प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे p. ११
  • जोसिलो भई सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जोसिलो भई सिकाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • उत्साह
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • प्रश्‍नहरू सोध्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • हृदयसम्म पुग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे p. ११
एक भाइ हँसिलो हाउभाउमा एक पाको व्यक्‍तिलाई अध्ययन गराउँदै छन्‌।

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

जोसिलो भई सिकाउनुहोस्‌

हामी जोसिलो भयौँ भने अरू पनि जोसिलो हुन सक्छन्‌। जोसिलो भई बोल्दा मानिसहरूले हाम्रो कुरामा अझ ध्यान दिन्छन्‌। यसो गर्दा हामीले आफूले सुनाउने सन्देशको मोल गरिरहेको पनि देखिन्छ। हाम्रो पृष्ठभूमि र व्यक्‍तित्व जस्तोसुकै भए तापनि हामी जोस खेती गर्न सक्छौँ। (रोमी १२:११) कसरी?

पहिलो, आफूले सुनाउने सन्देशको महत्त्व विचार गर्नुहोस्‌। हामीले “असल कुराहरूको सुसमाचार घोषणा गर्ने” सुअवसर पाएका छौँ। (रोमी १०:१५) दोस्रो, सुसमाचारले श्रोतामा पार्ने सकारात्मक प्रभावबारे मनन गर्नुहोस्‌। हामीले सुनाउने सन्देश उनीहरूले सुन्‍नु एकदमै महत्त्वपूर्ण छ। (रोमी १०:१३, १४) अन्तमा जोसिलो भई स्वाभाविक तरिकाले इसारा गरेर अनि अनुहारमा निष्कपट भाव व्यक्‍त गरेर आफ्नो भावना प्रकट गर्नुहोस्‌।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—जोसिलो भई सिकाएर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—जोसिलो भई सिकाएर’ भिडियोको एउटा दृश्‍य। ग्रेसले अध्ययनको लागि समय नभएको बताउँदा निता निराश हुन्छिन्‌।

    ग्रेसलाई बाइबल अध्ययन गराउने निताको जोस किन सेलायो?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—जोसिलो भई सिकाएर’ भिडियोको एउटा दृश्‍य। ग्रेसलाई अध्ययनमा झ्याउ लागेको जस्तो देखिन्छ।

    नितालाई आफ्नो जोस फेरि बढाउन केले मदत गऱ्‍यो?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—जोसिलो भई सिकाएर’ भिडियोको एउटा दृश्‍य। अध्ययनपछि ग्रेस र निता खुसी हुँदै कुरा गर्दै छन्‌।

    हामी जोसिलो भयौँ भने अरू पनि जोसिलो हुन सक्छन्‌

    हामीले आफ्नो श्रोताको सकारात्मक पक्षमा ध्यान दिनु किन महत्त्वपूर्ण छ?

  • हाम्रो जोसले बाइबल विद्यार्थी र अरूमा कस्तो प्रभाव पार्न सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने