गीत १३
धन्यवादको प्रार्थना
(भजन ९५:२)
१. दयालु याह लायक स्तुतिको;
पुकार्छौं हे स्वामी ब्रह्माण्डको।
सुन पुकार, निहुरेर आयौं;
तिम्रै शरणमा यो जीउज्यान सुम्प्यौं।
कमजोर छौं, दिनहुँ गल्ती गर्छौं;
माग्छौं माफी र पश्चात्ताप गर्छौं।
पुत्रको रगतले चुकायौ मोल;
सिकाउ न हामीलाई ज्ञान त्यो अनमोल।
२. धन्य त्यो जसलाई रोज्यौ तिमीले;
पाउनेछ ज्ञानको ज्योति उसैले।
सिकाऊ तिमीबारे वचनद्वारा;
चाहन्छौं बस्न हामी मन्दिरमा।
कत्ति गजबको तिम्रो बाहुबल;
देऊ बल आफ्ना जनलाई हुन अटल।
हे मुक्तिदाता आओस् त्यो राज्य;
गर्दछौं प्रचार, आउँछ अवश्य।
३. छाओस् चौतर्फी खुसीको लाली;
सारा जगत्मा होस् तिम्रै भक्ति।
लिई भलाइ त्यो राज्य आउनेछ;
आँसु, मृत्यु, पीडा मेटाउनेछ।
येशूले दुष्ट नामेट पार्नेछन्;
गद्गद भई हर सृष्टिले गाउँनेछन्।
विजय उल्लासले गाऔं यो गीत:
“धन्य यहोवा, राजा महिमित!”