प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq lesson ४ pp. ८-९
  • दियाबल को हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दियाबल को हो?
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • दियाबल अनि त्यसका दाउपेचहरूको विरोध गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq lesson ४ pp. ८-९

पाठ ४

दियाबल को हो?

शैतान अर्थात्‌ दियाबल—त्यो कहाँबाट आयो? (१, २)

शैतानले कसरी मानिसहरूलाई भर्माउँछ? (३-७)

तपाईंले शैतानको प्रतिरोध किन गर्नुपर्छ? (७)

१. “दियाबल” भनेको अरूको विषयमा दुष्ट झूटा कुराहरू बोल्ने व्यक्‍ति हो। अनि “शैतान” शब्दको अर्थ चाहिं शत्रु वा विरोधी हो। परमेश्‍वरको सबैभन्दा ठूलो शत्रुलाई ती नाउँहरू दिइएका छन्‌। सुरुमा त्यो स्वर्गमा परमेश्‍वरसित बस्ने सिद्ध स्वर्गदूत थियो। तथापि, पछि घमण्डी भएर त्यसले आफूलाई अरूभन्दा ठूलो ठान्‍न थाल्यो र परमेश्‍वरलाई मात्र दिइनुपर्ने उपासनाको लालसा गर्न थाल्यो।—मत्ती ४:८-१०.

२. शैतान भनिने त्यो स्वर्गदूतले सर्पलाई चलाएर हव्वासित कुरा गऱ्‍यो। हव्वासित झूट बोलेर तिनलाई परमेश्‍वरको आज्ञा उल्लंघन गर्न लगायो। यसरी शैतानले परमेश्‍वरको “सार्वभौमिकता” अर्थात्‌ उहाँको सर्वोच्च ओहदामा आक्रमण गऱ्‍यो। परमेश्‍वरले आफ्नो प्रजाको हित हुने गरी शासन गर्नुहुन्‍न भन्‍ने प्रश्‍न शैतानले गऱ्‍यो। कुनै पनि मानिस परमेश्‍वरप्रति वफादार भएर बस्नसक्दैन भनेर पनि त्यसले शंका गऱ्‍यो। यी कामहरू गरेर शैतानले आफैलाई परमेश्‍वरको शत्रु बनायो। त्यसैकारण त्यसको नाउँ शैतान अर्थात्‌ दियाबल भएको हो।—उत्पत्ति ३:१-५; अय्यूब १:८-११; प्रकाश १२:९.

३. शैतानले मानिसहरूलाई झुक्याएर आफ्नो उपासना गराउन खोज्छ। (२ कोरिन्थी ११:३, १४) मानिसहरूलाई भर्माउन त्यसले चलाउने एउटा उपाय झूटो धर्म हो। परमेश्‍वरबारे झूटो कुरा सिकाउने धर्मले वास्तवमा शैतानको उद्देश्‍य पूरा गरिरहेको हुन्छ। (यूहन्‍ना ८:४४) झूटो धर्ममा लाग्ने मानिसहरू आफूले साँचो परमेश्‍वरको उपासना गरिरहेको छु भनेर निष्कपट विश्‍वास गरिरहेका हुनसक्छन्‌। तर वास्तवमा तिनीहरूले शैतानको पो सेवा गरिरहेका हुन्छन्‌। शैतान “यस संसारको देव” हो।—२ कोरिन्थी ४:४.

४. मानिसहरूलाई आफ्नो मुठीमा लिने शैतानको अर्को हतियार प्रेतवाद हो। मानिसहरू आफूलाई जोगाउन, अरूलाई हानि पुऱ्‍याउन, भविष्य बताउन वा चमत्कारहरू गर्न प्रेतात्माहरूलाई पुकार्छन्‌। यस्ता सबै कामहरूपछाडि वास्तवमा शैतानको दुष्ट शक्‍तिले काम गरिरहेको हुन्छ। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन हामीले प्रेतवादसित कुनै किसिमको सम्बन्ध पटक्कै राख्नु हुँदैन।—व्यवस्था १८:१०-१२; प्रेरित १९:१८, १९.

५. अचाक्ली जातीय घमण्ड अनि राजनैतिक संगठनहरूको उपासनालाई चलाएर पनि शैतानले मानिसहरूलाई भर्माउँछ। केही मानिसहरू आफ्नो राष्ट्र वा जातिलाई अरूभन्दा श्रेष्ठ ठान्छन्‌। तर त्यो ठीक होइन। (प्रेरित १०:३४, ३५) अरू चाहिं मानव समस्याहरूको समाधानका लागि राजनैतिक संगठनहरूको मुख ताक्छन्‌। त्यसो गरेर तिनीहरूले परमेश्‍वरको राज्यलाई इन्कार गरिरहेका हुन्छन्‌। किनभने हाम्रा समस्याहरूको एक मात्र समाधान परमेश्‍वरको राज्य हो।—दानियल २:४४.

६. मानिसहरूलाई भर्माउन शैतानले चलाउने अर्को हतियार पापी लालसाहरू हुन्‌। पापपूर्ण कामहरूले हामीलाई हानि गर्ने हुँदा परमेश्‍वरले त्यस्ता कामहरूबाट अलग बस्नू भन्‍नुभएको छ। (गलाती ६:७, ८) तपाईंले त्यस्ता कामहरूमा भाग लेओस्‌ भनेर केही मानिसहरूले चाहनसक्छन्‌। तथापि, यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, तपाईंले त्यस्ता कामहरूमा भाग लेओस्‌ भन्‍ने इच्छा गर्ने व्यक्‍ति वास्तवमा शैतान हो।—१ कोरिन्थी ६:९, १०; १५:३३.

७. तपाईंलाई यहोवादेखि टाढा लैजान शैतानले सतावट वा विरोध प्रयोग गर्नसक्छ। तपाईंले बाइबल अध्ययन गर्नुहुँदा केही प्रिय जनहरू असाध्यै रीसाउनसक्छन्‌। अरूले चाहिं तपाईंको खिल्ली उडाउलान्‌। तर सोच्नुहोस्‌, तपाईंलाई जीवन दिने को हुनुहुन्छ? तपाईंले यहोवाबारे सिक्न छाडोस्‌ भनेर शैतान तपाईंलाई तर्साउन चाहन्छ। होशियार! शैतानलाई पटक्कै जित्न नदिनुहोस्‌! (मत्ती १०:३४-३९; १ पत्रुस ५:८, ९) दियाबलको विरोध गरेर तपाईं यहोवालाई प्रसन्‍न तुल्याउन सक्नुहुन्छ र उहाँको सार्वभौमिकतालाई तपाईं समर्थन गर्नुहुन्छ भनेर देखाउन सक्नुहुन्छ।—हितोपदेश २७:११.

[पृष्ठ ९-मा भएको चित्र]

टो धर्म, प्रेतवाद र राष्ट्रवादले मानिसहरूलाई भर्माउँछन्‌

[पृष्ठ ९-मा भएको चित्र]

यहोवाबारे निरन्तर सिक्नुभएर शैतानको प्रतिरोध गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने