यस संसारको डामाडोल अवस्थाले गर्दा मानिसहरू झन्झनै तनावग्रस्त भइरहेका छन्। त्यसैले तिनीहरू आफूले माया गरेको व्यक्तिबाट चालै नपाई टाढिन्छन्।
साथीहरूबीचको सम्बन्ध फितलो हुन्छ।
पतिपत्नीले एक-अर्कासित रुखो व्यवहार गर्छन्।
छोराछोरीलाई कस्तो चिन्ता लागिरहेको छ भनेर आमाबुबालाई पत्तै हुँदैन अथवा त्यसमा चासो नै लिँदैनन्।
तपाईँले के बुझ्नुपर्छ?
हामीलाई साथीहरू चाहिन्छ किनभने तिनीहरूले गाह्रो अवस्था आइपर्दा भावनात्मक तवरमा सम्हालिन मदत गर्छन्।
अहिलेको डामाडोल संसारमा आइपर्ने तनावहरूले गर्दा परिवारमा सोच्दै नसोचेका समस्याहरू आइपर्न सक्छन्।
नराम्रा खबरहरू सुन्दा वा देख्दा छोराछोरी असाध्यै डराउन सक्छन्।
तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?
बाइबल भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.
तपाईँको कुरा बुझिदिने र व्यावहारिक सल्लाह दिने व्यक्तिसित मदत माग्नुहोस्। त्यस्ता मायालु व्यक्तिहरूको साथ पाउनुभयो भने गाह्रो अवस्था आइपर्दा सहन सक्नुहुनेछ।