प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g24 No. १ pp. १३-१५
  • आफूप्रतिको आदर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूप्रतिको आदर
  • ब्यूँझनुहोस्‌!—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूप्रति आदर देखाउनु किन महत्त्वपूर्ण छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • परिवारमा आदर
    ब्यूँझनुहोस्‌!—२०२४
  • मलाई आफैदेखि किन दिक्क लाग्छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२४
g24 No. १ pp. १३-१५
एउटी स्त्री ऐना हेर्दै छिन्‌ र तिनी दुःखी देखिन्छिन्‌।

आफूप्रतिको आदर

आफूप्रति आदर देखाउनु किन महत्त्वपूर्ण छ?

आफूप्रति आदर देखाउने व्यक्‍तिले जीवनमा समस्याहरू आइपर्दा त्यसको साहसी भई सामना गर्न सक्छन्‌। तिनले सजिलै हार मान्दैनन्‌।

  • अनुसन्धानले देखाएअनुसार आफूप्रतिको आदर अर्थात्‌ आत्मसम्मानको कमी हुने व्यक्‍तिहरू अचाक्ली चिन्ता-फिक्री (anxiety) अनि डिप्रेसनको सिकार हुन सक्छन्‌ र तिनीहरूलाई असन्तुलित खानपानसम्बन्धी मानसिक स्वास्थ्य समस्या (eating disorders) पनि हुन सक्छ। तिनीहरू रक्सी र लागूपदार्थको दुर्व्यसनमा फस्ने खतरा पनि बढ्‌छ।

  • आत्मसम्मान भएका व्यक्‍तिहरू आफूलाई अरूसित तुलना गर्दैनन्‌, जसले गर्दा तिनीहरूलाई आफू वरपरका मानिसहरूसित मिलेर बस्न र तिनीहरूसित बलियो मित्रता गाँस्न सजिलो हुन्छ। अर्कोतर्फ आत्मसम्मानको कमी हुने व्यक्‍तिहरू भने आलोचनात्मक हुन्छन्‌, जसले गर्दा अरूसितको सम्बन्ध टुट्‌न सक्छ।

  • आत्मसम्मान भएका मानिसहरू जस्तोसुकै समस्या आइपरे पनि त्यससित डटिरहन्छन्‌। तिनीहरू त्यस्ता समस्याहरूले गर्दा आफ्नो लक्ष्यसम्म पुग्नदेखि पछि हट्‌दैनन्‌। तर त्यसको ठीक विपरीत आत्मसम्मानको कमी भएका मानिसहरू भने सानो असफलतालाई पनि ठूलो अवरोधको रूपमा हेर्ने गर्छन्‌। यसले गर्दा तिनीहरू सजिलै हार मान्छन्‌।

तपाईँ के गर्न सक्नुहुन्छ?

तपाईँलाई हौसला दिने साथीहरू बनाउनुहोस्‌। अरूको आदर गर्ने, मनैदेखि तपाईँको हित चिताउने र तपाईँको मनोबल बढाउने मानिसहरूसित समय बिताउनुहोस्‌।

“साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

अरूलाई मदत गर्नुहोस्‌। यदि तपाईँ दयालु हुनुहुन्छ र केही पाउने आशा नगरी अरूलाई मदत गर्नुहुन्छ भने तपाईँले दिँदा पाइने साँचो आनन्द अनुभव गर्नुहुनेछ। तपाईँका असल कामहरू अरूले याद नगरे पनि तपाईँ आनन्दित हुन सक्नुहुनेछ।

“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

छोराछोरीलाई आत्मसम्मान विकास गर्न मदत गर्नुहोस्‌। यसो गर्ने एउटा तरिका छोराछोरीको उमेर र क्षमताले भ्याउँछ भने उनीहरूलाई आफ्नो समस्या आफै समाधान गर्न दिएर हो। यसो गर्दा छोराछोरीले समस्या आउँदा हरेस नखान बरु डटेर त्यसको सामना गर्न सिक्नेछन्‌। यसले तिनीहरूको आत्मसम्मान बढाउँछ र वयस्क भएपछि पनि तिनीहरूले आफूलाई आदर गरिरहन सक्नेछन्‌।

“बालकलाई सही बाटोमा लगाऊ; बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।”—हितोपदेश २२:६.

एक जना यहोवाको साक्षी क्याफेमा एउटी स्त्रीलाई बाइबल अध्ययन गराउँदै छिन्‌।
एक जना यहोवाको साक्षी क्याफेमा एउटी स्त्रीलाई बाइबल अध्ययन गराउँदै छिन्‌।

हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?

हाम्रा सभाहरू अनि बाइबल अध्ययनको प्रबन्धले मानिसहरूलाई आफ्नो जीवनशैली सुधार्न मदत गर्छ, जसले गर्दा उनीहरूको आत्मसम्मान बढ्‌छ।

हाम्रा सभाहरू

हरेक हप्ता हुने सभाहरूमा हामी बाइबलआधारित भाषण सुन्‍न सक्छौँ। ती भाषणहरूमा आत्मसम्मान कसरी विकास गर्न सकिन्छ भन्‍नेबारे पनि सुझावहरू दिइन्छ। हाम्रा सभाहरूमा जो-कोही पनि आउन सक्छन्‌, कुनै शुल्क लिइँदैन। उदाहरणका लागि, हाम्रा सभाहरूमा तपाईँ निम्न कुराहरू सिक्न सक्नुहुन्छ:

  • के तपाईँ ईश्‍वरको नजरमा अनमोल हुनुहुन्छ?

  • हाम्रो जीवनको उद्देश्‍य के हो?

  • तपाईँ कसरी अरूसित बलियो र दिगो मित्रता गाँस्न सक्नुहुन्छ?

ती सभाहरूमा तपाईँ “एकअर्काको ख्याल” राख्ने साँचो साथीहरू पाउन सक्नुहुन्छ।—१ कोरिन्थी १२:२५, २६.

हाम्रा सभाहरूबारे थप कुरा बुझ्न jw.org मा सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियो खोज्नुहोस्‌।

बाइबल अध्ययनको प्रबन्ध

हामी सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब प्रयोग गरेर मानिसहरूलाई निश्‍शुल्क बाइबल अध्ययन गराउँछौँ। यस अध्ययन सामग्रीमा महत्त्वपूर्ण बाइबल पदहरू, चित्तबुझ्दो तर्कहरू, सोच्न लगाउने प्रश्‍नहरू, मन छुने भिडियोहरू र सुन्दर चित्रहरू पाउँछौँ। यस्तो अध्ययनले मानिसहरूलाई आत्मसम्मान विकास गर्न र जीवनशैली सुधार्न मदत गर्छ।

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दा कस्ता लाभहरू उठाउन सकिन्छ भनेर थाह पाउन jw.org मा बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने छोटो भिडियो खोज्नुहोस्‌।

इज्रेल मार्टिनेज।

थप जानकारी पाउनुहोस्‌

इज्रेल मार्टिनेज गरिब भएकोले र धेरै लेखपढ नगरेकोले आफूलाई बेकामको ठान्थे। यहोवाका साक्षीहरूको सभामा उपस्थित भएपछि र बाइबल अध्ययन गरेपछि तिनले कसरी आत्मसम्मान विकास गर्न सके भनेर थाह पाउन jw.org मा “अब भने म आफूलाई बेकामको ठान्दिनँ” लेख खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने