गीत १०७
आऊ न यहोवाको पर्वतमा
छापिएको संस्करण
१. हेर शिर उचाली
कत्ति अल्गो त्यो डाँडा!
हो है याहको पर्वत,
छ साँच्चै सर्वोच्च।
भेला भए मानिस
हरेक देश र जातिका:
‘गरौं याहको भक्ति’
भन्दै एकअर्कालाई।
बेला भो अहिले,
थोरै चैं ठूलो राष्ट्र बन्ने।
बढ्दैछौं है अझै
देख्नेछौं या’को डोऱ्याइ, आशिष्।
आए लाखौं आज
याहको राज स्वीकार्दै।
अनि वाचा गर्छन्
वफादार भइरहने।
२. येशूले पठाए
राज्य सन्देश सुनाउन।
या’को त्यो सुसमाचार
पाए सबले सुन्न।
शासन गर्छन् येशू
भन्छन् पक्ष लेऊ उनको।
सुन्छन् नम्रले वचन
अनि जिउँछन् त्यसमै।
ठूलो भीड बढेको देख्नु
कत्ति खुसीको कुरो।
दायित्व हो हाम्रो
अरूलाई या’बारे बताउनु।
ठूलो सोरले कराऔं
सबैले सुन्नेगरी;
‘आऊ न सधैंभरिलाई
याहको पर्वतमा!’
(भज. ४३:३; ९९:९; यशै. ६०:२२; प्रेषि. १६:५ पनि हेर्नुहोस्)