प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ३४
  • नौलो खानेकुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नौलो खानेकुरा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • ‘स्वर्गको अन्‍नबाट’ फाइदा उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • तामाको सर्प
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ३४
इस्राएली आमा-छोरा मन्‍न टिप्दै

कथा ३४

नौलो खानेकुरा

मान्छेहरूले भुइँबाट के टिप्दैछन्‌, के तिमी भन्‍न सक्छौ? हेर्दा त, तुसारोजस्तो सेतो-सेतो, पातलो अनि पत्रै-पत्र परेको देखिन्छ। तर यो तुसारो होइन। यो खानेकुरा हो।

इस्राएलीहरूले मिश्र छोडेको एक महिना जति भइसकेको छ। अहिले उनीहरू उजाड-स्थानमा छन्‌। यहाँ थोरै मात्र खानेकुरा पाइन्छ। यसकारण इस्राएलीहरू यसो भन्दै गनगन गर्छन्‌: ‘हामीलाई यहोवाले मिश्रमै मार्नुभएको भए पनि हुन्थ्यो। कमसेकम त्यहाँ हामीसित प्रशस्त खानेकुरा त थियो।’

इस्राएलीहरूको गनगन सुनेर यहोवा यसो भन्‍नुहुन्छ: ‘म आकाशबाट खानेकुरा बर्षाउनेछु।’ अनि यहोवाले त्यसै गर्नुहुन्छ। भोलिपल्ट बिहान, इस्राएलीहरूले भुइँभरि झरेको सेतो कुरा देख्दा एकअर्कालाई सोध्छन्‌: ‘यो के हो?’

अनि मोशाले यस्तो जवाफ दिन्छ: ‘यो यहोवाले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।’ इस्राएलीहरू त्यसलाई मन्‍न भन्‍ने नाउँ दिन्छन्‌। त्यसको स्वाद महमा पकाएको पातलो रोटीजस्तै हुन्छ।

मोशा इस्राएलीहरूलाई यसो पनि भन्छ: ‘हरेक व्यक्‍तिले आफूले खान सक्ने जति मात्र टिप्नू।’ इस्राएलीहरूले हरेक बिहान त्यसै गर्छन्‌। अनि घाम चर्किएपछि भुइँमा बाँकी रहेको मन्‍न पग्लेर बिलाउँछ।

मोशा अझै यसो भन्छ: ‘कसैले पनि यो मन्‍नलाई भोलिको लागि बचाएर नराख्नू।’ तर कुनै-कुनै इस्राएलीले टेर्दैन। नटेर्दाखेरि के हुन्छ, तिमीलाई थाह छ? उनीहरूले साँचेर राखेको मन्‍न भोलि बिहानसम्ममा स्याउँ-स्याउँती कीरा परेर गन्हाउन थालिसकेको हुन्छ!

इस्राएलीहरू मन्‍न टिप्दै

तर, हप्ताको एक दिन अर्थात्‌ छैटौं दिनमा चाहिं दुई गुणा मन्‍न जम्मा गर्नू र केही मन्‍न भोलिपल्टका लागि साँचेर राख्नू भनेर यहोवाले इस्राएलीहरूलाई भन्‍नुहुन्छ। किनभने सातौं दिनमा उहाँले मन्‍न बर्साउनुहुन्‍न। अचम्मलाग्दो कुरा, इस्राएलीहरूले छैटौं दिन दुई गुणा मन्‍न जम्मा गरे पनि भोलिपल्ट त्यसमा न त कीरा पर्छ न त्यो गन्हाउँछ!

इस्राएलीहरू उजाड-स्थानमा रहुन्जेल यहोवाले मन्‍न खुवाउनुहुन्छ।

प्रस्थान १६:१-३६; गन्ती ११:७-९; यहोशू ५:१०-१२.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने