प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g24 No. १ pp. १०-१२
  • परिवारमा आदर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवारमा आदर
  • ब्यूँझनुहोस्‌!—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवारमा आदर देखाउनु किन महत्त्वपूर्ण छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२४
g24 No. १ pp. १०-१२
एक पति आफ्नी पत्नीको कुरामा ध्यानै नदिई मोबाइल चलाएर बसिरहेका छन्‌। तिनीहरूको सानो छोराले तिनीहरूलाई हेरिरहेका छन्‌।

परिवारमा आदर

परिवारमा आदर देखाउनु किन महत्त्वपूर्ण छ?

परिवारका सदस्यहरूले एकअर्कालाई आदर देखाउँदा परिवारमा शान्ति कायम हुन्छ र पति, पत्नी अनि छोराछोरी सबैले सुरक्षित महसुस गर्न सक्छन्‌।

  • सुखी वैवाहिक जीवनका सात सिद्धान्त (अङ्‌ग्रेजी) किताबले बताएअनुसार एकअर्कालाई आदर देखाउने पतिपत्नीले “ठूलठूला कुराहरू गरिदिएर मात्र होइन, हरेक दिन एकअर्काको लागि ससाना कुराहरू गरिदिएर पनि माया व्यक्‍त गर्छन्‌।”

  • अनुसन्धानले देखाएअनुसार अरूलाई आदर गर्न सिकेका केटाकेटीको आत्मसम्मान बढ्‌छ, तिनीहरूले आमाबुबासित राम्रो सम्बन्ध कायम गर्न सक्छन्‌ अनि भावनात्मक र मानसिक समस्या भोग्नदेखि पनि धेरै हदसम्म जोगिन सक्छन्‌।

तपाईँ के गर्न सक्नुहुन्छ?

परिवारसँगै छलफल गर्नुहोस्‌। सुरुमा परिवारका सबैले “आदर देखाउनु” भनेको के हो भनेर बुझेका छन्‌ कि छैनन्‌, पक्का गर्नुहोस्‌। त्यसपछि परिवारका प्रत्येक सदस्यले के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर लेख्नुहोस्‌ अनि परिवारसँगै बसेर त्यसबारे छलफल गर्नुहोस्‌। यसो गर्दा परिवारका प्रत्येक सदस्यले एकअर्कालाई कसरी आदर देखाउने भनेर थाह पाउन सक्छन्‌।

“सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ तर धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।”—हितोपदेश १५:२२.

उदाहरण बसाल्नुहोस्‌। तपाईँ आफ्नो परिवारसित कस्तो व्यवहार गर्नुहुन्छ, केलाउनुहोस्‌। के तपाईँ आफ्नो परिवारको सदस्यले गल्ती गर्दा तिनको आलोचना गर्नुहुन्छ? तिनले आफ्नो विचार व्यक्‍त गर्दा के तपाईँ तिनको कुरालाई हाँसोमा उडाइदिनुहुन्छ? अथवा के तपाईँ तिनले केही भन्दा तिनको कुरालाई बेवास्ता गर्ने वा बीचैमा कुरा काट्‌ने गर्नुहुन्छ?

सुझाव: आदर भनेको तपाईँको जोडी र छोराछोरीले कमाउनुपर्ने कुराको रूपमा होइन बरु तपाईँले तिनीहरूलाई दिनै पर्ने कुराको रूपमा हेर्नुहोस्‌।

“एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।”—रोमी १२:१०.

कुरा नमिल्दा पनि आदर देखाउनुहोस्‌। परिवारको सदस्यसित कुनै विषयमा असमझदारी हुँदा “कहिल्यै” वा “जहिल्यै” जस्ता शब्दहरू नचलाउनुहोस्‌। उदाहरणका लागि, “तपाईँ कहिल्यै मलाई समय दिनुहुन्‍न” वा “तिमी जहिल्यै कचकच गर्छ्यौ।” यस्ता शब्दहरू प्रयोग गर्दा तपाईँले परिवारको सदस्यको व्यक्‍तित्वमा नै प्रश्‍न उठाइरहनुभएको हुन्छ अनि तिलजस्तो सानो समस्या पनि पहाड बन्‍न सक्छ।

“मीठो जवाफले रिसलाई शान्त पार्छ तर कठोर बोलीले रिस उठाउँछ।”—हितोपदेश १५:१.

एक युवती jw.org मा भिडियो हेर्दै छिन्‌।

हामी यहोवाका साक्षीहरू के गर्दै छौँ?

हामी परिवारमा एकअर्कालाई आदर देखाउन सिकाउँछौँ। हाम्रा लेखहरू, किताबहरू, पुस्तिकाहरू र भिडियोहरूमा अक्सर यसबारे चर्चा गरिन्छ र यी सामग्रीहरू निश्‍शुल्क उपलब्ध छन्‌।

दम्पतीहरू: परिवारका लागि भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूले पति र पत्नीलाई निम्न कुरा गर्न मदत गर्छ:

  • राम्ररी कुरा सुन्‍न

  • कृतज्ञता व्यक्‍त गर्न

  • झगडा सुल्झाउन

(jw.org मा “परिवारका लागि” खोज्नुहोस्‌।)

आमाबुबाहरू: परिवारका लागि भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूले आमाबुबालाई आफ्ना छोराछोरीलाई निम्न कुराहरूको लागि तालिम दिन मदत गर्छ:

  • नम्र हुन

  • घरायसी काममा सघाउन

  • जिम्मेवार हुन

(jw.org मा “छोराछोरी हुर्काउने” र “किशोरकिशोरी हुर्काउने” खोज्नुहोस्‌।)

“छोराछोरीले सिक्नुपर्ने छ वटा पाठ” विषयको ब्यूँझनुहोस्‌! सङ्‌ख्या २, २०१९ अनि “पारिवारिक जीवन सफल बनाउने १२ रहस्य” विषयको ब्यूँझनुहोस्‌! सङ्‌ख्या २, २०१८ को पृष्ठ ८-११ मा भएका लेखहरू पनि हेर्नुहोस्‌। (jw.org मा यी अङ्‌कहरू खोज्नुहोस्‌।)

युवाहरू: jw.org को किशोरकिशोरी र युवायुवती भन्‍ने भागमा भएका लेखहरू, भिडियोहरू र अभ्यास सामग्रीहरूले युवाहरूलाई निम्न कुराहरू गर्न मदत दिन्छ:

  • दाजुभाइ दिदीबहिनीसित मिलेर बस्न

  • आमाबुबाले तोक्नुभएका नियमहरूबारे आदरपूर्वक कुरा गर्न

  • आमाबुबाको भरोसा जित्न

(jw.org मा “किशोरकिशोरी र युवायुवती” खोज्नुहोस्‌।)

jw.org वेबसाइट प्रयोग गर्न कुनै शुल्क लाग्दैन। साथै वेबसाइटको सदस्यता लिनु पर्दैन वा ग्राहक पनि बन्‍नु पर्दैन अनि तपाईँको व्यक्‍तिगत जानकारी पनि मागिँदैन।

जोसेफ इरेनबोगेन।

थप जानकारी पाउनुहोस्‌

जोसेफ इरेनबोगेन लागूपदार्थ सेवन गर्थे र आफ्नो परिवारसित हिंस्रक व्यवहार गर्थे। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि तिनको पारिवारिक जीवन कसरी राम्रो भयो भनेर बुझ्न jw.org मा “मैले स्त्रीहरूलाई र आफैलाई आदर गर्न सिकेँ” लेख खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने