको हातको आधा भाग काटिएको छ।

३. असल मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌?

यस विषयमा किन चासो राख्नुपर्छ?

असल मानिसहरूले दुःख पाउँदा हामीलाई अन्याय भएको जस्तो लाग्छ। हामीले दुःखकष्ट भोग्नै पर्ने हुन्छ, त्यसैले असल मानिस बन्‍नुको कुनै अर्थ छैन भनेर कोही-कोही सोच्ने गर्छन्‌।

यसबारे सोच्नुहोस्‌:

मानिसको मृत्यु र पुनर्जन्मको चक्र चलिरहन्छ भनेर कोही-कोही विश्‍वास गर्छन्‌। तिनीहरूले असल काम गर्नेले फेरि जन्मेर सुखमय जीवन पाउँछ भने खराब काम गर्नेले फेरि जन्मेर दुःखदायी जीवन पाउँछ भन्‍ने धारणा राख्छन्‌। त्यस धारणाअनुसार असल मानिसले “अघिल्लो जन्ममा” कुनै नराम्रो काम गरेको थियो भने उसले वर्तमान जीवनमा दुःख भोग्छ। तर . . .

  • पुनर्जन्म भएको मानिसलाई पहिलेको जन्मबारे केही पनि सम्झना हुँदैन भने विगतको जन्मको दुष्कर्मको लागि दुःख भोग्नुको के नै औचित्य रहन्छ र?

  • यदि पहिलेको जन्मले गर्दा अहिलेको जीवन सुखमय हुँदो हो त हामी स्वस्थ रहन र दुर्घटनाबाट जोगिन किन मेहनत गर्छौँ?

    थप जानकारी पाउनुहोस्‌

    jw.org/ne मा परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भिडियो हेर्नुहोस्‌।

बाइबल के भन्छ?

दुःखकष्ट ईश्‍वरले दिनुभएको सजाय होइन।

त्यसको ठीक विपरीत, दुःखकष्ट भइपरी आउने कुरा हो। प्रायः गलत समयमा गलत ठाउँमा पुगेकोले दुःखकष्ट आइपर्छ।

“वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।”—उपदेशक ९:११.

हामी जन्मजात पापी छौँ, त्यसैले हामीमाथि दुःखकष्ट आइपर्छ।

कसैले गरेको खराब कामलाई मानिसहरू प्रायः “पाप” भन्‍ने गर्छन्‌। तर बाइबलमा असल र खराब दुवै किसिमको मानिसहरूले जन्मजात पाएको अवस्थालाई पाप भनेर बताइएको छ।

“म त जन्मँदै पापी थिएँ, मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।”—भजन ५१:५, फुटनोट।

पापको कारण मानिसहरूले भयावह नतिजा भोग्नुपरेको छ।

यसले ईश्‍वरसितको मात्र नभई सृष्टिका अरू कुराहरूसितको हाम्रो सम्बन्धमा पनि हानि पुऱ्‍याएको छ। फलस्वरूप व्यक्‍तिविशेषमा मात्र नभई पूरै मानिसजातिमाथि पहाडरूपी दुःखकष्ट आइपरेको छ।

“जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।”—रोमी ७:२१.

“सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको छ।”—रोमी ८:२२.

असल मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌?

प्रायजसो दुःखकष्ट असल र खराब दुवै किसिमको मानिस जन्मजात पापी भएकोले आइपर्छ। पापी भएकोले मानिसहरूमा शारीरिक अनि मानसिक समस्या आइपर्नुको साथै अरूलाई हानि पुऱ्‍याउने दुर्गुण पनि विकास हुन्छ।

के ईश्‍वरले यस्तै चाहनुभएको हो? के हामीले दुःखकष्ट भोग्नै पर्छ?

प्रश्‍न ४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने