प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be study १० p. ११५-p. ११७ par. ४
  • उत्साह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्साह
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • जोसिलो भई सिकाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • श्रोताका लागि जानकारीमूलक
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be study १० p. ११५-p. ११७ par. ४

अध्याय १०

उत्साह

तपाईंले के गर्नुपर्छ?

बताउँदै गरेको कुरा आफूलाई कत्तिको अमूल्य लाग्छ, उत्साहित बोलीद्वारा देखाउनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

श्रोताको चासो कायम राखिराख्न तपाईंले उत्साह देखाउनुपर्छ। यसो गर्दा श्रोता काम गर्न उत्प्रेरित हुन सक्छन्‌। उत्साह देखाउँदै केही कुरा भन्‍नुभयो भने श्रोता पनि उत्साहित हुन्छन्‌।

उत्साहले भाषणलाई जीवन्त पार्छ। विषयवस्तु जानकारीमूलक हुनु महत्त्वपूर्ण भए तापनि जीवन्त, उत्साहपूर्ण प्रस्तुतिले श्रोताको ध्यान खिच्न मदत गर्छ। सांस्कृतिक पृष्ठभूमि वा व्यक्‍तित्व जस्तोसुकै भए पनि तपाईं उत्साह बढाउन सक्नुहुन्छ।

भावसहित बोल्नुहोस्‌। सामरी स्त्रीसित कुरा गर्दा येशूले यहोवाको उपासना गर्नेहरूले “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना” गर्नै पर्छ भन्‍नुभयो। (यूह. ४:२४) मनदेखि नै कृतज्ञताले ओतप्रोत भएर अनि परमेश्‍वरको वचनमा पाइने सही ज्ञानअनुसारै तिनीहरूले यहोवाको उपासना गर्नुपर्थ्यो। कुनै व्यक्‍ति कत्तिको कृतज्ञ छन्‌, तिनको बोलीबाटै थाह हुन्छ। तिनी यहोवाले गरेका मायालु प्रबन्धबारे अरूलाई भन्‍न उत्सुक हुन्छन्‌। अनुहारको हावभाव, इशारा र बोलीले तिनी वास्तवमा कस्तो विचार राख्छन्‌ भन्‍ने बुझ्न सकिन्छ।

तर यहोवालाई प्रेम गर्ने र आफूले भनिरहेको कुरा सही हो भन्‍ने विश्‍वास गर्ने वक्‍ता पनि किन उत्साहविना बोल्छन्‌? तिनले आफूले भन्‍ने कुराबारे मात्र तयारी गरेर पुग्दैन। प्रस्तुत गर्ने विषयमा तिनी डुबेको हुनुपर्छ। मानिलिनुहोस्‌, तिनले येशू ख्रीष्टको फिरौतीको बलिदानबारे भाषण दिने जिम्मा पाएका छन्‌। भाषण प्रस्तुत गर्दा तिनले आफ्नो मनमा यसबारे जानकारी भर्ने मात्र होइन, येशूको बलिदानले तिनी आफैलाई र श्रोतालाई कस्तो अर्थ राख्छ, त्यो पनि बुझेको हुनुपर्छ। यस महान्‌ प्रबन्धको लागि यहोवा परमेश्‍वर र ख्रीष्ट येशूप्रति आफू कत्ति धन्यवादी छु भन्‍ने कुरा तिनले सम्झनुपर्ने हुन्छ। यस प्रबन्धले गर्दा पृथ्वीमा पुनःस्थापित हुने प्रमोदवनमा मानिसजातिले सधैंभरि स्वस्थ भएर अपार आनन्द उठाउने जीवनबारे पनि तिनले सोच्नुपर्छ। त्यसकारण भाषणमा तिनले मन लगाउनुपर्छ।

इस्राएलका शिक्षक एज्राबारे बाइबलले भनेअनुसार तिनले यहोवाको “व्यवस्था अध्ययन गर्न र पालन गर्न” अनि “सिकाउन मन दिएका थिए।” (एज्रा ७:१०) एज्राले जस्तै गऱ्‍यौं भने अर्थात्‌ जानकारी दिने मात्र होइन, मन पनि दिएका छौं भने हृदयदेखि नै बोल्नेछौं। त्यसरी मनदेखि सत्य कुरा पोखाउँदा मानिसहरूमा सत्यप्रति साँचो प्रेम जगाउन सक्छौं।

श्रोताबारे सोच्नुहोस्‌। तपाईंले भन्‍ने कुरा श्रोताको लागि महत्त्वपूर्ण छ भन्‍ने महसुस भएकोले तपाईंले उत्साह देखाउनै पर्छ। यसको अर्थ आफ्नो प्रस्तुति तयार गर्दा महत्त्वपूर्ण जानकारी बटुल्ने मात्र होइन, श्रोतालाई फाइदा पुऱ्‍याउने गरी प्रस्तुति पेस गर्न डोऱ्‍याइका लागि यहोवालाई प्रार्थना पनि गर्नुपर्छ। (भज. ३२:८; मत्ती ७:७, ८) यो जानकारी श्रोताले किन पाउनुपर्छ, त्यसले तिनीहरूलाई कसरी लाभ पुऱ्‍याउँछ र तिनीहरूले त्यसको कदर गर्न सक्ने तरिकामा प्रस्तुति कसरी पेस गर्न सकिन्छ भनेर विचार गर्नुहोस्‌।

रोचक कुरा नभेट्टाएसम्म त्यो विषयवस्तु तयारी गर्न नछोड्‌नुहोस्‌। विषयवस्तु नै नयाँ हुनुपर्छ भन्‍ने छैन तर विषयवस्तुलाई तपाईं नयाँ तरिकामा पेस गर्न सक्नुहुन्छ। श्रोतालाई यहोवासितको सम्बन्ध बलियो पार्न, उहाँले गरेका प्रबन्धहरूको कदर गर्न, यस पुरानो युगमा जीवनका दबाब सामना गर्न सफल हुन वा प्रचारमा प्रभावकारी हुन मदत दिने किसिमले तयारी गर्नुभएको छ भने तपाईं उत्साहित भएर भाषण दिनुहुन्छ।

तपाईंले मानिसहरूसामु पढ्‌ने जिम्मा पाउनुभएको छ भने नि? उत्साहित भएर पढ्‌न शब्दहरू र वाक्यांश सही तरिकामा भन्‍न जानेर मात्र पुग्दैन। विषयवस्तु अध्ययन गर्नुहोस्‌। बाइबलको कुनै भाग पढ्‌दै हुनुहुन्छ भने त्यस भागबारे अनुसन्धान गर्नुहोस्‌। त्यस भागको अर्थ बुझ्नुहोस्‌। तपाईं र श्रोताका लागि त्यो भाग कसरी लाभकारी छ, विचार गर्नुहोस्‌ र श्रोताले त्यो बुझ्नेगरि पढ्‌नुहोस्‌।

के तपाईं प्रचारमा जाने तयारी गर्दै हुनुहुन्छ? छलफल गर्ने विषय र बाइबल पद फेरि केलाउनुहोस्‌। मानिसहरूको मनमा के छ, त्यो पनि विचार गर्नुहोस्‌। अहिले के-कस्ता विषयमा समाचार दिइन्छ? मानिसहरूले के-कस्ता समस्या भोगिरहेका छन्‌? मानिसहरूलाई पिरोलिरहेको समस्याको समाधान परमेश्‍वरको वचनमा पाइन्छ भन्‍ने कुरा देखाउन तपाईंले तयारी गर्नुभएको छ भने त्यो कुरा बताउन तपाईं उत्सुक हुनुहुनेछ र स्वतः उत्साहित हुनुहुनेछ।

जीवन्त ढङ्‌गमा प्रस्तुत गरेर उत्साह देखाउनुहोस्‌। आफ्नो भाग जीवन्त ढङ्‌गमा प्रस्तुत गर्दा उत्साह प्रस्टै देखिन्छ। तपाईंको अनुहारको हावभावमा उत्साह देखिनुपर्छ। आफूले भनेको कुरामा तपाईं विश्‍वस्त देखिनुपर्छ, फूर्ति लगाएको जस्तो होइन।

उत्साह देखाउँदा सन्तुलित हुनुपर्छ। कसै-कसैको जुन कुरामा पनि उत्साहित भइहाल्ने बानी हुन्छ। कोही बनावटी सुनिन्छन्‌ भने कोही भावनामा बहेर बोल्छन्‌। यसरी बोल्दा श्रोताको ध्यान तिनले भन्‍ने कुरातिर नभई तिनीतिर जान्छ। अर्कोतर्फ लजालु स्वभाव भएकाहरूलाई अझै खुलेर कुरा गर्न प्रोत्साहन दिनुपर्छ।

एक जना उत्साहित भयो भने बाँकी अरू पनि तुरुन्तै उत्साहित हुन्छन्‌। श्रोतासित राम्रो सम्पर्क कायम राख्नुभएको छ र भाषण दिंदा उत्साहित हुनुहुन्छ भने श्रोता पनि उत्साहित हुनेछन्‌। अपोल्लस उत्साहित भएर बोले र बाइबलमा तिनलाई बोल्नमा सिपालु भनेर बताइएको छ। परमेश्‍वरको शक्‍तिले भरिएर जोसिलो हुनुभयो भने तपाईंको जीवन्त प्रस्तुतिले श्रोतालाई केही गर्न जुर्मुऱ्‍याउनेछ।—प्रेषि. १८:२४, २५; रोमी १२:११.

विषयवस्तुलाई सुहाउने उत्साह: आफ्नो भाषणभरि एकैनासले उत्साह नदेखाउनुहोस्‌। त्यसो गर्दा श्रोता थकित हुन्छन्‌ र तिनीहरूलाई कदम चाल्न उत्प्रेरित गर्न तपाईंले दिएको जुनसुकै सल्लाहलाई पनि तिनीहरूले राम्ररी ध्यान दिन सक्दैनन्‌। यसबाट प्रस्तुतिमा विविधता ल्याउनेगरि तयारी गर्नुपर्ने कुरा महत्त्वपूर्ण छ भनेर बुझिन्छ। तपाईंको प्रस्तुतिलाई भावशून्य पनि नबनाउनुहोस्‌। विषयवस्तु राम्ररी छान्‍नुभयो भने तपाईंलाई त्यो विषय निकै रोचक लाग्नेछ। तर केही बुँदा अन्य बुँदाभन्दा बढी उत्साहित भएर प्रस्तुत गर्नुपर्ने हुन्छ। यस्ता बुँदा भाषणभरि सिपालु ढङ्‌गमा गाँसिएको हुनुपर्छ।

खासगरि मुख्य बुँदा उत्साहसाथ प्रस्तुत गर्नुपर्छ। भाषणको निष्कर्ष वा सार हुनै पर्छ। निष्कर्ष वा सार भाषणको मुख्य बुँदा भएकोले प्रायः यस्ता बुँदाले नै श्रोतालाई जुर्मुऱ्‍याउँछ। श्रोतालाई विश्‍वस्त पारेपछि छलफल गरिएको कुरा लागू गर्दा के-कस्ता फाइदा हुन्छन्‌ भनी देखाउन तपाईंले तिनीहरूलाई जुरुकजुरुक पार्नुपर्छ। तपाईंले देखाउने उत्साहले श्रोताको हृदय छुन मदत गर्छ। जीवन्त प्रस्तुति जबरजस्ती थोपर्ने कुरा होइन। जीवन्त प्रस्तुतिको लागि कुनै न कुनै कारण हुनुपर्छ र तपाईंको विषयवस्तुले तपाईंलाई त्यो कारण दिन सक्नेछ।

यो गुण कसरी विकास गर्न सकिन्छ?

  • प्रस्तुत गर्नुपर्ने जानकारी मात्र तयार गर्ने होइन तर आफ्नो मन पनि तयार पार्नुहोस्‌; तपाईंको भावना पनि त्यसमा सामेल गर्नुहोस्‌।

  • तपाईंले ढाक्ने बुँदाले श्रोतालाई कसरी लाभ पुऱ्‍याउन सक्छ भनी गहिरिएर सोच्नुहोस्‌।

  • उत्साह देखाउँदै प्रस्तुत गर्नुपर्ने भाग कुन हो, चिन्‍नुहोस्‌।

  • जीवन्त ढङ्‌गमा बोल्नुहोस्‌। तपाईं कस्तो महसुस गर्नुहुन्छ भन्‍ने कुरा तपाईंको अनुहारमा झल्कियोस्‌। जोडदार ढङ्‌गमा बोल्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- यहोशू अध्याय १ र २ केलाउनुहोस्‌। यी अध्याय पढ्‌दा कहाँ र कसरी उपयुक्‍त उत्साह प्रयोग गर्न सकिन्छ, विचार गर्नुहोस्‌। त्यसपछि ठूलो आवाजमा उपयुक्‍त उत्साह देखाउँदै पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने