प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ५८
  • दाऊद र गोल्यत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दाऊद र गोल्यत
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • ‘लडाइँ यहोवाकै हो’
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • “लडाइँ परमप्रभुकै हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • दाउद र गोल्यत
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • नडराउने ठिटो
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ५८
दाऊदले घुँयेत्रोले हान्दै गरेको दृश्‍य हेरिरहेका इस्राएलीहरू

कथा ५८

दाऊद र गोल्यत

पलिश्‍तीहरू फेरि इस्राएलीहरूसित लडाइँ गर्न आउँछन्‌। दाऊदका तीन जना दाइ अहिले शाऊलको सेनामा छन्‌। एकदिन यिशैले दाऊदलाई यसो भन्छ: ‘दाइहरूका लागि रोटी र अन्‍न लगिदेऊ। साथै उनीहरूको हालखबर पनि बुझेर आऊ।’

सिपाहीहरूको छाउनीमा पुगेपछि दाऊद दगुर्दै सिपाहीहरूको हूलमा आफ्ना दाइहरूलाई खोज्न थाल्छ। पलिश्‍ती राक्षस गोल्यत इस्राएलीहरूको ठट्टा गर्न बाहिर निस्कन्छ। उसले बितेको ४० दिनदेखि हरेक बिहान र बेलुकी त्यसै गरिरहेको छ। ऊ कराउँदै यसो भन्छ: ‘मसँग लड्‌नलाई तिमीहरूमध्ये एक जना छान। यदि एक्लै लडेर त्यसले मलाई मार्नसक्यो भने हामी तिमीहरूका दास हुनेछौं। तर मैले त्यसलाई मारें भने तिमीहरूले हाम्रो सेवा गर्नु पर्नेछ। यसकारण, हिम्मत छ भने मसित लड्‌न एक जना मान्छे पठाओ!’

गोल्यत र पलिश्‍ती सिपाहीहरू

दाऊदले केही सिपाहीहरूलाई सोध्छ: ‘जसले यो पलिश्‍तीलाई मारेर इस्राएलको इज्जत बचाउँछ, उसले के इनाम पाउँछ?’

सिपाहीले जवाफ दिंदै भन्छ: ‘शाऊलले त्यसलाई थुप्रै धन-सम्पत्ति दिनेछ। साथै, उसको आफ्नी छोरीसित बिहे पनि गराइदिनेछ।’

तर सबै इस्राएलीहरू गोल्यतसित डराउँछन्‌ किनभने ऊ असाध्यै ठूलो छ। ऊ ९ फुटभन्दा (करिब ३ मिटर) अग्लो छ र उसको ढाल अर्को सिपाहीले बोकिदिनुपर्छ।

दाऊद गोल्यतसित लडाइँ गर्न चाहन्छ भनेर केही सिपाहीहरू राजा शाऊललाई भन्छन्‌। तर शाऊल दाऊदलाई यसो भन्छ: ‘तिमी यो पलिश्‍तीसित लडाइँ गर्न सक्दैनौ। तिमी भर्खरको ठिटै छौ। त्यसले जीवनभरि लडाइँ गर्दै आएको छ।’ तर दाऊद यो जवाफ दिन्छ: ‘मेरा बुबाको भेडा खोसेर लैजाने भालु र सिंहलाई मैले मारेको छु। र यो पलिश्‍तीलाई म त्यस्तै गर्नेछु। किनभने यहोवाले मलाई मदत गर्नुहुनेछ।’ यो सुनेपछि शाऊल भन्छ: ‘जाऊ र यहोवाले तिमीलाई मदत गरून्‌।’

दाऊद तल खोलानेर जान्छ र पाँच वटा चिल्ला ढुंगाहरू आफ्नो झोलामा हाल्छ। त्यसपछि आफ्नो घुँयेत्रो लिएर त्यो राक्षससित लड्‌न जान्छ। एउटा फुच्चे केटो आफूसित लड्‌न आएको देखेर गोल्यत असाध्यै छक्क पर्छ। दाऊदलाई सजिलैसित मार्छु भनेर उसले विचार गर्छ।

गोल्यत यसो भन्दै कराउँछ: ‘आइज, म तेरो मासु चरा र जनावरहरूलाई खुवाइदिन्छु।’ तर दाऊद यस्तो जवाफ फर्काउँछ: ‘तँ मसँग लड्‌न तरबार, भाला र बर्छा लिएर आएको छस्‌, तर म तँसँग लड्‌न यहोवाको नाउँ लिएर आउँदैछु। आज यहोवाले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ र म तँलाई खतम पार्नेछु।’

यति भनेर दाऊद गोल्यततिर दगुर्दै जान्छ। उसले आफ्नो झोलाबाट एउटा ढुंगा निकालेर घुँयेत्रोमा हाल्छ र त्यसलाई भएभरको बलले घुमाएर हान्छ। ढुंगा सोझै गोल्यतको टाउकोमा लाग्छ र ऊ डङ्‌ग्रङ्‌ङ पछारिएर मर्छ! आफ्नो वीर सिपाही लडेको देखेपछि पलिश्‍तीहरू फनक्क फर्केर भाग्न थाल्छन्‌। तर इस्राएलीहरू उनीहरूलाई खेद्‌छन्‌ र लडाइँ जित्छन्‌।

१ शमूएल १७:१-५४.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने