प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kp pp. २०-२१
  • ध्यान दिंदा तिनीहरू बचे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ध्यान दिंदा तिनीहरू बचे
  • जागा रहो!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भरपर्दो स्रोतको चेतावनीलाई के तपाईं गम्भीरतापूर्वक लिनुहुन्छ?
  • के तपाईं हाम्रो समयबारे सजग हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • परमेश्‍वरले कारवाही गर्नुहुँदा के तपाईं बच्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “महा संकष्ट” आउनुअघि सुरक्षित स्थानमा भाग्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • भविष्यवाणी पूरा भएको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
जागा रहो!
kp pp. २०-२१

ध्यान दिंदा तिनीहरू बचे

यरूशलेमको मन्दिरमा केन्द्रित यहूदी रीतिरिवाजको अन्तबारे येशू ख्रीष्टले अग्रिम चेतावनी दिनुभयो। उहाँले त्यो कहिले हुनेछ भनेर मिति तोक्नुभएन। तर त्यो विनाश हुनुअघिका घटनाहरूबारे उहाँले बताउनुभयो। उहाँले आफ्ना चेलाहरूलाई जागा रहन र खतरनाक इलाकाबाट निस्कन आग्रह गर्नुभयो।

येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान।” उहाँले यसो पनि भन्‍नुभयो: “जब तिमीहरूले . . . उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला . . . तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।” येशूले आफ्ना चेलाहरूलाई भौतिक सरसम्पत्ति जोगाउनको लागि फर्केर नजान आग्रह गर्नुभयो। तिनीहरूको ज्यान जोगाउने हो भने भाग्नु जरुरी थियो।—लूका २१:२०, २१; मत्ती २४:१५, १६.

लामो समयदेखि चलिरहेको विद्रोहलाई मत्थर पार्न सेस्टियस ग्यालसले सा.यु. ६६ मा यरूशलेममाथि आक्रमण गर्न रोमी सेनाको नेतृत्व गरे। तिनी सहरभित्रै घुसे अनि मन्दिरलाई आफ्नो कब्जामा लिए। सहरमा उत्पात मच्चियो। जागा रहेकाहरूले अब विनाश नजिकै छ भनेर बुझ्न सके। तर के भाग्नु सम्भव थियो? कुनै कारणैविना अकस्मात्‌ सेस्टियस ग्यालसले आफ्नो सेना फर्काए। यहूदी विद्रोहीहरूले तिनीहरूलाई खेदे। यरूशलेम र सारा यहूदियाबाट भाग्ने समय यही थियो!

त्यसपछिको साल, भेस्पासियन र तिनको छोरा टाइटसको नेतृत्वमा रोमी सेना फर्क्यो। सम्पूर्ण देश युद्धमा होम्मिएको थियो। सा.यु. ७० को सुरुतिर रोमीहरूले मोर्चा बाँधेर यरूशलेमलाई चारैतिरबाट घेरे। कतैबाट भाग्न सकिंदैनथ्यो। (लूका १९:४३, ४४) सहरभित्रै एउटा समूहले अर्को समूहलाई मार्न थाल्यो। बाँकी रहेकाहरू या त रोमीहरूको हातबाट मारिए वा बन्दी बनाएर लगिए। सहर र यसको मन्दिरको सर्वनाश भयो। प्रथम शताब्दीका यहूदी इतिहासकार जोसेफसअनुसार दस लाखभन्दा बढी यहूदीहरूले दुःख भोगे र मरे। त्यसपछि त्यो मन्दिरको पुनर्निर्माण कहिल्यै भएन।

सा.यु. ७० मा मसीहीहरूले अझै यरूशलेम नछोडेका भए तिनीहरू मारिने थिए वा अरू सँगसँगै दास बनाएर लगिने थिए। तथापि, पुरातन इतिहासकारहरूको रिपोर्टअनुसार मसीहीहरूले ईश्‍वरीय चेतावनी पालन गरे अनि यरूशलेम र सारा यहूदियाबाट भागेर यर्दन नदीको पूर्वपट्टिका पहाडहरूतिर गए। कोही-कोही पेरिया प्रान्तको पेलामा बसोबास गर्न थाले। तिनीहरू यहूदिया छोडेर भागिसकेका थिए अनि फेरि फर्केनन्‌। येशूको चेतावनी पालन गर्दा तिनीहरूको ज्यान बच्यो।

भरपर्दो स्रोतको चेतावनीलाई के तपाईं गम्भीरतापूर्वक लिनुहुन्छ?

वास्तविकतामा परिणत नभएका अनगन्ती चेतावनीहरू सुनेपछि धेरै मानिसहरू सबै चेतावनीलाई हल्कासित लिन्छन्‌। तथापि, चेतावनी पालन गर्दा तपाईंको ज्यान बच्न सक्छ।

चीनमा १९७५ मा एउटा भूकम्प जानेछ भनेर चेतावनी दिइएको थियो। पदाधिकारीहरूले त्यस इलाकाबाट अन्तै सर्ने आदेश दिए। मानिसहरूले कुरा सुने। हजारौं हजारको ज्यान बच्यो।

फिलिपिन्समा अप्रिल १९९१ मा माउन्ट पिनाटुबोमा बसोबास गर्ने गाउँलेहरूले पहाडबाट बाफ र खरानी निस्किरहेको रिपोर्ट गरे। त्यहाँको अवस्थालाई दुई महिनासम्म पर्यवेक्षण गरेपछि फिलिपिन इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी अर्थात्‌ फिलिपिन्सको ज्वालामुखी तथा भौगर्भिक संस्थानले सन्‍निकट खतराबारे चेतावनी दियो। तुरुन्तै त्यस इलाकाबाट हजारौं मानिसहरूलाई अन्यत्र सारियो। जून १५ मा ठूलो विस्फोटन हुँदा त्यहाँबाट निस्केको आठ घन किलोमिटर बराबरको धूलो माथि आकाशतिर उछिट्टियो अनि सहरबाहिर थुप्रियो। चेतावनीलाई ध्यान दिंदा हजारौंको ज्यान बच्यो।

बाइबलले वर्तमान रीतिरिवाजको अन्तबारे चेतावनी दिन्छ। अहिले हामी आखिरी दिनमा बाँचिरहेका छौं। अन्त नजिकिंदै जाँदा के तपाईं जागा रहिरहनुभएको छ? के खतरनाक इलाकाबाट टाढै बस्न तपाईंले कदम चालिरहनुभएको छ? के अविलम्बी भाव राखेर तपाईंले अरूलाई पनि त्यसै गर्न चेतावनी दिइरहनुभएको छ?

[पृष्ठ २०-मा भएको चित्र]

चेतावनी सुनेको कारण माउन्ट पिनाटुबो विस्फोटन भएर ज्वालामुखीको खरानी बाहिर निस्कँदा धेरैको ज्यान बच्यो

[पृष्ठ २१-मा भएको चित्र]

सा.यु. ७० मा यरूशलेमको विनाश हुँदा येशूको चेतावनी पालन गर्ने मसीहीहरूको ज्यान जोगियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने