प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ ४ पृ. १०-११
  • आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • यिप्तहको भाकल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यिप्तहको भाकल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यिप्तह एक आध्यात्मिक व्यक्‍ति थिए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ ४ पृ. १०-११
इस्राएली सेना दुश्‍मनविरुद्ध युद्ध लडिरहेको बेला यिप्तह यहोवालाई प्रार्थना गर्दै छन्‌

पाठ ४

आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी

इस्राएली सेना दुश्‍मनविरुद्ध युद्ध लडिरहेको बेला यिप्तह यहोवालाई प्रार्थना गर्दै छन्‌

यिप्तहले यहोवासित कस्तो वाचा गऱ्‍यो?

यिप्तह, युद्धबाट घर फर्कंदै, आफूलाई भेट्‌न आएकी छोरीलाई अङ्‌गालो हाल्छन्‌

गाह्रो भए पनि यिप्तहकी छोरीले आफ्नो बुबाको वाचा पूरा गरी

चित्रमा हेर त, तिमीले एउटी सानी केटीलाई देख्यौ?— ऊ यिप्तहकी छोरी हो। बाइबलमा उसको नाम लेखिएको छैन। तर उसले आफ्नो बुबा र यहोवालाई खुसी बनाई भनेर चाहिं हामी थाह पाउन सक्छौं। अब हामी यिप्तह र उसकी छोरीको कथा सुनौं है त!

यिप्तह असल मानिस थियो। उसले आफ्नी छोरीलाई यहोवाबारे धेरै कुरा सिकाएको थियो। यिप्तह बलियो थियो। ऊ डराउँदैनथ्यो। त्यसैले लडाइँमा जान इस्राएलीहरूले उसलाई नाइके बनाए।

लडाइँ जित्न सकियोस्‌ भनेर यिप्तहले यहोवालाई प्रार्थना गऱ्‍यो। लडाइँ जितें भने आफ्नो घरबाट बाहिर निस्कने पहिलो मान्छे यहोवालाई दिन्छु भनेर पनि उसले वाचा गऱ्‍यो। घरबाट निस्कने पहिलो मान्छेले जीवनभर यहोवाको बासस्थानमा काम गर्नुपर्थ्यो र त्यहीं बस्नुपर्थ्यो। बासस्थानमा मानिसहरू यहोवाको सेवा गर्थे। तिमीलाई थाह छ, लडाइँ कसले जित्यो? लडाइँ यिप्तहले नै जित्यो! यिप्तह घर फर्कंदा उसको घरबाट सबैभन्दा पहिला को निस्कियो, तिमीलाई थाह छ?—

यिप्तहकी छोरी! यिप्तहका अरू छोराछोरी थिएनन्‌। अब यिप्तहले आफ्नी प्यारी छोरीलाई घरबाट टाढा पठाउनुपर्ने भयो। यिप्तह असाध्यै दुःखी भयो। तर उसले परमेश्‍वरसित वाचा गरिसकेको थियो। आफ्नो बुबालाई छोडेर टाढा जान यिप्तहकी छोरीले मानी कि मानिन? यिप्तहकी छोरीले गाह्रो नमानी आफ्नो बुबालाई यसो भनी, ‘बाबा, तपाईंले यहोवालाई वाचा गरिसक्नुभयो। तपाईंले त्यो पूरा गर्नै पर्छ।’

यिप्तहकी छोरी यहोवाको बासस्थानको लागि दाउरा बटुल्दै छिन्‌; तिनको साथी तिनलाई भेट्‌न आउँदैछन्‌

हरेक वर्ष यिप्तहकी छोरीका साथीहरू उसलाई भेट्‌न आउँथे

हुन त, यिप्तहकी छोरीलाई पनि दुःख लागेको थियो। किन थाह छ? किनभने यहोवाको बासस्थानमा सेवा गर्न गएपछि उसले बिहे गर्न पाउने थिइन। अनि उसका छोराछोरी पनि हुने थिएनन्‌। तर ऊ जसरी भए पनि आफ्नो बुबाको वाचा पूरा गर्न र यहोवालाई खुसी बनाउन चाहन्थी। बिहे गर्नु र छोराछोरी जन्माउनुभन्दा यहोवालाई खुसी बनाउनु नै उसको लागि ठूलो कुरा थियो। त्यसैले उसले घर छोडी र यहोवाको बासस्थानमा जीवनभर बसी।

यो देखेर यहोवालाई अनि उसको बुबालाई कस्तो लाग्यो होला?— हो, यहोवा खुसी हुनुभयो, अनि उसको बुबा यिप्तह पनि! तिमी पनि ज्ञानी भयौ, भनेको कुरा मान्यौ र यहोवालाई माया गऱ्‍यौ भने यिप्तहकी छोरीजस्तै हुनेछौ। अनि यहोवा पनि खुसी, बाबा पनि खुसी!

बाइबल खोलेर पढ

  • व्यवस्था ६:४-६

  • न्यायकर्त्ता ११:३०-४०, NRV

  • १ कोरिन्थी ७:३७, ३८

प्रश्‍न:

  • यिप्तह कस्तो मानिस थियो? उसले लडाइँमा जानुअघि यहोवालाई के भनेको थियो?

  • बासस्थानमा गएपछि यिप्तहकी छोरीले के-के गर्न पाउँदिन थिई?

  • यिप्तहकी छोरीले जीवनभर के गर्नुपर्थ्यो?

  • यिप्तहकी छोरीजस्तै हुन तिमीले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने