प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq lesson १४ pp. २८-२९
  • यहोवाका साक्षीहरू कसरी संगठित छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका साक्षीहरू कसरी संगठित छन्‌
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले आफ्ना मानिसहरूलाई किन सङ्‌गठित पार्नुभएको छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • तिनीहरूको विश्‍वव्यापी संगठन तथा काम
    यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌
  • परमेश्‍वरको दृश्‍य सङ्‌गठन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • मण्डली सुदृढ होओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq lesson १४ pp. २८-२९

पाठ १४

यहोवाका साक्षीहरू कसरी संगठित छन्‌

यहोवाका साक्षीहरूको आधुनिक इतिहास कहिलेदेखि सुरु भयो? (१)

यहोवाका साक्षीहरूका सभाहरू कसरी सञ्चालन हुन्छन्‌? (२)

तिनीहरू आफ्नो खर्च कसरी बेहोर्छन्‌? (३)

प्रत्येक मण्डलीमा कसले नेतृत्व लिन्छ? (४)

हरेक वर्ष कस्ता ठूल-ठूला सभाहरू आयोजना गरिन्छन्‌? (५)

तिनीहरूको मुख्यालय र शाखा कार्यालयहरूमा कस्तो काम गरिन्छ? (६)

१. यहोवाका साक्षीहरूको आधुनिक इतिहास सन्‌ १८७० को दशकदेखि सुरु भयो। सुरु-सुरुमा तिनीहरूलाई बाइबल स्टुडेन्ट्‌स भनिन्थ्यो। तर सन्‌ १९३१ मा तिनीहरूले यहोवाका साक्षीहरू भन्‍ने धर्मशास्त्रीय नाउँ अपनाए। (यशैया ४३:१०) मुठीभर मानिसहरूबाट सुरु भएको संगठन अहिले लाखौं साक्षीहरूको संगठन भएको छ र २३० भन्दा धेरै मुलुकहरूमा तिनीहरू प्रचार गर्न व्यस्त छन्‌।

२. यहोवाका साक्षीहरूका अधिकांश मण्डलीहरूमा हप्ताको तीन पटक सभाहरू हुन्छन्‌। यीमध्ये कुनै पनि सभामा तपाईं उपस्थित हुन सक्नुहुन्छ। (हिब्रू १०:२४, २५) ती सभाहरूमा सिकाइने कुराहरू बाइबलमा आधारित हुन्छन्‌। सभाहरू प्रार्थनाद्वारा आरम्भ अनि समापन हुन्छन्‌। अधिकांश सभाहरूमा हृदयस्पर्शी “आत्मिक गान” पनि गाइन्छन्‌। (एफिसी ५:१८, १९) सभाहरूमा उपस्थित हुन कुनै शुल्क लाग्दैन र चन्दा संकलन पनि गरिंदैन।—मत्ती १०:८.

३. अधिकांश मण्डलीहरू राज्य भवनमा सभाहरू गर्छन्‌। राज्य भवन भनेको प्रायः स्वयंसेवक साक्षीहरूले बनाएको साधारण घर हो र त्यहाँभित्र तपाईं कुनै प्रतिमा, क्रूस वा त्यस्तै कुराहरू देख्नुहुन्‍न। राज्य भवन सञ्चालन गर्न लाग्ने खर्च, स्वेच्छापूर्वक दिइएको चन्दाबाट बेहोरिन्छ। चन्दा दिन चाहने मानिसहरूका लागि चन्दा बाकस राखिएको हुन्छ।—२ कोरिन्थी ९:७.

४. हरेक मण्डलीमा प्राचीन वा निरीक्षकहरू हुन्छन्‌। मण्डलीलाई शिक्षा दिने काममा तिनीहरूले नेतृत्व लिन्छन्‌। (१ तिमोथी ३:१-७; ५:१७) अनि सेवकाई सेवकहरूले तिनीहरूलाई मदत गर्छन्‌। (१ तिमोथी ३:८-१०, १२, १३) यी मानिसहरू मण्डलीका अरू सदस्यहरूभन्दा माथि हुँदैनन्‌। (२ कोरिन्थी १:२४) तिनीहरूलाई विशेष पदवीहरू पनि दिएको हुँदैन। (मत्ती २३:८-१०) तिनीहरूको पहिरन अरूको भन्दा बेग्लै हुँदैन। न त तिनीहरूले कुनै तलब पाउँछन्‌। प्राचीनहरू स्वेच्छापूर्वक मण्डलीका आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्छन्‌। हामी संकटमा पर्दा तिनीहरूले सान्त्वना अनि निर्देशन दिनसक्छन्‌।—याकूब ५:१४-१६; १ पत्रुस ५:२, ३.

५. यहोवाका साक्षीहरूले वर्षेनी ठूल-ठूला सम्मेलन वा अधिवेशनहरूको पनि आयोजना गर्छन्‌। यस्ता अवसरहरूमा बाइबल निर्देशनसम्बन्धी विशेष कार्यक्रममा भाग लिन थुप्रै मण्डलीहरू एकै ठाउँमा भेला हुन्छन्‌। साथै हरेक सम्मेलन वा अधिवेशनमा नियमित रूपले नयाँ चेलाहरूको बप्तिस्मा हुने गर्छ।—मत्ती ३:१३-१७; २८:१९, २०.

६. यहोवाका साक्षीहरूको विश्‍व मुख्यालय न्यु योर्कमा छ। र त्यहीं विश्‍वव्यापी मण्डलीहरूको निरीक्षण गर्ने अनुभवी प्राचीनहरूको केन्द्रीय समूह अर्थात्‌ परिचालक निकाय पनि छ। त्यसबाहेक सारा संसारभरि १०० भन्दा धेरै शाखा कार्यालयहरू छन्‌। यी सबै ठाउँहरूमा स्वयंसेवकहरू बाइबल साहित्य छाप्न र ढुवानी गर्न मदत गर्छन्‌। त्यसबाहेक प्रचार कार्यलाई व्यवस्थित गर्ने निर्देशन पनि त्यहींबाट दिइन्छ। त्यसोभए तपाईंको घर नजीकै पर्ने शाखा कार्यालयको भ्रमण गर्ने योजना बनाए कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने