प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ६७ p. १५८-p. १५९ par. १
  • यरुसलेमको पर्खाल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यरुसलेमको पर्खाल
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यरूशलेमको पर्खाल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • नहेम्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘खराबीलाई भलाइले जितिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यरूशलेम—के त्यसलाई ‘आफ्नो सारा आनन्दभन्दा श्रेष्ठ मान्‍नुहुन्छ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ६७ p. १५८-p. १५९ par. १
नहेम्याह यरुसलेमको पर्खाल पुनर्निर्माण गर्ने काममा निर्देशन दिँदै छन्‌ र पहरेदारहरू तैनाथ गर्दै छन्‌

पाठ ६७

यरुसलेमको पर्खाल

एज्राको समयमा नहेम्याह भन्‍ने अर्को एक जना इस्राएली थिए। तिनी आर्टजारसेजका सेवक थिए र फारसको सुसन सहरमा बस्थे। यहुदाबाट नहेम्याहका भाइले यस्तो नराम्रो खबर ल्याए: ‘यरुसलेम फर्केर गएका मानिसहरू सुरक्षित छैनन्‌। बेबिलोनीहरूले भत्काएका यरुसलेमका पर्खालहरू र त्यसका मूलढोकाहरू भत्किएकै अवस्थामा छन्‌।’ नहेम्याह साह्रै दुःखी भए। तिनी मदत गर्न यरुसलेम जान चाहन्थे। त्यसैले राजाले तिनलाई जान देऊन्‌ भनेर तिनले प्रार्थना गरे।

नहेम्याह उदास भएको कुरा राजाले याद गरे। तिनले भने: ‘मैले तिमी यत्ति उदास भएको पहिला कहिल्यै देखेको थिइनँ। के भयो?’ नहेम्याहले भने: ‘मेरो सहर यरुसलेम भताभुङ्‌ग अवस्थामा छ र म कसरी उदास नभई बस्न सक्छु र?’ तब राजाले सोधे: ‘तिमी मबाट के चाहन्छौ?’ नहेम्याहले तुरुन्तै मनमनै प्रार्थना गरे अनि भने: ‘महाराजलाई उचित लाग्छ भने मलाई यरुसलेमको पर्खाल पुनर्निर्माण गर्न जाने अनुमति दिनुहोस्‌।’ राजा आर्टजारसेजले नहेम्याहलाई अनुमति दिए अनि त्यो लामो यात्रामा तिनी सुरक्षित होऊन्‌ भनेर बन्दोबस्त मिलाए। साथै तिनले नहेम्याहलाई यहुदाको राज्यपाल बनाए अनि सहरका मूलढोकाहरू बनाउन काठ दिए।

यरुसलेम पुगेपछि नहेम्याहले सहरको पर्खालको निरीक्षण गरे। त्यसपछि तिनले पुजारीहरू अनि शासकहरूलाई भेला गरेर भने: ‘सहर एकदमै दयनीय अवस्थामा छ। अब हामीले तुरुन्तै काम सुरु गर्नुपर्छ।’ तिनीहरू सहमत भए र पर्खालको पुनर्निर्माण गर्न थाले।

तर इस्राएलीहरूका केही शत्रुले तिनीहरूको खिसी गर्दै भने: ‘तिमीहरूले बनाइरहेको पर्खाललाई एउटा फ्याउरोले नै गर्ल्यामगुर्लुम ढाल्न सक्छ।’ ती कामदारहरूले तिनीहरूको कुराको वास्ता गरेनन्‌ अनि आफ्नो काम गरिरहे। तिनीहरूले पर्खाल झन्‌झनै अग्लो अनि बलियो बनाउँदै लगे।

शत्रुहरूले फरक-फरक दिशाबाट यरुसलेममाथि एक्कासि आक्रमण गर्ने फैसला गरे। तिनीहरूको योजना थाह पाएर यहुदीहरू निकै डराए। तर नहेम्याहले भने: ‘नडराओ, यहोवा परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ।’ तिनले कामदारहरूको सुरक्षाको लागि पहरेदारहरू तैनाथ गरे र शत्रुहरूले आक्रमण गर्न सकेनन्‌।

पर्खाल अनि मूलढोकाको पुनर्निर्माणको काम ५२ दिनमै सिद्धियो। यरुसलेमको पर्खालको उद्‌घाटन गर्ने बेला नहेम्याहले सबै लेवीलाई यरुसलेम ल्याए। तिनले उनीहरूलाई गीत गाउने दुई वटा दलमा विभाजित गरे। उनीहरू फोहरा-ढोकाको सिँढी हुँदै पर्खालमाथि चढे र सहर घुम्न दुई दल विपरीत दिशाबाट अघि बढे। तिनीहरूले बिगुल, झ्याली र वीणा बजाउँदै यहोवाको स्तुतिगान गाए। एज्रा एउटा दलसित गए भने नहेम्याहचाहिँ अर्को दलसित गए र यी दुई दल मन्दिरमा भेटे। पुरुष, स्त्री र केटाकेटी सबैले यहोवाको निम्ति बलि चढाए र खुसी मनाए। तिनीहरूले खुसी मनाएको स्वर टाढाटाढासम्म सुनिन्थ्यो।

“तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।”—यसैया ५४:१७

प्रश्‍नहरू: नहेम्याह किन यरुसलेम गए? यरुसलेमको पर्खाल पुनर्निर्माण गर्न कति समय लाग्यो?

नहेम्याह १:१-११; २:१-२०; ४:१-२३; ५:१४; ६:१-१९; १२:२७-४३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने