प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ८३
  • यरूशलेमको पर्खाल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यरूशलेमको पर्खाल
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • यरुसलेमको पर्खाल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • नहेम्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘खराबीलाई भलाइले जितिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यरूशलेम—के त्यसलाई ‘आफ्नो सारा आनन्दभन्दा श्रेष्ठ मान्‍नुहुन्छ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ८३
नहेम्याह र अरू इस्राएलीहरू यरूशलेमको पर्खाल बनाउन काम गर्दै

कथा ८३

यरूशलेमको पर्खाल

हेर, यहाँ त धमाधाम काम भइरहेको छ। इस्राएलीहरू यरूशलेमको पर्खाल बनाउन व्यस्त छन्‌। राजा नबूकदनेसरले १५२ वर्षअघि यो पर्खाल भत्काएर सहरका मूल ढोकाहरू समेत जलाइदिएका थिए। त्यसको ७० वर्षपछि इस्राएलीहरू यरूशलेम फर्के। तर उनीहरूले फर्कने बित्तिकै पर्खाल बनाएनन्‌।

धेरै वर्षसम्म पर्खालै नभएको सहरमा बस्नुपर्दा इस्राएलीहरूलाई कस्तो लाग्यो होला, विचार गर त। उनीहरू असुरक्षित महसुस गर्थे। किनकि शत्रुहरूले कुनै पनि बेला सजिलैसित आक्रमण गर्न सक्थे। त्यसैकारण त अहिले नहेम्याह भन्‍ने मान्छेले फेरि पर्खाल बनाउन मदत गर्दैछ। नहेम्याह को हो, तिमीलाई थाह छ?

नहेम्याह इस्राएली थियो। मोर्दकै र एस्तर बस्ने शूशन सहरमा ऊ पनि बस्थ्यो। नहेम्याह राजाको दरबारमा काम गर्थ्यो। यसकारण ऊ पक्कै पनि मोर्दकै र रानी एस्तरको घनिष्ठ मित्र थियो होला। नहेम्याह एस्तरका पति अहासूरसको सेवक थियो कि थिएन भनेर बाइबलमा लेखिएको छैन। तर नहेम्याहले ऊपछिको राजा आर्ट-जारसेजको भने सेवा गरेको थियो।

यहोवाको मन्दिरलाई सुन्दर बनाउन एज्रालाई धन-सम्पत्ति दिएर यरूशलेम पठाउने असल राजा यही आर्ट-जारसेज थियो। तर एज्राले सहरको भत्केको पर्खाल बनाएन। यो काम गर्ने मौका नहेम्याहले कसरी पायो, हामी हेरौं।

मन्दिरलाई राम्रो बनाउन आर्ट-जारसेजले एज्रालाई धन-सम्पत्ति दिएको १३ वर्ष भइसकेको थियो। यतिखेर नहेम्याह राजा आर्ट-जारसेजलाई दाखमद्य टक्राउने कामदारहरूको मुखिया थियो। राजालाई कसैले विष खुवाउन नपाओस्‌ भनेर उसले नै दाखमद्य टक्य्राउने गर्थ्यो। त्यसकारण, नहेम्याहको असाध्यै ठूलो जिम्मेवारी थियो।

एकदिन नहेम्याहका दाजुभाइहरूमध्येका एक जना, हनानी र अरू केही मान्छे इस्राएलदेखि नहेम्याहलाई भेट्‌न आउँछन्‌। उनीहरू इस्राएलीहरूले भोगिरहेको दुःख र यरूशलेमको भत्केको पर्खालबारे सबै कुरा सुनाउँछन्‌। उनीहरूको कुरा सुनेर नहेम्याह असाध्यै दुःखी हुन्छ। उसले यहोवालाई प्रार्थना गर्छ।

नहेम्याहले दुःखी अनुहार लगाएर बसेको एकदिन राजा आर्ट-जारसेजले देख्छ। ‘तिमी किन यति दुःखी देखिन्छौ?’ राजाले नहेम्याहलाई सोध्छ। नहेम्याहले यरूशलेमको नराम्रो अवस्था भएकोले र पर्खाल पनि अहिलेसम्म नबनेकोले दुःखी भएको भनेर जवाफ दिन्छ। त्यसपछि राजाले ‘मबाट तिमी के चाहन्छौ’ भनेर सोध्छ।

नहेम्याहले यस्तो जवाफ दिन्छ: ‘मलाई यरूशलेम गएर त्यहाँको पर्खाल बनाउन दिनुहोस्‌।’ आर्ट-जारसेज राजा साह्रै दयालु छ। यसकारण उसले नहेम्याहलाई यरूशलेम जान दिन्छ र पर्खाल बनाउन रूखहरू काट्‌ने अनुमति पनि दिन्छ। यरूशलेम पुग्ने बित्तिकै नहेम्याहले इस्राएलीहरूलाई आफ्नो योजना बताउँछ। उनीहरू नहेम्याहको कुरा सुनेर खुसी हुन्छन्‌ र भन्छन्‌: ‘हामी पुनर्निर्माण सुरु गरिहालौं।’

केही इस्राएलीहरूले यरूशलेमको पर्खाल बनाउँदै गर्दा अरू केही चाहिं पहरा दिंदै

इस्राएलीहरूले पर्खाल बनाउन थालेको देखेर उनीहरूका शत्रुहरू यसो भन्छन्‌: ‘हामी उनीहरूमाथि जाइलागेर उनीहरूलाई मारिदेऔं र यस कामलाई खतम पारिदेऔं।’ तर नहेम्याहले यो थाह पाउँछ र इस्राएलीहरूलाई तरबार अनि भाला दिएर यसो भन्छ: ‘तिनीहरूसँग नडराऊ। आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरका निम्ति लडाइँ गर।’

इस्राएलीहरू नडराईकन दिन-रात आफ्ना हतियार बोकेर पर्खाल बनाइरहन्छन्‌। यसरी ५२ दिनमा पर्खाल बनाउन सिद्धिन्छ। अब इस्राएलीहरू पर्खालभित्र ढुक्कसित बस्न सक्छन्‌। पर्खाल बनाउन सिद्धिएपछि नहेम्याह र एज्राले इस्राएलीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउँछन्‌। परमेश्‍वरको कुरा सुन्‍न पाएर उनीहरू असाध्यै खुसी हुन्छन्‌।

तर इस्राएलीहरूको अवस्था उनीहरू बाबेलमा कैदी हुनुअघिको जस्तो छैन। इस्राएलीहरू अझै फारसी राजाको अधीनमै छन्‌। उनीहरूले अझै उसैको सेवा गर्नुपर्छ। तर यहोवाले नयाँ राजा पठाउने प्रतिज्ञा गर्नुहुन्छ। यो राजा को हो? उसले कसरी पृथ्वीमा शान्ति ल्याउनेछ? लगभग ४५० वर्षपछि मात्र यी प्रश्‍नहरूको जवाफ पत्ता लाग्छ। त्यतिखेर एक जना महत्त्वपूर्ण बालकको जन्म हुन्छ। यसबारे अर्को कथामा पढ्‌नेछौं।

नहेम्याह अध्याय १ देखि ६ सम्म।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने