प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g25 सङ्‌ख्या १ पृ. ६-९
  • बुद्धिमानीपूर्वक पैसाको प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमानीपूर्वक पैसाको प्रयोग गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसो गर्नु किन महत्त्वपूर्ण छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • कम खर्चमा कसरी गुजारा टार्ने
    थप लेखहरू
  • २ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
  • आफ्नो औकातअनुसार जिउने—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
ब्यूँझनुहोस्‌!—२०२५
g25 सङ्‌ख्या १ पृ. ६-९
चित्रहरूको सँगालो: १. बुबाआमा खाना खाने टेबुलमा खर्च हिसाब गर्दै छन्‌ र छोरीचाहिँ नजिकै किचेनमा छिन्‌। २. फोनमा क्याल्कुलेटर खोलिएको छ र त्यसको तल केही बिलहरू छन्‌।

बढ्‌दो महङ्‌गी—एउटा ठूलो समस्या

बुद्धिमानीपूर्वक पैसाको प्रयोग गर्नुहोस्‌

महङ्‌गी हामी सबैको लागि एउटा चुनौती हो। तर यसले गर्दा हामीले लाचार महसुस गर्नु पर्दैन। यस्तो परिस्थितिको सामना गर्न तपाईँले विभिन्‍न उपायहरू अपनाउन सक्नुहुन्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

पैसाको प्रयोग राम्ररी गर्नुभएन भने तपाईँको आर्थिक अवस्था डामाडोल हुनेछ र तपाईँलाई चिन्ता फिक्रीले पिरोल्नेछ। तपाईँसित खासै पैसा छैन होला तैपनि केही तरिकाहरू अपनाउँदा तपाईँले आफूसित भएको पैसा ठीकसित प्रयोग गर्न सक्नुहुनेछ।

तपाईँ के गर्न सक्नुहुन्छ?

अनावश्‍यक खर्च नगर्नुहोस्‌। अनावश्‍यक कुरामा पैसा खेर फाल्नुभएन भने तपाईँले केही पैसा बचत गर्न सक्नुहुनेछ र भइपरी आउने अवस्थाको लागि तयार रहन सक्नुहुनेछ।

अनावश्‍यक खर्च हुन नदिन एउटा बजेट तयार पार्नुहोस्‌। आफ्नो कमाइ कति छ र खर्च कति हुन्छ भनेर सूची बनाउनुहोस्‌। त्यसरी सूची बनाउँदा आफूलाई अत्यन्तै आवश्‍यक कुराहरू मात्र लेख्नुहोस्‌। तपाईँले बनाउनुभएको बजेटअनुसारै चल्ने कोसिस गर्नुहोस्‌ र पछि गएर आफ्नो आम्दानी वा खर्चमा केही घटबढ भयो भने आवश्‍यक छाँटकाँट गर्नुहोस्‌। यदि तपाईँ विवाहित हुनुहुन्छ भने आफ्नो जोडीसँगै मिलेर यससम्बन्धी निर्णयहरू गर्नुहोस्‌।

यसो गरे कसो होला? उधारोमा वा ऋण लिएर सरसामान नकिन्‍नुहोस्‌। केही सामान किन्दै हुनुहुन्छ भने अनलाइनमार्फत तिर्नुको सट्टा सकेसम्म नगद प्रयोग गर्नुहोस्‌। यसो गर्दा थुप्रैलाई आफ्नो बजेटमै रहन र अनावश्‍यक खर्चदेखि जोगिन सजिलो भएको छ। साथै आफ्नो बैङ्‌क खातामा कति रकम बाँकी छ भनी बेलाबेला हेर्ने गर्नुहोस्‌। यसो गर्दा तपाईँ आफ्नो बजेटअनुसारै चल्न सक्नुहुनेछ र तपाईँको चिन्ता पनि कम हुनेछ।

कम खर्चमा गुजारा टार्न सजिलो त छैन तर व्यावहारिक हुँदै अनि सोचविचार गर्दै बजेट बनाउँदा तपाईँलाई निकै मदत मिल्नेछ। पैसाले गर्दा हुने चिन्ता-फिक्रीदेखि पनि तपाईँ अलग रहन सक्नुहुनेछ।

‘खर्च हिसाब गर्नुहोस्‌।’—लुका १४:२८.


आफ्नो जागिरको मोल गर्नुहोस्‌। तपाईँले आफ्नो जागिर नगुमाउन कस्ता व्यावहारिक कदमहरू चाल्न सक्नुहुन्छ? समयनिष्ठ हुनुहोस्‌, कामप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्‌, अरूलाई मदत गर्न अग्रसर हुनुहोस्‌, मेहनती हुनुहोस्‌ र आदर देखाउनुहोस्‌। साथै नियमहरू पालन गर्नुहोस्‌ र आफ्नो सिप तिखार्नुहोस्‌।


पैसा खेर नफाल्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘के मेरो पैसा खेर फाल्ने बानी छ?’ उदाहरणको लागि, थुप्रै मानिसहरूले आफ्नो मेहनतको कमाइ चुरोट, रक्सी, लागूऔषध र जुवातासजस्ता कुराहरूमा उडाउने गर्छन्‌। यस्तो बानीले तिनीहरूको स्वास्थ्य र जागिर दुवैमा असर पुऱ्‍याउँछ।

“आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ; . . . चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो।”—हितोपदेश ३:१३, १४.


आकस्मिक अवस्थाको लागि बचत गर्नुहोस्‌। यदि सक्नुहुन्छ भने आकस्मिक अवस्थाको लागि केही पैसा छुट्ट्याएर राख्नुहोस्‌। यसो गर्नुभयो भने परिवारमा कसैलाई स्वास्थ्य समस्या आइपर्दा, जागिर गुम्दा वा कुनै नचिताएको घटना घट्‌दा तपाईँ अत्तालिनुहुनेछैन।

“कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ।”—उपदेशक ९:११.

पैसा बचत गर्ने तरिकाहरू

सिसाको जारमा सिक्काहरू छन्‌।

घरको खाना खानुहोस्‌।

प्रायः रेस्टुराँमा खाने बानी गऱ्‍यौँ भने बढी पैसा खर्च हुन्छ। हुनत घरमै खाना बनाउँदा केही समय र शक्‍ति लाग्न सक्छ तर यसो गर्दा पैसा बचत गर्न सजिलो हुन्छ। साथै तपाईँले पोषणयुक्‍त खानेकुरा खान सक्नुहुनेछ।

विचार पुऱ्‍याउँदै किनमेल गर्नुहोस्‌।

  • के-कति सामान लिने भनेर पहिल्यै सूची बनाउनुहोस्‌ र त्यसबाहेक अरू सामान नलिनुहोस्‌।

  • कुनै सामान धेरै मात्रामा किन्दा सस्तोमा पाइन्छ भने सम्भव भएसम्म एकैचोटि किनेर राख्नुहोस्‌। तर छिटै बिग्रन सक्ने खानेकुराहरू छन्‌ भने त्यसलाई चिसो ठाउँमा जोगाएर राख्नुहोस्‌।

  • ब्रान्डअनुसार मूल्य फरक-फरक हुने भएकोले गुणस्तरमा त्यति अन्तर छैन भने सस्तो ब्रान्डको सामान खोज्नुहोस्‌।

  • के तपाईँ बस्ने ठाउँमा अनलाइन सपिङको सुविधा छ? कहिलेकाहीँ अनलाइनमा सामानहरू सस्तो पाइने सम्भावना बढी भएकोले अनलाइन सपिङ गर्दा तपाईँलाई फाइदा हुनेछ र खर्चको रेकर्ड राख्न पनि सजिलो हुनेछ।

  • किनमेल गर्दा कतै सेल लागेको छ कि भनेर याद गर्नुहोस्‌ वा कुपनहरू प्रयोग गर्नुहोस्‌। साथै इलेक्ट्रोनिक सामान खरिद गर्दा त्यसले कतिसम्म बिजुली र पानीको खपत गर्छ भनेर पनि हिसाब गर्नु बेस हुन्छ।

विचार पुऱ्‍याएर मात्र नयाँ सामान लिनुहोस्‌।

मोबाइल र अन्य उपकरण बनाउने कम्पनीहरूले आफ्नो नाफा बढाउन वर्षैपिच्छे नयाँ मोडल निकाल्ने गर्छन्‌। त्यसैले आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘के मैले नयाँ डिभाइस लिनु साँच्चै आवश्‍यक छ? यदि छ भने के मैले त्यो तत्कालै लिनुपर्छ? अनि के मलाई नयाँ मोडल नै चाहिन्छ?’

मर्मत गरेर पुनःप्रयोग गर्नुहोस्‌।

आफ्नो सरसामानलाई राम्रो अवस्थामा राख्नुहोस्‌ अनि ती सामानहरू बिग्रिएमा मर्मत गरेर फेरि चलाउनुहोस्‌। तपाईँले राम्रो अवस्थामा भएको सेकेन्ड-ह्‍यान्ड सामान पनि किन्‍न सक्नुहुन्छ।

आफ्नै करेसाबारी लगाउनुहोस्‌।

के तपाईँ आफ्नो घरको कुनै सानो ठाउँमा सागसब्जी रोप्न सक्नुहुन्छ? यसो गर्नुभयो भने तपाईँको पैसा बच्नेछ। त्यति मात्र होइन, तपाईँले सागसब्जीहरू बाँडचुँड गर्न वा बेच्न पनि सक्नुहुन्छ।

“मेहनती मानिसले बनाएको योजना सफल हुन्छ।”—हितोपदेश २१:५.

क्रेडिट कार्ड।

“हामी दैनिक रूपमा प्रयोग हुने सामानहरूको मूल्यबारे जानकार रहन्छौँ। साथै हामी क्रेडिट कार्डको प्रयोग कम गर्न पनि प्रयास गर्छौँ।”—माइल्स, बेलायत।

नोटकपी, कलम र गाडीको चाबी।

“घरायसी सरसामान किन्‍नुअघि म र मेरो परिवार आवश्‍यक सामानहरूको एउटा सूची बनाउँछौँ।”—जेरेमि, अमेरिका।

प्लानर र क्याल्कुलेटर।

“हाम्रो परिवार आफूले किन्‍न लागेको सामानहरूको लागि पुग्ने पैसा छ कि छैन भनेर बेलाबेला पक्का गरिरहन्छौँ। साथै भइपरी आउने अवस्थाहरूको लागि पनि केही पैसा छुट्ट्याएर राख्छौँ।”—याएल, इस्राएल।

रेन्चु र पेचकस।

“हामी आफ्ना छोराछोरीलाई कार वा कुनै सामान बिग्रिएमा नयाँ किनिहाल्नुको सट्टा त्यसलाई मर्मत गर्न सिकाउँछौँ। साथै हामी नयाँ मोडलकै सामान किन्‍नुपर्छ भन्‍ने धारणा राख्दैनौँ।”—जेफ्रि, अमेरिका।

“मैले खर्च कम गर्नको लागि आफ्नो बारीमा तरकारीहरू लगाएको छु र कुखुराहरू पनि पालेको छु। यसले गर्दा मैले अरूसित पनि केही तरकारी बाँडचुँड गर्न सकेको छु।”—होनो, म्यानमार।

एक पुरुष बारीमा थरीथरीका तरकारीहरू लगाउँदै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने