भाग ३
मिश्रबाट छुटकारा पाएको समयदेखि इस्राएलको पहिलो राजासम्म
मोशाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाएर सीनै पर्वतमा लग्यो र त्यहाँ परमेश्वरले उनीहरूलाई उहाँका नियमहरू दिनुभयो। केही समयपछि मोशाले १२ जनालाई कनान देशको चियो गर्न पठायो। तर उनीहरूमध्ये १० जनाले खराब समाचार ल्याए। उनीहरूको कुरा सुनेर इस्राएलीहरू फेरि मिश्र फर्कन चाहे। उनीहरूको विश्वास कम भएको देखेर परमेश्वरले इस्राएलीहरूलाई ४० वर्षसम्म उजाड-स्थानमा भौंतारिन लगाउनुभयो।
अन्तमा इस्राएलीहरूलाई कनान देशमा लैजान यहोशू नाइके छानियो। यहोवाले थुप्रै चमत्कारहरू गर्नुभएर त्यस देशलाई कब्जा गर्न मदत दिनुभयो। उहाँले यर्दन नदीलाई सुकाउनुभयो, यरीहोको पर्खाल भत्काउनुभयो र दिनभरि घामलाई एकै ठाउँमा अड्याउनुभयो। छ वर्षपछि कनानीहरूको देश कब्जा गरियो।
यहोशूको समयदेखि ३५६ वर्ष पछिसम्म इस्राएलीहरूमाथि न्यायकर्ताहरूले शासन गरे। उनीहरूमध्ये धेरैको विषयमा हामी सिक्नेछौं। जस्तै, बाराक, गिदोन, यिप्तह, शिमशोन र शमूएल। हामी राहाब, दबोरा, याएल, रूथ, नाओमी र दलीला जस्ता आइमाईहरूबारे पनि पढ्नेछौं। भाग तीनमा जम्माजम्मी ३९६ वर्षको इतिहास छ।