गीत ३५
ईश्वरीय धीरजको लागि कृतज्ञ
छापिएको संस्करण
१. महान् यहोवा पराक्रमी;
न्यायलाई गर्छौ प्रेम कत्ति!
संसारमा राज दुष्टताको;
थाह छ मन रुन्छ तिम्रो।
भनेझैं तिमी छैनौ ढिलो;
अन्त नजिकै दुष्टताको।
तिम्रै आस र भरमा हामी;
धन्य छौ न्यायी र धीरजी।
२. तिम्रो लागि त हजार वर्ष;
एक दिनझैं त्यो चाँडै बित्छ।
भयानक दिन छ नजिकै;
ढिलो हुन्न आउँछ छिटै।
पापहरूलाई गरे नि घृणा;
रम्छौ पापीको पछुतोमा।
पर्खाइ छ नयाँ उल्लासमा;
गाउँदै तिम्रो आभार प्रशंसा।
(लूका १५:७; २ पत्रु. ३:८, ९ पनि हेर्नुहोस्)