प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 No. २ pp. १४-१५
  • ५. के दुःखकष्टको अन्त हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ५. के दुःखकष्टको अन्त हुनेछ?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • यसबारे सोच्नुहोस्‌:
  • बाइबल के भन्छ?
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
  • समस्या संसारभरिकै, समाधान संसारभरि नै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 No. २ pp. १४-१५
एउटा परिवार समुद्री किनारामा पिकनिक गर्दै रमाइलो गरिरहेको छ। तिनीहरू हाँसिरहेका छन्‌ र सङ्‌गतिबाट आनन्द उठाइरहेका छन्‌।

५. के दुःखकष्टको अन्त हुनेछ?

यस विषयमा किन चासो राख्नुपर्छ?

यदि दुःखकष्टको अन्त हुन्छ भनेर विश्‍वास गर्न सकिने कारण छ भने त्यसले जीवनप्रति अनि ईश्‍वरप्रतिको हाम्रो सोचाइमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्छ।

यसबारे सोच्नुहोस्‌:

धेरैजसो मानिसहरू दुःखकष्ट हटाउन चाहन्छन्‌ तर तिनीहरूसित त्यो हटाउने क्षमता भने छैन। यी कुराहरू विचार गरौँ:

चिकित्सा क्षेत्रमा उन्‍नति भए तापनि . . .

  • हृदय रोगले सबैभन्दा धेरै मानिस मर्छन्‌।

  • क्यान्सरले प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान लिन्छ।

  • फ्रन्टियर्स इन इम्युनोलोजी पत्रिकामा डाक्टर डेभिड ब्लुमले यस्तो लेखे: “उपचार पत्ता नलागेका अनि नौला रोगहरूका साथै समय-समयमा फैलिरहने महामारीले संसारलाई गाँजिरहेको छ।”

केही मुलुकहरू आर्थिक रूपमा सम्पन्‍न भए तापनि . . .

  • हरेक वर्ष लाखौँ बच्चाको मृत्यु हुन्छ अनि त्यसमा पनि गरिब इलाकमा बस्ने बच्चाहरूको सङ्‌ख्या ठूलो छ।

  • अरबौँ मानिस उपयुक्‍त सरसफाइ नभएको ठाउँमा बस्नुपरेको छ।

  • करोडौँ मानिसले सफा पानी पाइरहेका छैनन्‌।

मानिसहरू मानव अधिकारप्रति सचेत भए तापनि . . .

  • धेरैजसो ठाउँ र देशमा मानव बेचबिखन बढिरहेको छ र त्यहाँ अपराधीहरूले सजाए पाएका छैनन्‌ किनभने अख्तियारवालाहरू “त्यसबारे अनभिज्ञ छन्‌ वा समस्याको समाधान गर्न तिनीहरूसित पर्याप्त स्रोतसाधन छैन,” भनेर संयुक्‍त राष्ट्र सङ्‌घको एउटा रिपोर्टले बताउँछ।

    थप जानकारी पाउनुहोस्‌

    jw.org/ne मा परमेश्‍वरको राज्य के हो? भिडियो हेर्नुहोस्‌।

बाइबल के भन्छ?

ईश्‍वर हाम्रो ख्याल गर्नुहुन्छ।

उहाँ हाम्रो पीडा र दुःखकष्ट बुझ्नुहुन्छ।

“[परमेश्‍वरले] अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन; उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन। उसले मदतको लागि पुकार्दा उहाँले सुन्‍नुभयो।”—भजन २२:२४.

“तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

दुःखकष्ट सधैँभरि रहनेछैन।

ईश्‍वरले हाम्रो लागि राख्नुभएको उद्देश्‍य पूरा हुनेछ भनेर बाइबल प्रतिज्ञा गर्छ।

“[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

ईश्‍वरले मानिसहरूले भोगिरहेको दुःखकष्टलाई निर्मूल पार्नुहुनेछ।

उहाँले आफ्नो राज्यद्वारा त्यसो गर्नुहुनेछ। बाइबलमा त्यसलाई असल सरकार भनिएको छ।

“परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन। अनि त्यो राज्य अरू कसैको हातमा दिइनेछैन। . . . अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।”—दानिएल २:४४.

के दुःखकष्टको अन्त हुनेछ?

पक्कै हुनेछ। तर त्यसको अन्त मानिसहरूले गर्नेछैनन्‌। मानव सरकारहरूले दुःखकष्ट कम गर्न मात्र प्रयास गर्छन्‌ तर ईश्‍वरले भने दुःखकष्टको जरालाई नै उखेल्न सक्नुहुन्छ। उहाँले आफ्नो राज्यमार्फत त्यसो गर्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने