प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq lesson ९ pp. १८-१९
  • परमेश्‍वरका सेवकहरू स्वच्छ हुनैपर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका सेवकहरू स्वच्छ हुनैपर्छ
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • ८. यहोवा आफ्ना सेवकहरू स्वच्छ भएको चाहनुहुन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • हामी कसरी परमेश्‍वरको नजरमा स्वच्छ रहन सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • असल कार्यको लागि स्वच्छ पारिएको जन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq lesson ९ pp. १८-१९

पाठ ९

परमेश्‍वरका सेवकहरू स्वच्छ हुनैपर्छ

हामी किन हर तवरमा स्वच्छ हुनुपर्छ? (१)

आध्यात्मिक तवरमा स्वच्छ रहनुको अर्थ के हो? (२)नैतिक तवरमा? (३) मानसिक तवरमा? (४) शारीरिक तवरमा? (५)

कस्तो प्रकारको फोहर बोलीवचनदेखि हामी अलग बस्नुपर्छ? (६)

१. यहोवा परमेश्‍वर स्वच्छ अनि पवित्र हुनुहुन्छ। आफ्ना उपासकहरू आध्यात्मिक, नैतिक, मानसिक र शारीरिक तवरमा स्वच्छ रहेको उहाँ चाहनुहुन्छ। (१ पत्रुस १:१६) परमेश्‍वरको दृष्टिमा स्वच्छ रहन हामीले अत्यन्तै मेहनत गर्नुपर्छ। किनभने हामी अशुद्ध संसारमा बाँचिरहेका छौं। साथै गलत काम गर्ने आफ्नै झुकाउसित पनि हामी निरन्तर लडिरहनुपर्ने हुन्छ। तर हामीले पटक्कै हार मान्‍नु हुँदैन।

२. आध्यात्मिक स्वच्छता: यहोवाको सेवा गर्न चाहन्छौं भने हामीले झूटो धर्मका शिक्षा तथा परम्पराहरूलाई च्वाट्टै छोड्‌नुपर्छ। झूटो धर्मलाई त्याग्नैपर्छ र त्यागेपछि त्यसलाई कुनै किसिमको समर्थन दिनु हुँदैन। (२ कोरिन्थी ६:१४-१८; प्रकाश १८:४) परमेश्‍वरबारे सत्य कुरा सिकेपछि झूटो कुरा सिकाउने मानिसको बहकाउमा नपर्न हामी असाध्यै होशियार हुनुपर्छ।—२ यूहन्‍ना १०, ११.

३. नैतिक स्वच्छता: आफ्ना उपासकहरूले सधैं साँचो मसीहीहरूले जस्तो व्यवहार गरोस्‌ भन्‍ने इच्छा यहोवा गर्नुहुन्छ। (१ पत्रुस २:१२) हामीले गर्ने गोप्य कामहरूसमेत उहाँले देख्नुहुन्छ। (हिब्रू ४:१३) त्यसैकारण यो संसारको यौन अनैतिकता अनि अरू अशुद्ध चलनहरूदेखि हामी अलग बस्नुपर्छ।—१ कोरिन्थी ६:९-११.

४. मानसिक स्वच्छता: आफ्नो मनलाई स्वच्छ, शुद्ध विचारहरूले भऱ्‍यौं भने हाम्रो चालचलन पनि स्वच्छ हुनेछ। (फिलिप्पी ४:८) तर अशुद्ध कुराहरू मनमा खेलायौं भने चाहिं हाम्रो काम दुष्ट हुनेछ। (मत्ती १५:१८-३०) मनलाई भ्रष्ट पार्ने मनोरञ्जनहरूदेखि टाढै बस्नुपर्छ। बरु परमेश्‍वरको वचन अध्ययन गरेर हामी आफ्नो मन स्वच्छ विचारहरूले भर्नसक्छौं।

५. शारीरिक स्वच्छता: मसीहीहरू परमेश्‍वरका प्रतिनिधिहरू हुन्‌। त्यसैकारण तिनीहरू आफ्नो शरीर सफा राख्छन्‌ अनि सफा लुगा लगाउँछन्‌। शौचालयबाट निस्केपछि, खाना खानु वा भोजन पकाउनुअघि हात धुनुपर्छ। घरमा ढल निकासको राम्रो प्रबन्ध छैन भने, शौचालयबाट निस्कने फोहरलाई राम्ररी पुर्नुपर्छ। (व्यवस्था २३:१२, १३) शारीरिक तवरमा स्वच्छ भयौं भने हामी स्वस्थ हुन्छौं। मसीहीको घर भित्र बाहिर चटक्क मिलेको र सफा हुनुपर्छ। छरछिमेकमा हाम्रो घर राम्रो उदाहरण हुनुपर्छ।

६. स्वच्छ बोलीवचन: परमेश्‍वरका सेवकहरूले सधैं सत्य बोल्नुपर्छ। फटाहाहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन्‌। (एफिसी ४:२५; प्रकाश २१:८) मसीहीहरू फोहर बोली बोल्दैनन्‌ न त फोहर चुट्‌किला, कथा सुन्‍ने वा भन्‍ने नै गर्छन्‌। स्वच्छ बोलीवचनले गर्दा तिनीहरू काम गर्ने ठाउँ, स्कूल वा छिमेकीका अरू मानिसहरूभन्दा भिन्‍न देखिन्छन्‌।—एफिसी ४:२९, ३१; ५:३.

[पृष्ठ १८, १९-मा भएको चित्र]

परमेश्‍वरका सेवकहरू हर तवरमा स्वच्छ हुनैपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने