प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ ६ पृ. १४-१५
  • नडराउने ठिटो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नडराउने ठिटो
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • दाउद र गोल्यत
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • ‘लडाइँ यहोवाकै हो’
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • दाऊद र गोल्यत
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ ६ पृ. १४-१५

पाठ ६

नडराउने ठिटो

डर लागेको बेला तिमी के गर्छौ?— ममी-बाबाकहाँ गएर ठूलो स्वरले ‘ममी, बाबा, मलाई डर लाग्यो!’ भन्छौ होला होइन? तिमीलाई थाह छ, हामीलाई मदत गर्ने अर्को एक जना पनि हुनुहुन्छ! उहाँ एकदमै बलियो हुनुहुन्छ। उहाँ जत्तिको बलियो अरू कोही छैन। उहाँ को हुनुहुन्छ, तिमीलाई थाह छ?— हो, यहोवा परमेश्‍वर। अब हामी बाइबलमा लेखिएको एक जना केटाको बारेमा पढौं है त! त्यो केटाको नाम दाऊद हो। यहोवाले जहिले पनि मदत गर्नुहुन्छ भनेर उसलाई थाह थियो। त्यसैले ऊ डराएन।

यहोवालाई माया गर्नुपर्छ भनेर दाऊदलाई आमाबुबाले सानैदेखि सिकाएका थिए। दाऊद यहोवालाई असाध्यै माया गर्थ्यो। त्यसैले डरलाग्दो समयमा पनि ऊ आत्तिएन। यहोवा मिल्ने साथी हुनुहुन्छ र उहाँले मदत गर्नुहुन्छ भनेर दाऊदलाई थाह थियो। एकदिन छ नि, दाऊद भेडा चराइरहेको बेला एउटा ठूलो सिंह आउँछ। त्यो सिंहले एउटा भेडालाई मुखले च्याप्प समातेर लैजान्छ। त्यतिबेला दाऊद के गर्छ? उसले सिंहलाई लखेटेको-लखेट्यै गर्छ। अनि त्यो सिंहलाई कुटीकुटी मारिदिन्छ! भालुले भेडालाई खान खोज्दा पनि दाऊदले त्यो भालुलाई मारिदिन्छ। दाऊदलाई कसले मदत गरेको होला?— यहोवा परमेश्‍वरले!

अर्को एकचोटि पनि दाऊदले नडराईकन काम गर्छ। इस्राएलीहरू पलिश्‍ती देशका मान्छेहरूसित लडाइँ गरिरहेका हुन्छन्‌। पलिश्‍तीहरूको एक जना सिपाही निकै डरलाग्दो अनि ठूलो थियो। उसको नाम गोल्यत थियो। उसले इस्राएलका सिपाहीहरूको अनि यहोवा परमेश्‍वरको खिसी गरिरहेको थियो। ‘मसित को लडाइँ गर्न सक्छ, ल आइज!’ भन्दै त्यो कराइरहेको थियो। सबै इस्राएलीहरू डरले थुरथुर कामिरहेका थिए। दाऊदले पनि त्यो मान्छेले भनेको कुरा सुन्छ। त्यसपछि दाऊदले त्यसलाई यसो भन्छ: ‘म गर्छु तँसित लडाइँ! मलाई यहोवाले मदत गर्नुहुन्छ। म तँलाई हराइदिन्छु।’ तिम्रो विचारमा दाऊदलाई डर लाग्यो कि लागेन होला?— दाऊद बहादुर थियो। त्यसपछि के भयो, सुन है त!

दाऊदले एउटा घुयेंत्रो अनि पाँचवटा सानो-सानो चिल्लो ढुङ्‌गा टिप्छ। अनि गोल्यतसित लडाइँ गर्न जान्छ। दाऊद फुच्चे थियो। त्यसैले गोल्यतले उसलाई जिस्काउँछ। तर दाऊदले गोल्यतलाई यसो भन्छ; ‘तँ त मसित लडाइँ गर्न तरवार लिएर आएको छस्‌। तर म त तँसित लडाइँ गर्न यहोवाको नाममा आएको छु।’ त्यसपछि दाऊदले आफ्नो घुयेंत्रोमा एउटा ढुङ्‌गा राख्छ अनि दौडेर गएर गोल्यतलाई ताकेर हिर्काउँछ। त्यो ढुङ्‌गा गोल्यतको निधारमै लाग्छ। त्यसपछि त्यो गोल्यत डङ्‌ग्रङ्‌ङ लड्‌छ! त्यो देखेर पलिश्‍तीहरू एकदमै डराउँछन्‌ अनि भागाभाग गर्न थाल्छन्‌। दाऊदजस्तो फुच्चे मान्छेले त्यत्रो ठूलो मान्छेलाई कसरी हराउन सकेको होला?— उसलाई यहोवाले मदत गर्नुभएको थियो। त्यो ठूलो गोल्यतभन्दा यहोवा कत्ति धेरै बलियो हुनुहुन्छ नि, हैन!

दाऊदले गोल्यतलाई मर्छन्‌

यहोवाले मदत गर्नुहुन्छ भनेर दाऊदलाई थाह थियो, त्यसैले ऊ डराएन

दाऊदको कथा पढेर तिमीले के सिक्यौ?— यहोवा जस्तो बलियो अरू कोही पनि छैन। यहोवा तिम्रो पनि साथी हुनुहुन्छ। त्यसैले अर्को चोटि डरलाग्यो भने ‘यहोवा, मलाई मदत गर्नुस्‌’ भन्‍न नबिर्स ल!

बाइबल खोलेर पढ

  • भजन ५६:३, ४

  • १ शमूएल १७:२०-५४

प्रश्‍न:

  • सिंह र भालुले भेडालाई खान खोज्दा दाऊदले के गऱ्‍यो?

  • गोल्यतले जिस्काउँदा दाऊदले उसलाई के भन्यो?

  • दाऊदले गोल्यतलाई कसरी हरायो?

  • सिंह, भालु अनि गोल्यत देखेर दाऊद किन डराएन?

  • दाऊदको कथा पढेर तिमीले के सिक्यौ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने